बैकिंग

१ सयको नयाँ नोट आयो

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको हस्ताक्षर भएको १ सय रुपैयाँ दरको नोट बजारमा आएको छ । नेपालको हस्ताक्षरसहित बजारमा आउन लागेको यो पहिलो नोट भएको राजधानी दैनिकमा लेखिएको छ । यसपटक नोटको सुरक्षा धागो पनि परिवर्तन गरिएको छ । नोटको अग्रभागमा रहने सुरक्षा धागोलाई सीधा हेर्दा रातो देखिन्छ भने ढल्काएर हेर्दा हरियो देखिन्छ । यसलाई उज्यालो प्रकाशमा हेर्दा भने… विस्तृत समाचार

सिरानीमा पैसा राखेर सुत्छन् ३९% नेपाली

नेपालका ३९ प्रतिशत नागरिक अझै पनि सिरानीमा पैसा राखेर सुत्छन् । झट्ट सुन्दा अपत्यारिलाे लागे पनि याे सत्य हाे र पत्याउनुकाे विकल्प छैन । यद्धपि, नेपालमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक, ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था गरी हजाराैंकाे संख्यामा बैंक तथा वित्तीय संस्था रहेका छन् ।   बैँकसम्म पहुँच नपुग्दा उनीहरू सिरानी, दराज, कन्तुर, सन्दुक… विस्तृत समाचार

बाणिज्य बैंकमा हिनामिना, प्रबन्धकसहित दुई कर्मचारी निलम्बित

दोलखा, २६ जेठ –  राष्ट्रिय बाणिज्य बैंकमा ऋण लगानीमा  अनियमितता भएको छ । अनियमितता  पुष्टि भएपछि बैंकले आफ्ना २ कर्मचारीलाई निलम्बन गरेको छ । बैंकको केन्द्रीय कार्यालयले बिहीबारदेखि लागू हुने गरी बैंकका दोलखा शाखाका तत्कालीन शाखा प्रबन्धक टीका दुलाल र लेखापाल नवराज केसीलाई निलम्बन गरेको हो । अनुसन्धानका लागि उनीहरूलाई निलम्बन  गरिएको बैंकले जनाएको छ ।  दुलाल चरिकोट शाखाको प्रबन्धक हुादा पर्याप्त धितो बिना ठूलो… विस्तृत समाचार

जाजरकोटमा इन्भेष्टमेन्ट बैंक

काठमाडौं, १६ जेठ   नेपाल इन्भेष्टमेन्ट बैंकले कालिकोटको नाग्मा बजारमा एक्सटेन्सन काउन्टर सुरु गरेको छ । बैंकले यूकेएड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमको प्राविधिक र आर्थिक सहयोगमा उक्त क्षेत्रमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । नाग्मामा इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर पुगेपछि स्थानीय तथा वरिपरीका वासिन्दाले ‘क’ वर्गको बैंकले प्रदान गर्ने विभिन्न आधुनिक बैंकिंङ्ग सेवा आफ्नै क्षेत्रमा पाउन सक्ने बैंकले जनाएको छ । एक्सटेन्सन काउण्टरको सुरुवात… विस्तृत समाचार

बैंकिङ कसुरमा १२ बर्ष जेल

काठमाडौं, १२ जेठ । बैंकिङ कसुर गर्नेलाई १२ बर्षसम्म कारबासको संजाय दिने ऐन बनाउने तयारी भइरहेको छ । प्रस्तावित बैंकिङ कसुर तथा संजाय सम्बन्धी ऐन(बाफिया)मा बैंकिङ कसुर गरेको प्रमाणित भएमा १ अर्ब रुपैयाँ भन्दा बढीको कसुरमा १२ बर्षसम्म जेल र बिगोको दोब्बर जरिवानासमेत हुने ब्यवस्था गर्न संसदको अर्थसमितिले गठन गरेको उपसमितिले प्रस्ताव गरेको हो । गएको माघमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा बैंकिङ कसुर तथा संजाय… विस्तृत समाचार

बैंक स्मार्ट सुरु गर्दै सिद्धार्थ

काडमाडौं, ११ जेठ । सिद्धार्थ बैंकले सन् २००२ देखि नै एटिएम सेवा सुरु गरेको हो । सुरुमा एससिटी नेटवकर्टमा मात्र चल्ने एटिएम बैंकले जारी गरेमा २००९ देखि बैंकले भिषा कार्ड जारी गर्न थालेको हो । बैंकका करिब ६० हजार ग्राहकले एटिएम कार्ड लिएका छन् । जसमध्ये करिब १२ हजारले डेबिट कार्ड लिएका छन् । खाता नखोलीकन सिद्धार्थ बैंकबाट प्रिपेड कार्ड लिन सक्दछन् । जुन विदेशमा… विस्तृत समाचार

लोकप्रिय हुँदै वणिज्य बैंकको मोबाइल बैंकिङ

काठमाडौं, ११ जेठ । राष्ट्रिय वाणिज्य बैंकले पनि पछिल्लो समय आधुनिक सेवालाई जोड दिएको छ । करिब १० वर्षदेखि भिषा डेबिट कार्डको सेवा दिँदै आएको उसले इन्टरनेट बैंकिङ तथा मोबाइल बैंकिङ जस्ता आधुनिक बैंकिङ सेवा पनि प्रधान गर्दै आएको छ । मोबाइल बैकिङ सेवा एकदमै ग्राहकहरुको आकर्षण देखिएको बैंकका इलेक्ट्रोनिक बैंकिङ विभाका प्रमुख कपिलमणि ज्ञवालीले बताए । बैंकबाट ३ लाख ग्राहकले एटिएम कार्ड लिइसकेका छन्… विस्तृत समाचार

अत्याधुकि बैंकिङ सेवातर्फ नबिल बैंक

काठमाडौं, १४ वैशाख । देशको अग्रणी बैंकको रुपमा लोकप्रिय नबिल बैंकले ग्राहकहरुलाई सेवाहरु थप्दै गएको छ । बैंकले गत सातादेखि ३ नयाँ सेवाहरु सुरु गरेको छ ।   बैंकले नबिल स्मार्ट बैंक, नबिल शेयर कर्जा र शेयर खाता शुभारम्भ गरेको हो जसले ग्राहकहरु माझ यस सेवा तथा परिस्कृत सेवामार्फत् बैंकिङ्ग आवश्यकताहरुलाई पूरा  गर्ने लक्ष्य रहेको बैंकका सहायक महाप्रबन्धक रमेश लोहनीले बताए । नबिल स्मार्ट बैंक… विस्तृत समाचार

अप्राकृतिक मर्जर, बैंकलाई फाइनान्समा झारियो

काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंकले पछिल्लो केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाको मर्ज तथा एक्विजिसन प्रक्रियालाई निकै जोडतोडका साथ चर्चा गर्दै आइरहेको छ । यसबीचमा धेरैवटा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरू एक आपसमा गाभिने तथा खरिद गर्ने कार्यमा समाहित भइसकेका छन् । विशेषगरी मर्ज कार्य ठूलो संस्थामा वित्तीय क्षमताको दृष्टिकोणले सानो संस्था गाभिने हो ।… विस्तृत समाचार