भर्खरै

‘डी र ई ग्रेडको विकल्प खोज्नुपर्छ’

काठमाडौं, ३० जेठ । उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले एसएलसीमा डी र ई ग्रेडमा उत्तीर्ण भएका विद्यार्थीले प्लस टु तथा सीटीईभीटीमा भर्ना पाउँछन् कि पाउँदैनन् र पाए कुन विषयमा अनि कसरी भन्नेबारे प्रस्ट हुन जरुरी रहेको बताएका छन् । ‘नत्र यसले अन्योल ल्याउँछ,” उनले कारोबार दैनिकसँगको अन्तर्वार्तामा भनेका छन्, “एकातिर एसएलसी उत्तीर्ण विद्यार्थीले भर्ना पाउनै पर्ने माग गर्छन् भने अर्कातिर शिक्षाको… विस्तृत समाचार

​बागीले जितेपछि देउवालाई झड्का

काठमाडौ, ३० जेठ । काठमाडौं जिल्ला बारको चुनावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समर्थन गरेको तेजबहादुर रावलको समूह पराजित भएको छ । शनिबार सम्पन्न काठमाडौं बारको चुनावमा देउवा पक्षका अध्यक्षका उम्मेदवार रावललाई लक्ष्मण थपलियाले २ सय ५० मतले पराजित गरेका छन् । अध्यक्षमा बिजयी लक्ष्मण थपलियाले ८ सय १० मत पाएका छन् भने पराजित रावलले ५ सय ६० मत पाएका छन् । नेपाली कांग्रेसले आधिकारिक… विस्तृत समाचार

​ललितपुरका १५ जना औषधी पसल संचालक पक्राउ

ललितपुर, २९ जेठ ,      ललितपुरको हिरिसिद्धीस्थित क्यान्सर अस्पतालमा रहेको एनसिएच औषधी पसलबाट म्याद नाघेको औषधी विक्री वितरण गर्ने कार्यमा संलग्न १५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।     अस्पतालको औषधी पसल भाडामा लिएका रुपेश भण्डारी, कनैयालाल श्रेष्ठ, बिजयकुमार खड्का र सुरेश कुमार टेवासमेतले संचालन गरेको उक्त औषधी पसलमा म्याद सकिएको औषधी बिक्री वितरण गर्ने गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले उक्त औषधी विक्री… विस्तृत समाचार

​ यूरोप भ्रमणमा लोकमानसिंह कार्की

काठमाडौं, २९ जेठ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की शनिबार यूरोप भ्रमणमा निस्किएका छन् । यूरोपियन मुलुकका भ्रष्टाचारसम्बन्धि अनुुसन्धान गर्ने निकायहरुको निमन्त्रणमा उनी यूरोप भ्रमणमा निस्किएका हुन् ।  कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ– केहि युरोपियन मुलुकका भ्रष्टाचार विरुद्ध कार्यरत सरकारी निकाय र सुशासन तथा विकासका क्षेत्रमा कार्यरत संस्थाका प्रमुखहरुको निमन्त्रणामा आज म त्यसतर्फ प्रस्थान गर्दैछु । यस भ्रमणका क्रममा मैले युरोपियन मुलुकहरु… विस्तृत समाचार

बुद्धका उपदेशलाई बिश्वभरी पुर्‍याउनुपर्छ:राष्ट्रपति भण्डारी

काठमाडौं, २८ जेठ ।  राष्ट्रपति बिद्यादेवी भण्डारीले संविधानले कुनै पनि जात र धर्मलाई बिभेद नगरेको बताएकी छिन् । सबै जात, धर्म र संस्कृतीलाई संविधानले संरक्षण गरेको भन्दै उनले सबै मिलेर संविधान कार्यान्वायन गरी देशलाई अघि बढाउनुपर्नेमा जोड दिईन् ।   सुलक्षण कीर्ति विहार चोभारकी प्रमुख डा अनोजा गुरुमालाई म्यानमा सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान २०१६’ प्रदान गरेका अवसरमा आज विहार परिसरमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा… विस्तृत समाचार

बिद्यार्थीलाई जर्बजस्ती क्रिश्चियन बनाउने २ स्कुल संचालक पक्राउ

दोलखा, २८ जेठ । विद्यालयमा गएर जबर्जस्ती विद्यार्थीलाई क्रिश्चियन धर्म पढाउन लगाउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।       दोलखाको दुई निजी विद्यालयका करिब ८०० भन्दा बढी विद्यार्थीलाई राष्ट्रियगानभन्दा अघि क्रिश्चियन गीत घोकाउने र क्रिश्चियन किताब पढ्न लगाउने दुई प्रधानाध्यापकसहित अन्य पााच जनालाई प्रहरीले पक्राउ गरेको छ ।      जिल्ला प्रहरी कार्यालय दोलखाले आज पत्रकार सम्मेलन गरी पााच जना क्रिश्चियन धर्मका प्रचारक र… विस्तृत समाचार

परराष्ट्रमन्त्री थापा दिल्लीमा, स्वराजसँग भेटवार्ता

काठमाडाैं, २८ जेठ । शुक्रबारदेखि तीन दिने भारत भ्रमणकोलागि दिल्ली पुगेका उपप्रधान मन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय समकक्षी सुष्मा स्वराजसंगको भेट निकै उपयोगी र रचनात्मक भएको जानकारी दिएका छन्। त्यसअघि उनले भारतीय पत्रकारहरुलाई नेपाल र भारतबीचका सबै असमझदारीहरु हटेको बताएका थिए। भारतीय समकक्षी सुष्मा स्वराजसंगको भेटपछि थापाले उनीसँगको भेट निकै “उपयोगी र रचनात्मक” भएको जानकारी आफ्नो ट्वीटरमार्फत दिएका थिए। तर दिल्लीस्थित नेपाल मामिलाका… विस्तृत समाचार

सिरानीमा पैसा राखेर सुत्छन् ३९% नेपाली

नेपालका ३९ प्रतिशत नागरिक अझै पनि सिरानीमा पैसा राखेर सुत्छन् । झट्ट सुन्दा अपत्यारिलाे लागे पनि याे सत्य हाे र पत्याउनुकाे विकल्प छैन । यद्धपि, नेपालमा २९ वाणिज्य बैँक, ७२ विकास बैँक, ४७ फाइनान्स कम्पनी, ४१ लघु विकास बैंक र १३ हजार ४ सय १५ सहकारी संस्था गरी हजाराैंकाे संख्यामा बैंक तथा वित्तीय संस्था रहेका छन् ।   बैँकसम्म पहुँच नपुग्दा उनीहरू सिरानी, दराज, कन्तुर, सन्दुक… विस्तृत समाचार

काठमाडाैंमा चाैडा हुने भए १४ सडक, सुरू हुँदै डाेजर अातंक

काठमाडाैं, २९ जेठ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले नगर विकास योजनाभित्र पर्ने सहरी क्षेत्रमा हुने क्रियाकलाप सम्बन्धी निर्देशिका (मापदण्ड) २०३३ अनुसार १४ सडक केन्द्रदेखि दायाँबायाँ ११ मिटर छोड्न अनुरोध गरेको छ । उपत्यकाको शाखा (आर्टेरियल) सडक भएकाले सडकको केन्द्र रेखादेखि दायाँबायाँ दुबैतिर ११ मिटर कायम गरी २२ मिटर चौडा बनाउन लागिएको प्राधिकरणले जनाएको छ । तत्कालीन नगर विकास समितिले पनि स्पष्ट मापदण्ड तोकेका यी सडकलाई… विस्तृत समाचार

फोर्ब्सको सूचीमा पोखरा विश्वकै सस्तो पर्यटकीय गन्तव्य

विश्व प्रसिद्ध फोर्ब्स पत्रिकाले नेपालको पोखरा सहरलाई विश्वकै सबैभन्दा सस्तो पर्यटकीय गन्तव्य भएको उल्लेख गरेको छ।   फोर्ब्सका अनुसार अमेरिकी डलरको स्थानीय मुद्रासँगको विनिमय दरलाई आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेको हो।   विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्ने फोर्ब्सले प्रकाशित गर्ने यस्तो सूचीले पर्यटकको आगमनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।   अमेरिकाका मध्यमवर्गका लागि यो महत्वपूर्ण सूचना हुन सक्छ । यसरी पोखरा सूचीकृत हुनु आफैँमा नेपालको पर्यटन प्रचार… विस्तृत समाचार