बैकिंग

​सेयरमा ‘कालोधन’को आशंका

काठमाडौं, ३ असार । सरकारले एकैपटक १० लाख रुपैयाँ वा त्योभन्दा बढी रकमको सेयर कारोबार गर्ने लगानीकर्ताको सम्पत्तिको स्रोत खोजी गर्ने भएको छ । पछिल्लो समय निरन्तर रूपमा अस्वाभाविक तरिकाले बढ्दै आएको सेयर बजारमा कालोधन लगानी भइरहेको आशंकामा सरकारले यस्तो तयारी गरेको राजधानी दैनिकमा खबर छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकारवाला निकायका तर्फबाट आएको सुझावका आधारमा सेयर बजारमा भएको लगानीको स्रोत खोज्नुपर्ने निष्कर्षमा अर्थ… विस्तृत समाचार

​बाफिया प्रावधान उल्ट्याइने

काठमाडौं, २ असार । व्यवस्थापिका–संसद्को अर्थ समितिले पारित गरी सदनमा पेस गरेको बाफियाका प्रावधान उल्टिने सम्भावना बढेको छ । बाफियामा राखिएका कतिपय प्रावधानका कारण भविष्यमा समग्र बैंक तथा वित्तीय क्षेत्रमै संकट आउन सक्ने भन्दै यसको सर्वत्र विरोध भएपछि पुनर्विचार गर्न लागिएको हो । समितिका सभापति प्रकाश ज्वालाले बाफियामा फेरि संशोधन गर्न आफूहरू तयार रहेको बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । साउती र नेपाल आर्थिक… विस्तृत समाचार

बाफिया संशोधनले वित्तीय प्रणाली भद्रगोल हुने चिन्ता

काठमाडौं ३२ जेठ । अध्यक्ष र सञ्चालकसमेत रहेका सांसदहरूले आफूलाई लाभ पुग्ने गरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन गरेपछि वित्तीय प्रणाली भद्रगोल हुने भन्दै राष्ट्र बैंकका पूर्वगभर्नरहरू चिन्तत छन् । सांंसदहरूले बैंक तथा वित्तीय संस्थामा अध्यक्ष र सञ्चालकको कार्यकाल सीमा तथा योग्यता, ऋण लिन सक्ने व्यवस्था, संस्थागत सेयर सर्वसाधारणमा परिणत हुने समयलगायत विषय आफ्नो हित हुने गरी संशोधन गरेको कान्तिपुर दैनिकमा खबर छ… विस्तृत समाचार

​’चिनियाँ कम्पनीले फसायो’

काठमाडौं, ३२ जेठ । मेलम्ची खानेपानी आयोजना निर्माणबाट करिब चार वर्षअघि हटाइएको चिनियाँ ठेकेदार कम्पनीका कारण नेपालका दुई बैंकको डेढ अर्ब रुपैयाँभन्दा बढी डुब्ने निश्चित भएको छ । चिनियाँ कम्पनी सीआरसीसी–सीएमआईई चाइना जेभीले हिमालयन बैंक र बैंक अफ काठमान्डुमा धरौटी जारी गरेको थियो । मेलम्चीले ठेक्का तोडेर धरौटी जफत गरेपछि ठेकेदारले बैंकलाई उक्त रकम शोधभर्ना दिन नमान्दा समस्या देखिएको हो । ठेकेदारको प्रस्ताव र ’चाइना… विस्तृत समाचार

१ सयको नयाँ नोट आयो

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर भएको १ सय रुपैयाँ दरको नोट बजारमा आएको छ । नेपालको हस्ताक्षरसहित बजारमा आउन लागेको यो पहिलो नोट भएको राजधानी दैनिकमा लेखिएको छ । यसपटक नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ । नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो देखिन्छ । यसलाई उज्यालो प्रकाशमा हेर्दा भने… विस्तृत समाचार

सिरानीमा पैसा राखेर सुत्छन् ३९% नेपाली

नेपालका ३९ प्रतिशत नागरिक अझै पनि सिरानीमा पैसा राखेर सुत्छन् । झट्ट सुन्दा अपत्यारिलाे लागे पनि याे सत्य हाे र पत्याउनुकाे विकल्प छैन । यद्धपि, नेपालमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक, ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था गरी हजाराैंकाे संख्यामा बैंक तथा वित्तीय संस्था रहेका छन् ।   बैँकसम्म पहुँच नपुग्दा उनीहरू सिरानी, दराज, कन्तुर, सन्दुक… विस्तृत समाचार

बाणिज्य बैंकमा हिनामिना, प्रबन्धकसहित दुई कर्मचारी निलम्बित

दोलखा, २६ जेठ –  राष्ट्रिय बाणिज्य बैंकमा ऋण लगानीमा  अनियमितता भएको छ । अनियमितता  पुष्टि भएपछि बैंकले आफ्ना २ कर्मचारीलाई निलम्बन गरेको छ । बैंकको केन्द्रीय कार्यालयले बिहीबारदेखि लागू हुने गरी बैंकका दोलखा शाखाका तत्कालीन शाखा प्रबन्धक टीका दुलाल र लेखापाल नवराज केसीलाई निलम्बन गरेको हो । अनुसन्धानका लागि उनीहरूलाई निलम्बन  गरिएको बैंकले जनाएको छ ।  दुलाल चरिकोट शाखाको प्रबन्धक हुादा पर्याप्त धितो बिना ठूलो… विस्तृत समाचार

जाजरकोटमा इन्भेष्टमेन्ट बैंक

काठमाडौं, १६ जेठ   नेपाल इन्भेष्टमेन्ट बैंकले कालिकोटको नाग्मा बजारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा उक्त क्षेत्रमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । नाग्मामा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर पुगेपछि स्थानीय तथा वरिपरीका वासिन्दाले ‘क’ वर्गको बैंकले प्रदान गर्ने विभिन्न आधुनिक बैंकिंङ्ग सेवा आफ्नै क्षेत्रमा पाउन सक्ने बैंकले जनाएको छ । एक्सटेन्सन काउण्टरको सुरुवात… विस्तृत समाचार

बैंकिङ कसुरमा १२ बर्ष जेल

काठमाडौं, १२ जेठ । बैंकिङ कसुर गर्नेलाई १२ बर्षसम्म कारबासको संजाय दिने ऐन बनाउने तयारी भइरहेको छ । प्रस्तावित बैंकिङ कसुर तथा संजाय सम्बन्धी ऐन(बाफिया)मा बैंकिङ कसुर गरेको प्रमाणित भएमा १ अर्ब रुपैयाँ भन्दा बढीको कसुरमा १२ बर्षसम्म जेल र बिगोको दोब्बर जरिवानासमेत हुने ब्यवस्था गर्न संसदको अर्थसमितिले गठन गरेको उपसमितिले प्रस्ताव गरेको हो । गएको माघमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा संजाय… विस्तृत समाचार

बैंक स्मार्ट सुरु गर्दै सिद्धार्थ

काडमाडौं, ११ जेठ । सिद्धार्थ बैंकले सन् २००२ देखि नै एटिएम सेवा सुरु गरेको हो । सुरुमा एससिटी नेटवकर्टमा मात्र चल्ने एटिएम बैंकले जारी गरेमा २००९ देखि बैंकले भिषा कार्ड जारी गर्न थालेको हो । बैंकका करिब ६० हजार ग्राहकले एटिएम कार्ड लिएका छन् । जसमध्ये करिब १२ हजारले डेबिट कार्ड लिएका छन् । खाता नखोलीकन सिद्धार्थ बैंकबाट प्रिपेड कार्ड लिन सक्दछन् । जुन विदेशमा… विस्तृत समाचार