बैकिंग

​मेगा बैंकको मुनाफा बढ्यो

काठमाडौं, १४ माघ । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको छ । बैंकका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खूद मुनाफा गरेको मेगाले पौष मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।  दोस्रोे त्रैमासिक अवधिमा… विस्तृत समाचार

​ग्लोबल आइएमईका थप २ शाखारहित सेवा

काठमाडौं, १२ माघ । ग्लोबल आइएमई बैंकले गुल्मीको छत्रकोट गाउँपालिका वडा–४ दिगाम र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा–४ वाङ््लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । दुवै स्थानमा विस्तारित शाखासहित बैंकका शाखारहित सञ्जाल ६४ पुगेका छन् । बैंकले छत्रकोट गाउँपालिका दिगाममा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि भगीरथ बहुउद्देश्यीय सहकारी संस्था र अर्घाखाँची सन्धिखर्क नगरपालिका वाङ्लामा खोलिएको सेवाका लागि स्थानीय पशुपति भट्टराईलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ… विस्तृत समाचार

​माछापुच्छ«े बैंकद्वारा शितलहरपीडितलाई कम्बल बितरण

काठमाडौं, ११ माघ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीबासका शितलहर पीडितहरुलाई माछापुच्छ«े बैंक लिमिटेड बर्दिबास शाखाले ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।   बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिलादेखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका थिए… विस्तृत समाचार

​हिमालयन बैंकको १ करोड सहयोग

काठमाडौं, १० माघ । हिमालयन बैंकले २५औँ वार्षिकोत्सव अवसरमा, सिआरएसअन्तर्गत पाटन दरबार क्षेत्रको पुनर्निर्माणका लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई १ करोड प्रदान गरेको छ । बंैक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रस्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रञ्जितकारलाई बैंकको वार्षिकोत्सव अवसरमा सहयोगसम्बन्धी पत्र हस्तान्तरण गरेका थिए । विस्तृत समाचार

​ग्लोबल आइएमईका थप २ शाखारहित बैंकिङ

काठमाडौं, १० माघ । ग्लोबल आइएमई बैंकले गुल्मीको मुसिकोट नगरपालिका आँपचौर तथा सोही नगरपालिकाको वडा–५, भुवाचिदीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । दुई स्थानमा विस्तार गरिएका सेवासहित बैंकका शाखारहित सञ्जाल ६२ पुगेका छन् । शाखारहित बैकिङ सेवा उद्घाटन मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले गरेका थिए । बैंकले आँपचौरमा खोलिएको सेवाका लागि स्थानीय सुमन खरेल तथा भुवाचिदीमा खोलिएको सेवाका लागि स्थानीय सागर सापकोटालाई व्यावसायिक प्रतिनिधि… विस्तृत समाचार

​ग्लोबल आईएमई बैंकको शाखा बेलायतमा

काठमाडौं, ८ माघ । ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयहरु बढाउदै लगेको छ । बेलायतमा समेत बैंकले सम्पर्क कार्यालयको सुरुवात गरेको छ । बेलायतको एल्डसर्टमा स्थापना गरिएको कार्यालयको राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जिवी नेपालले आइतबार उद्घाटन गरेका छन् ।   डा.नेपालले नेपालमा सञ्चालित वाणिज्य बैंकहरुमध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिएका छन् ।  सोही कार्यक्रममा… विस्तृत समाचार

कृषि विकास बैंकको ५१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, ८ माघ । सरकारी स्वामित्वको कृषि विकास बैंकले यो आर्थिक वर्षमा कर्जा र बचत दुवैमा १ खर्ब रकम कटाउने योजना सार्वजनिक गरेको छ । बैंकको ५१औँ वार्षिकोत्सव अवसरमा प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले कर्जा र बचत दुवैमा १ खर्ब रुपैयाँ कटाउने योजना सार्वजनिक गरेका हुन् ।  चालू आव ०७४/०७५ मा १ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरिने सिटौलाले बताए । यो… विस्तृत समाचार

नबिल फाउण्डेसनद्वारा न्यानो लुगा बितरण

काठमाडौं, ७ माघ । नबिल बैंकद्वारा प्रवद्र्धित नबिल फाउण्डेसनले बिगत केही दिनदेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै देशको विभिन्न शितलहर प्रभावित भू–भागहरु बर्दिबास, जनकपुर, लहान, बिरगन्ज, हरिवन, नेपालगन्ज तथा टिकापुरमा न्यानो लुगाहरु बितरण गरेको छ । उक्त बितरण चिसोको चरम मारमा परेका तथा बाढीले कष्टकर जीवन बिताइराखेका बृद्धबृद्धा, दलित, अपांग, एकल महिला, असहाय तथा गरिब घरपरिवारहरुमा गरिएको थियो । नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवालले नबिल… विस्तृत समाचार

​झिलझिलेमा एनआइसी एसियाको शाखा

काठमाडौं, ५ माघ । एनआइसी एसिया बैंकले झापाको शिवसताक्षी नगरपालिका वडा–८, झिलझिलेमा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरेका थिए । शाखा सञ्जाल, पुँजी संरचना, वासलात आकार र ग्राहक संख्याका आधारमा एनआइसी एसिया निजी क्षेत्रको अग्रणी बैंकमध्ये एक हो । बैंकका हाल १५७ शाखा, १४६ एटिएम एवं ४ एक्स्टेन्सन काउन्टर सञ्चालनमा छन् । बैंकले… विस्तृत समाचार

​सिटिजन्स बैंकद्वारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

काठमाडौं, ५ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  चिसोका कारण जनजीवन प्रभावित हुँदै गएपछि महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने मुसहर जातीका विपन्न व्यक्तिहरुलाई कम्बल वितरण गरेको छ । ‘योर पार्टनर फोर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै  आएको बैंकले दैनिक ज्यालादारी गरेर जिवीकोपार्जन गर्दै आएकाहरु  जो न्यानो कपडाको अभावले जाडोमा दुःख भोग्दै बसेकाहरुलाई सामाजिक उत्तरदायित्व… विस्तृत समाचार