अष्ट्रेलिया

जुडो खेलाडीलाई अस्ट्रेलियामा स्वर्ण

काठमाडौं, २७ भदौ । सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसिपको कातामा मोहन बमले स्वर्ण जितेका छन् । अस्ट्रेलियामा बस्दै आएका नेपाली जुडो खेलाडी मोहनले अस्टे«लियाकै एडमन्ड युनसँग मिलेर नागे नो कातामा स्वर्ण जितेका हुन् । मोहनले अन्तर्राष्ट्रिय जुडोमा नागे नो कातामा स्वर्ण जितेको यो दोस्रो पटक हो । भिक्टोरियाको सेन्सी जुडो एकेडेमीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका मोहनले ६० केजीमुनि तौल समूहमा भने रजतमा चित्त बुझाए… विस्तृत समाचार

​अष्ट्रेलियामा नेपाली युवाको शान

सेम्टेम्बर २ तारेख अर्थात् भदौ १७ गते शुक्रबार । अष्ट्रेलियाको सिड्नीस्थित टाउनहल होटल व्यवसायीहरुले खचाखच भरिएको थियो । उक्त दिन एचएम म्यागजिनले आयोजना गरेको उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गरिने कार्यक्रम थियो ।  अष्ट्रेलिया, न्यूजिलैन्ड र फिजीका करिब सात सय सहभागीभएको उक्त कार्यक्रममा होटल व्यवस्थापनमा उच्च अंक ल्याउने विभिन्न विधाका उत्कृष्ट व्यक्तित्वलाई पुरस्कृत गरिने कार्यक्रम थियो । उक्त समारोहमा प्रमुख आकर्षण वरिष्ठ अष्ट्रेलियन पत्रकार जेम्स विलउसन थिए… विस्तृत समाचार

नेपाल–न्युजिल्यान्ड सोसाइटीमा श्रेष्ठ

काठमाण्डौं भदौ १ । न्युजिल्यान्डमा बसोबास गर्ने नेपालीको सभाले नेपाल–न्युजिल्यान्ड सोसाइटीका अध्यक्षमा मनोहर श्रेष्ठलाई निर्वाचित गरेको छ ।  नौ सदस्यीय कार्यसमितिका उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिवमा विनोद भौकाजी, उपसचिवमा अर्चना श्रेष्ठ भुजु र कोषाध्यक्षमा इन्द्र पोखरेल तथा सदस्यमा प्रभा उप्रेती, सुजन गुरुङ, कृतिका श्रेष्ठ गौली र लक्ष्मण श्रेष्ठ रहनुभएको छ ।  भेलामा अध्यक्ष श्रेष्ठले न्युजिल्यान्डमा रहेका नेपालीबीच भाइचाराको सम्बन्ध र सामूहिक हितका साथ नेपाल–न्युजिल्यान्ड सम्बन्धलाई अझ… विस्तृत समाचार

आइएसका उच्च कमान्डर मारिएको अमेरिकी दावी

काठमाडौं, २ चैत । विद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक उच्च कमान्डर मारिएको अमेरिकाले दावी गरेको छ । आइएसका उच्च कमान्डर ओमार शिशानी हवाई आक्रमणको क्रममा मारिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनको भनाइ छ । केही समयअघि अमेरिकी सेनाले उत्तरपूर्वी सिरियामा गरेको हवाई आक्रमणको क्रममा घाइते भएका कमान्डर शिशानीको ज्यान गएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । यसअघि उनी जर्जियाका नागरिक शिशानी आक्रमणबाट बाँच्न सफल भएको खबर… विस्तृत समाचार

ग्रीसमा अलपत्र सयौँ आप्रवासी मेसेडोनिया प्रवेश

काठमाडौं, २ चैत । ग्रीसमा अलपत्र परेका सयौँ आप्रवासी मेसेडोनिया प्रवेश गरेका छन् । मेसेडोनियाले सीमा क्षेत्रमा कडाइ गरेपछि अलपत्र परेका हजारौँ आप्रवासी मध्ये सयौँ वैकल्पिक मार्ग फेला परेपछि त्यहाँबाट मेसेडोनिया प्रवेश गरेका हुन् । मेसोडोनियाको प्रहरीले यसरी अवैध व्यापारका लागि प्रयोग हुने गरेको मार्गबाट प्रवेश गरेका आप्रवासीलाई नियन्त्रणमा लिएको छ । ती सबै आप्रवासी फेरि ग्रीस फर्किनु पर्ने मेसेडोनिया प्रहरीको भनाइ छ । ग्रीसको… विस्तृत समाचार

सुडानका लडाकुलाई तलबको सट्टा बलात्कार गर्ने छुट

काठमाडौं (एजेन्सीको सहयोग), २९ फागुन । संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनअनुसार दक्षिणी सुडानमा सेनासँग जोडिएका लडाकुलाई तलबको सट्टा महिलालाई बलात्कार गर्ने स्वीकृति दिने गरेको खुलासा भएको छ । विद्रोहीसँग लड्नका लागि सेनालाई सहयोग गर्ने लडाकुलाई तलबको सट्टा महिलालालाई बलात्कार गर्ने अधिकार दिने गरिएको राष्ट्रसंघको प्रतिवेदनमा उल्लेख छ । गएको वर्ष सुडानको तेलमा धनी राज्य युनिटीमा मात्रै १३ सय महिलाको बलात्कार भएको अनुसन्धानकर्ताले बताएका छन् । दक्षिणी… विस्तृत समाचार

उत्तर कोरियाले गर्‍यो थप दुई ब्यालेस्टिक मिसाइल परीक्षण

काठमाडौं, २७ फागुन ।  उत्तर कोरियाले दुई वटा ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले छोटो दूरीमा मार हान्न सक्ने दुई वटा मिसाइल परीक्षण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तरले ती दुई मिसाइल समुद्रमा प्रहार गरेको हो । पूर्वी तटीय क्षेत्रबाट प्रक्षेपण गरिएका दुई मिसाइल पाँच सय किलोमिटर पर गएर समुद्रमा खसेको दक्षिण कोरियाले जनाएको छ । हिजो उत्तर कोरियाका सर्वोच्च नेता… विस्तृत समाचार

अमेरिकी आक्रमणमा १५० सोमालियाली विद्रोही मारिए

एजेन्सी, २५ फागुन । अफ्रिकी मुलुक सोमालियामा अमेरिकाले गरेको हवाई आक्रमणमा एक सय ५० जना विद्रोही लडाकुको ज्यान गएको छ । हवाई आक्रमणको क्रममा विद्रोही संगठन अल शबाबका एक सय ५० भन्दा धेरै लडाकुको ज्यान गएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । अल शबाबको तालिम केन्द्रमा लक्षित गरी आक्रमण भएको अमेरिकी सेनाका प्रवक्ता क्याप्नेट जेफ डेविसले बताएका छन् । अल शबाबको ठूलो आक्रमणको तयारीका… विस्तृत समाचार

समुन्द्रमा डुबेर अष्ट्रेलियामा नेपाली युवकको मृत्यु

काठमाडौं, फागुन ५ । पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर अष्ट्रेलियामा एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । अष्ट्रेलियाको राजधानी सिड्नीको उत्तरी क्षेत्रमा रहेको ‘एभोका बिच’ मा पौडी खेल्ने क्रममा लोमस पराजुलीको आइतबार मृत्यु भएको हो । विराटनगर स्थायी घर भएका पराजुली आइतबार बिदाको दिन समद्रमा पौडी खेल्न गएका थिए । उनी डुबेको देखेपछि बचाउन गएका लाइफ गार्डले उनलाई पानीबाट बाहिर निकाले । तर पनि पराजुली… विस्तृत समाचार