बैकिंग

​लक्ष्मी बैंकले ३८ प्रतिशत बोनस शेयर दिने

काठमाण्डौ, २८ पुस । लक्ष्मी बैंकको पुस २७ मा बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम पूँजी अनुसार उक्त हकप्रद दिन लागेको हो । प्रोफेसनल दियालो विकास बैंकलाई एक्वायर गर्ने लागेको लक्ष्मी बैंकले प्रोफेशनलाई एक्वाएर गरेपछि र त्यपछि बिक्री गर्न लागेको शतप्रतिशत हकप्रद समेतलाई समायोजन गर्दा बोनस १८ दशमलव २९ प्रतिशत हुने… विस्तृत समाचार

​ज्योतिको बैठक बस्दै बोनस शेयर र हकप्रद दिने संकेत

काठमाण्डौ, २८ पुस । ज्योति विकास बैंक लिमिटेडको नवौं साधारणसभा पुस २८ गते विहिबार बस्दैछ । बैंकको उक्त सभाले सञ्चालक समितिको २५४ औं बैठकले प्रस्ताव गरेको ११ दशमलव ७० प्रतिशत बोनस शेयर दिने पारित गर्दैछ । त्यस्तै सो सभाले बैंकको चुक्तापूँजी वृद्धिका लागि बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा एक बराबर एक को अनुपातमा हकप्रद दिने प्रस्ताव पनि पारित गर्ने बैंकले जनाएको छ । ९२… विस्तृत समाचार

भारु साट्न राष्ट्र बैंक तात्यो

काठमाण्डौ, २७ पुस । भारतले प्रतिबन्ध गरेको भारु ५ सय र १ हजारका नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतले आलटाल गरेपछि राष्ट्र बैंकको टोली आज भारत जान लागेको बुझिएको छ । प्रतिबन्धित भारु नोटको साट्न राष्ट्र बैंकले सक्रियता देखाएको हो । यसअघि पनि राष्ट्र बैंकको एक टोली भारत जाने कुरा निश्चित भएको थियो… विस्तृत समाचार

​एनआईसी र रेडक्रस बीच सम्झौता

काठमाडौं, २७ पुस । एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रूपमा रक्तदान अभियान सञ्चालन गर्ने सम्झौता भएको छ ।   एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्न धाख्वाले हस्ताक्षर गरे ।  सम्झौताअनुसार एनआईसीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशव्यापी रूपमा रक्तदान शिविर सञ्चालन गर्ने अभियानको आर्थिक व्ययभार बेहोर्ने छ भने नेपाल रेडक्रस सोसाइटीले देशभरि रहेका आफ्ना… विस्तृत समाचार

​आइएमई र मास्टर कार्डले गर्यो प्रशोधन सेवा सुरु

पाल्पा, २६ पुस । ग्लोबल आइएमई बैंक र मास्टर कार्ड बीच मास्टर कार्डको र प्रशोधन सेवा पुर्याउने उद्धेश्यले सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र मास्टर कार्डका तर्फबाट पेमेन्ट सलुसनस, साउथ एशियाका सिनियर बिजनेस लिडर नरेन्द्र नन्दलले हस्ताक्षर गरे । मास्टर कार्डले यस प्रकारको सेवा पहिलो पल्ट नेपालमा ग्लोबल आइएमई बैंकलाई… विस्तृत समाचार

​एभरेष्टले बाँडे वृद्धवृद्धालाई लुगा

काठमाडौं, २६ पुस । एभरेष्ट बैङ्कले पशुपतिनाथ मन्दिरमा रहेको वृद्धाश्रमका वृद्धवृद्धालाई जाडो छल्न न्यानो लत्ता कपडा बितरण गरेको छ  ।  मन्दिर परिसरमा एक कार्यक्रमबीच  पञ्जाब नेशनल बैङ्कका कार्यकारी निर्देशक डा. राम एस साँपुरे, एभरेष्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले संयुक्त रूपमा आश्रममा आश्रित वृद्धवृद्धालाई न्यानो कपडा बितरण गरेका थिए । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व… विस्तृत समाचार

​एभरेष्टको एटिएम अब सोह्रखुट्टेमा पनि

काठमाडौं, २४ पुस । एभरेष्ट बैंक लिमिटेडले सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ भारतीय दुतावास, कल्याणकारी विभाग, सोह्रखुट्टेमा आफ्नो एटिएम सेवा एक कार्यक्रम बीच सञ्चालन गरेको छ । एटिएमको उद्घाटन पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा.राम. एस. साङ्गापुरेले गरेको बैंकले जनाएको छ  । कार्यक्रममा कर्नल मनराज सिंह मान, रक्षा सहचरी, भारतीय दुतावास, सोमेश्वर सेठ, बैंकका संचालकहरु लगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो… विस्तृत समाचार

सनराईज बैंकले किन्यो एनआईडिसी क्यापिटल

काठमाडौं, २५ पुस । नारायणी नेशनल फाइनान्स लाई खरिद गरेको सनराइज बैंकले एनआईडिसी क्यापिटल मार्केट्सलाई पनि प्राप्ति गरेको छ । बैंकले एनआईडिसीलाई प्राप्ति गर्ने प्रस्तावलाई बैंकको आज बसेको विशेष साधारणसभाले अनुमोदन गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई ३३ दशमलव ३३ प्रतिशत बोनस वितरण गरेको बैंकको बोनस वितरणपछि चुक्तापूँजी ५ अर्ब ५० करोड पुगेको थियो । बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीमा १० बराबर… विस्तृत समाचार

​एनबी बैंकको शाखा बिस्तार

काठमाडौं, पुस २३ ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पाँचथर जिल्लाको फिदिममा आफ्नो ३९ औं शाखा संचालनमा ल्याएको छ । शाखाको औपचारिक समुद्घाटन बैंकका संचालक मुकुन्द नाथ ढुङ्गेल र पाँचथर जिल्लाका सिडिओ किरण थापाले संयूक्त रुपमा गरे । कार्यक्रममा बैंकको एटिएमको उद्घाटन फिदिम उद्योग वाणिज्य महासंघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा पाँचथर जिल्लाका सिडिओ किरण थापाले संयूक्त रुपमा गरे । बैंकले फिदिम शाखा… विस्तृत समाचार

पुर्णिमाले दिने भयो १७ प्रतिशत बोनस र २५ प्रतिशत हकप्रद​

काठमाडौं, पुस २३ । पुर्णिमा विकास बैंकको ९ औं वार्षिक साधारण सभा आज पिस नाईट रेष्टुरेण्ट, रुपन्देहीमा बसिरहेको छ । बैंकको मंसिर २६ बसेको १५२ औं सञ्चालक समितिको बैठकले उक्त सभाले आफ्ना लगानीकर्ताहरुको लागि ४ बराबर १ को अनुपातमा हकपद शेयर र १६ दशमलव ४६७ प्रतिशत बोनस शेयर र १.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताब पारित गर्ने बैंकले जनाएको छ । बोनस र हकप्रद साथै… विस्तृत समाचार