भर्खरै

​ मित्रपार्कमा बाबाद्धारा युवती लुट्ने प्रयास

काठमाडौं, १४ फागुन ।    झारफुक गरिदिने भन्दै किशोरीलाई लुट्न खोजेको आरोपमा  दुई जना बाबालाई प्रहरीले पक्राउ गरेको छ । चाबहीलको मित्रपार्कबाट शनिबार दिउसो २ जना पक्राउ परेका हुन् ।    भारतको हसनपुर घर भएको बर्ष ५० को रघुनाथ बाबा र सोही ठाउँ बस्ने बर्ष ४५ को रमेशनाथ बाबालाई पक्राउ गरेको हो ।  उनीहरुले झारफुक गर्ने भन्दै बेहोस बनाएर युवतीको गहना तथा पैसा लुट्न खोजका… विस्तृत समाचार

आरआर र ल क्याम्पसमा स्ववियु चुनाव रोकियो

काठमाडौं, फागुन १४ ।  विभिन्न विवादले राजधानीका मुख्य क्याम्पसको स्ववियु चुनावमा अन्योलमा पर्न थालेको छ ।  संयुक्त विद्यार्थी संघर्ष समितिले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा तालबन्दी गरेका छन् । समितिको तालाबन्दीपछि आरआर क्याम्पसमा स्वावियु चुनावको प्रक्रिया रोकिएको छ ।   बुधबार हुन लागेको स्ववियु चुनावका लागि शनिबार उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका थियो । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्ष र स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी उम्मेद्वार बन्न… विस्तृत समाचार

​पत्रकार शिव गाउँलेलाई पितृशोक

काठमाडौं, फागुन १४ ।   नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा खोज पत्रकारिता केन्द्र सम्पादक शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका ९० वर्षका बुवा देवीप्रसाद कोइरालाको उपचारका क्रममा ललितपुरको सुमेरु अस्पतालमा निधन भएको हो ।  शनिबार नै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जनाएको छ । विस्तृत समाचार

जनकपुरमा घाँटी रेटी हत्या गर्ने प्रयास

महेन्द्रनगर (धनुषा), १२ फागुन । जनकपुर उपमहानगरपालिका–१४ धर्मटोल बस्ने १९ वर्षीय सुभाष भन्ने गौतमकुमार झालाई बुधबार अपराह्न घाँटी रेटी हत्या गर्ने प्रयास भएको छ ।  उपचारार्थ जनकपुर अञ्चल अस्पताल ल्याइएका झाको उपचार यहाँ सम्भव नभएपछि थप उपचारका लागि हवाईजहाजबाट काठमाडौँ पठाइएको छ । धारिलो चक्कु प्रहारबाट झाको घाँटीमा गम्भीर घाउ लागेको छ । उनलाई बोल्न पनि कठिनाइ भएको छ । घटनाबारे जानकारी लिन अस्पताल आएका… विस्तृत समाचार

​कहिले बन्छन् विद्यालय ? भत्किए ७९२३, बने हजार

काठमाडौं, १२ फागुन । ०७२ को महाभूकम्पबाट मुुलुुकभरका ७ हजार ९ सय २३ वटा विद्यालय भवन पूर्णरूपमा ध्वस्त भए पनि अहिलेसम्म एक हजार ४९ वटा विद्यालय भवन मात्रै बनेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।  शैक्षिक संस्था पुुनर्निर्माणका लागि कुुल १ खर्ब ८० अर्ब रुपैयाँ आवश्यकता पर्ने शिक्षा मन्त्रालयको अनुमान छ । भत्केका शैक्षिक संस्था तीन वर्ष्भित्र निर्माण सम्पन्न गरिसक्ने मन्त्रालयको लक्ष्य छ ।… विस्तृत समाचार

​ट्यांकर चालकको धम्कीले अनावश्यक लाइन

काठमाडौं, १२ फागुन । ट्यांकर चालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ । ट्यांकरचालकहरूले १५ बुँदे माग राखेको… विस्तृत समाचार

लगानी बोर्डलाई टेर्दैनन् मन्त्रालय

काठमाडौं, १२ फागुन । विभिन्न मन्त्रालयले लगानी बोर्डलाई परियोजना बैंकमा समावेश गर्न लागिएका प्रस्तावित आयोजनाहरूको विस्तृत विवरण दिन अटेर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा २४ पुसमा बोर्डद्वारा प्रस्ताव गरिएका १ सय २२ परियोजनाहरूको सूची तयार गरेर अन्तिम रूप दिनका लागि सम्बन्धित मन्त्रालयमा पठाए पनि ती मन्त्रालयहरूले भने बोर्डलाई अटेर गरेका हुन् । कारोबार दैनिकमा खबर छ । आगामी साता हुन लागेको लगानी सम्मेलनमा… विस्तृत समाचार

कागजविहीन आप्रवासी अमेरिकाबाट धपाइने

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति सार्वजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिक रूपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासनसम्बन्धी सर्वाेच्च निकाय… विस्तृत समाचार

​आरक्षपीडित र प्रहरीबीच झडप, सात राउण्ड हवाइफायर

काठमाडौं, १२ फागुन । राज्यले बेवास्ता गरेको भन्दै पूर्व पश्चिम राजमार्ग बन्द गरी आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द खुलाउन गएपछि  प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात… विस्तृत समाचार

​स्ववियु निर्वाचन रोक्न आगजनी

काठमाडौं, १२ फागुन । स्ववियु निर्वाचन रोक्न वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा आज मधेसी मोर्चामा आवद्ध मधेसी दलका विद्यार्थी संगठनले आगजनी गरेका छन् । मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगलगीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका तीन सोफा, कुर्सी, टेबुल, सूचनापार्टी, ढोका र झ्यालहरु जलेर नष्ट भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन… विस्तृत समाचार