बैकिंग

​राष्ट्रपति भण्डारीको निधारमा आमा मिथिलाको हातको टीका

काठमाडौं ।  आज बिजया दशमी, गाउँदेखि शहरसम्म त ठूलाबडादेखि निम्न बर्गका जनताले मान्यजनको हातबाट टीका ग्रहण गरेर भव्य र हर्षोल्लासपूर्वक मनाइरहेका छन् । यसैक्रममा राष्ट्रपति विद्या देवी भण्डारीको निधारमा उहाँकी आमा मिथिला पाण्डेले विजया दशमीको टीका तथा जमरा लगाइदिनु भएको छ । दसैंको शुभ साइतमा शुक्रबार बिहान ९ बजेर ५१ मिनेटमा राष्ट्रपति भण्डारीले आमाको हातबाट टीका ग्रहण गर्नु भएको हो । राष्ट्रपतिलाई आमा मिथिलासँगै काका… विस्तृत समाचार

विभिन्न ६ स्थानमा इन्भेष्टमेण्ट बैंकको एटिएम सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले काठमाडौं, भक्तपुर, रसुवा र सर्लाहीका विभिन्न ६ स्थानमा एटिएम सेवा सुरु गरेको छ ।  काठमाडौँको सितापाइलास्थित वाफल शाखा, धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बालुवाटारस्थित नेपाल राष्ट्र बैंक गेट अगाडि, भक्तपुरको ठिमीस्थित भाटभटेनी सुपरमार्केट, रसुवाको धुन्चे एक्सटेन्सन काउन्टर  तथा सर्लाहीको बरहथवा शाखामा सेवा थप गरिएको हो ।  स्थानीय जनतालाई छिटो छरितो तरिकाले आर्थिक कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले एटिएम सेवा… विस्तृत समाचार

​बंगलादेश बैंकको सगौरव बचत खातामा चाँदीको सिक्का उपहार

काठमाडौँ । नेपाल बंलादेश बैंकले आफ्नो ग्राहकहरुको लागि सगौरव बचत खाताअन्तर्गत दशैँ शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकले आफ्ना खातामा रु एक लाख वा सोभन्दा बढी निक्षेप गरी २५ ग्रामको चाँदीको सिक्का पाउन सक्नेछन् ।  यो योजनाअन्तर्गत ग्राहकहरुले अन्य सेवाहरु जस्तैः निःशुल्क भिसा डेविट कार्ड निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क मोबाइल बैंकिङ-एसएमएस अलर्ट, निःशुल्क डिम्याट खाता, निःशुल्क एएसबीए र सी–एएसबीए सुविधाहरु र… विस्तृत समाचार

​नेपाल इन्भेष्टमेण्ट बैंकको एनआईबीएल मास्टरकार्ड

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई आर्थिक कारोवारमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले मास्टरकार्डसँग सहकार्य गरी मास्टर डेविट कार्डको समुद्घाटन गरेको छ ।  एनआईबीएल मास्टरकार्डको समुद्घाटनपछि बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मास्टरकाडसँग सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउदै आफ्ना सञ्जाल बैंकमार्फत मास्टरकार्डको सेवालाई नेपाली बजारमा विशेष रुपले विस्तार गर्नेमा विश्वास दिलाए । कार्यक्रममा मास्टरकार्डका दक्षिण एशियाली आर्थिक व्यवस्थापनका उपाध्यक्ष विकास बर्माले नेपालमा पछिल्लो समय विद्युतीय भुक्तानीमा… विस्तृत समाचार

​ग्लोबल आइएमईको नायब प्रमुख कार्यकारी अधिकृतमा महेश

काठमाडौँ । ग्लोबल आइएमइ बैंक लिमिटेडकोे नायव प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त भएका छन् । असोज २५ गते बिहिबारदेखि कार्यभार सम्हालेका ढकाल यसअघि मेगा बैंकमा सिनियर डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत रहेका थिए ।  अर्थशास्त्रमा स्नातकोत्तर ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । बैंकिङ क्षेत्रमा १८ बर्षभन्दा बढीको अनुभव संगालेका ढकाल तत्कालीन टुरिजम डेभलपमेन्ट बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा  र नेपाल… विस्तृत समाचार

​विश्व बैंकले नेपाललाई २३ अर्ब ऋण दिने

काठमाडौं । चालु आर्थिक बर्षको बजेटमा कूल दुई सय ५२ अर्ब रुपैयाँ ऋण उठाउने बजेट बनाएको नेपाल सरकारलाई विश्व बैंकले २३ अर्ब रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको हो । विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकम… विस्तृत समाचार

एनआईबीएल एसको छैटौँ साधारणसभा सम्पन्न

काठमाडौँ । एनआइबिएल एस क्यापिटल  लिमिटेडले आश्विन २३ मंगलबार छैटौँ साधारणसभा सम्पन्न गरेको छ । साधारण सभाबाट  नगद १५ प्रतिशत लाभांश पारित गरिएको छ । उक्त अवसर यस संस्थाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । ‘रक्तदान जीवनदान’ भन्ने उद्देश्य सार्थक पार्न एनआइबिएल एस क्यापिटलले आफ्नै कार्यालये प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।    रक्तदान कार्यक्रममा उपस्थित भई सहयोग गर्ने  क्यापिटलका  कर्मचारी, रक्तदाता,  सघंसंस्था… विस्तृत समाचार

​माछापुच्छरे बैंकका ब्रान्ड एम्ब्यासडर आर्यन गिरी र मिरा राईलाई अर्को सफलता

काठमाडौँ । माछापुच्छरे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिजअन्तर्गतको यू–१४ बोइज सिंगल्सको उपाधि जित्न सफल भएका छन् । नेपाललगायत भारत, जापान, अमेरिका, सिंगापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उक्त उपाधि जितेका हुन् ।  यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एशियामै उत्कृष्ट मानिने यू–१४ टेनिस प्रतियोगिताको लागि थप… विस्तृत समाचार

​अब दक्षिण कोरियाबाट पनि मेगा बैंकको ‘मेगा रेमिट’ सेवा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा रेमिट’को सञ्जाललाई विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियाबाट पनि रेमिट्यान्स सेवा शुभारम्भ गरेको छ ।  दक्षिण कोरियाको जी–मनी ट्रान्स कम्पनीसँग सम्झौता गरी मेगा बैंकले दक्षिण कोरियामा पनि ‘मेगा रेमिट’ सेवा शुभारम्भ गरेको हो । सम्झौता अनुसार, अब दक्षिण कोरियामा रहेका जी–मनी ट्रान्सका जुनसुकै शाखाबाट मेगा बैंकमा ‘मेगा मातृभूमि बचत खाता’ खोल्न र तुरुन्तै रकम स्वदेश पठाउन… विस्तृत समाचार

​सिद्धार्थ बैंकका ग्राहकलाई सुमेरु सिटीमा छुट

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेड र सुमेरु सिटी अस्पतालका बीच बैंकका कर्मचारी, ग्राहक तथा ग्राहकका परिवारजनले यस अस्पतालमा स्वास्थ्य सेवा लिंदा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज मर्हजन र सुमेरु सिटी अस्पतालका तर्फबाट कम्पनी सचिव विनोद आचार्यले हस्ताक्षर गरेका छन् । यसअन्तर्गत बैंकका ग्राहकहरुले डेविट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्र्दा… विस्तृत समाचार