भर्खरै

लगानी बोर्डलाई टेर्दैनन् मन्त्रालय

काठमाडौं, १२ फागुन । विभिन्न मन्त्रालयले लगानी बोर्डलाई परियोजना बैंकमा समावेश गर्न लागिएका प्रस्तावित आयोजनाहरूको विस्तृत विवरण दिन अटेर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षमा २४ पुसमा बोर्डद्वारा प्रस्ताव गरिएका १ सय २२ परियोजनाहरूको सूची तयार गरेर अन्तिम रूप दिनका लागि सम्बन्धित मन्त्रालयमा पठाए पनि ती मन्त्रालयहरूले भने बोर्डलाई अटेर गरेका हुन् । कारोबार दैनिकमा खबर छ । आगामी साता हुन लागेको लगानी सम्मेलनमा… विस्तृत समाचार

कागजविहीन आप्रवासी अमेरिकाबाट धपाइने

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देशनिकाला गर्ने नीति सार्वजनिक भएको छ । मंगलबार जारी नयाँ नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । कान्तिपुर दैनिकमा खबर छ । पछिल्ला केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो । अमेरिकामा झन्डै एक करोड २० लाख बढी आप्रवासी अवैधानिक रूपमा बसोबास गर्दै आएको बताइन्छ । आप्रवासनसम्बन्धी सर्वाेच्च निकाय… विस्तृत समाचार

​आरक्षपीडित र प्रहरीबीच झडप, सात राउण्ड हवाइफायर

काठमाडौं, १२ फागुन । राज्यले बेवास्ता गरेको भन्दै पूर्व पश्चिम राजमार्ग बन्द गरी आन्दोलनमा उत्रिएका कञ्चनपुरका आरक्षपीडित र प्रहरीबीच झडप भएको छ । राजमार्ग बन्द खुलाउन गएपछि  प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो आक्रोशित आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि भिड नियन्त्रणमा लिन लाठीचार्जका साथै सात राउण्ड हवाइफायर गरेको कञ्चनपुरका एसपी प्रकाश चन्दले जानकारी दिए । झडपमा दुवैतर्फ केहि घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीका तर्फबाट सात… विस्तृत समाचार

​स्ववियु निर्वाचन रोक्न आगजनी

काठमाडौं, १२ फागुन । स्ववियु निर्वाचन रोक्न वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा आज मधेसी मोर्चामा आवद्ध मधेसी दलका विद्यार्थी संगठनले आगजनी गरेका छन् । मधेसी दल निकटका विभिन्न विद्यार्थी संगठनले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगलगीबाट सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका तीन सोफा, कुर्सी, टेबुल, सूचनापार्टी, ढोका र झ्यालहरु जलेर नष्ट भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन… विस्तृत समाचार

​राजदूत सिफारिसमा परराष्ट्र मन्त्रालय नै बेखबर

काठमाडौं, ११ फागुन । सरकारले सोमबार १४ मुलुकका लागि गरेको राजदूत सिफारिस तथा स्पेनमा दूतावास खोल्ने निर्णय लिनुअघि तालुकदार निकाय परराष्ट्र मन्त्रालयलाई संस्थागत रूपमा सहभागी नगराएको पाइएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिसको निर्णय लिँदा परराष्ट्र मन्त्रालयका सचिव र उच्चाधिकारीहरू त्यसबारे पूर्ण बेखबर थिए । ‘राजदूत सिफारिस हुँदै छ भन्ने हल्ला मिडियामा आइरहेको थियो। तर, सोमबारै राजदूत सिफारिस हुन्छ… विस्तृत समाचार

​उदयपुर सिमेन्टमा चौबीसै घन्टा बिजुलीः २५ वर्षपछि नाफामा

काठमाडौं, ११ फागुन । अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कलकारखानाले नियमित बिजुली पाउँदा उत्पादकत्व कसरी वृद्धि हुन्छ भन्ने उदाहरण उदयपुर सिमेन्ट कारखानाले देखाएको छ । यो सरकारी कारखानाले उद्योग सुरु भएको २५ वर्षपछि पहिलोपटक माघमा ६ करोड रुपैयाँ नाफा कमाएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।  १० वर्षदेखि दैनिक दुई सय ५० देखि तीन सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले डेढ महिनादेखि २४… विस्तृत समाचार

मतदाता नामावली संकलन बन्द

काठमाडौं, ११ फागुन । फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका र २०७३ फागुन ९ सम्म १८ वर्ष उमेर पूरा भएका नागरिकले मात्रै  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । नागरिक दैनिकमा खबर छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले निर्वाचन मिति घोषणा हुँदाको दिन अर्थात फागुन ९ गतेसम्म १८ वर्ष उमेर पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएका… विस्तृत समाचार

राप्रपामा रेखा थापा र कोमल वलीले बाजी मारे

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ ।  हिजो राति अबेरसम्म भएको मतदानपछिको मत गणनामा चर्चित नायिका रेखा थापा, कलाकार कोमल वली, मीरा राणा, कुन्ती शाही र प्रतिभा राणा निर्वा्चित भएका छन् । त्यसैगरी, पुरुषतर्फ नेताहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, राजाराम श्रेष्ठ, सुनिल थापा, जयन्द्र चन्द, धवल शम्शेर राणा, विक्रम थापा, राजेन्द्र लिङदेन, मोहन श्रेष्ठ र… विस्तृत समाचार

​कस्ले गर्यो महासेठको घरमा ढुंगामुंढा

अबडेट जनकपुर, ११ फाल्गुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा गरिएको मधेश बन्दको क्रममा नेकपा एमालेका नेता बामदेव गौतमलाई जनकपुर ल्याएको भन्दै एमालेका नेता रघुविर महासेठको घरमा ढुंगामुंढा गरेका छन् ।    ढुंगामुंढाबाट गर्ने क्रममा प्रहरीद्वारा लाठी चार्ज गर्दा दुई जना प्रदर्शनकारी घाइते भएका छन । घाइते हुनेमा कुलदीप साह र राजु साह रहेका छन् । दुबै जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ… विस्तृत समाचार

​नेपाल प्रहरीका २० डिआईजीको सरुवा

काठमाण्डौं, ११ फाल्गुन । गृहमन्त्रालयले नेपाल प्रहरीका २० जना डिआईजीको सरुवा गरिएको छ । स्रोतका अनुसार गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी प्रशिक्षण प्रतिष्ठन महाराजगंजमा देवेन्द्र सुवेदीलाई पठाएको छ । यसैविच, गृहले सर्वोच्चमा पुगेका २ डिआईजी (सरकारले तोकेका आइजीपी जयबहादुर चन्द र सर्वोच्च पुगेका नवराज सिलवाल)का बारेका भने अन्योल कायमै रहेको छ ।   विस्तृत समाचार