भर्खरै

​रातो मत्स्येन्द्रनाथको भोटो देखाइँदै

काठमाडौं, ११ जेठ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो आज (बिहीबार) देखाइने भएको छ । सो अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।  वर्षा र सहकालसँग जोडिएको रातो मत्स्येन्द्रनाथको भोटो जात्रा प्रत्येक वर्ष हुने गरेको छ । यो जात्राको सुरुआतका विषयमा विभिन्न किंवदन्ती छन् । एउटा किंवदन्तीअनुसार नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भइन् । उपचारका लागि वैद्यको खोजीमा… विस्तृत समाचार

​योग्यता पेश गर्न काउन्सिलका अध्यक्ष र नेपाल सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं, जेठ १० । प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानी बराललाई जेठ १९ गते पत्रकारिता क्षेत्रमा आफ्नो योग्यता सहित अदालतमा हाजिर हुन सर्वोच्च अदालतले आदेश दिएको छ । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) विपरित योग्यता नपुगेका व्यक्तिलाई प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्ति गरेको भन्दै पत्रकार वैकुण्ठ भण्डारीले सर्वोच्चमा दिएको रिटका पक्षमा वरिष्ठ अधिवक्ता रविनारायण खनाल, अधिवक्ताद्धय विष्णु लुंईटेल, र कृष्ण कुमार श्रेष्ठले गर्नु… विस्तृत समाचार

​निर्वाचन आयोगले हारेकालाई जितायो, जितेकालाई हरायोः एमाले

ललितपुर, १० जेठ । निर्वाचन आयोगले निर्वाचित घोषणा गरिएका एक सदस्यलाइ हटाएर पुनः अर्को निर्वाचित भएको सूचना टाँसेको आरोप छ । नेकपा एमालेबाट बिजयी भएका ललितपुर महानगरपालिका वडा न ४ का प्रकाश कार्कीलाइ हटाएर नेपाली कांग्रेसका सन्तोष खड्कालाइ निर्वाचित भनेर सूचना टाँसिएको छ । प्रतिशोध साँधेर निर्वाचितलाई हटाउने काम आयोगले गरेको आरोप एमालेले लगाएको  छ । एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले निर्वाचन आयोगले… विस्तृत समाचार

​पत्रकार महासंघको महाधिवेशन फेरि सारियो

काठमाडौं, १० जेठ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार २२ र २३ गते काठमाडौंमा हुने भएको छ । यसअघि बैशाखमा हुने भनिएको महाधिवेशन स्थानीय निकायको चुनावका कारण जेठ २० मा सारिएको थियो । जेठ ३१ गते दोस्रो चरणको स्थानीय निकायको चुनाव भएकाले महासंघको महाधिवेशन असारमा सारिएको छ । मतदाता नामावली, उम्मेदवारी दर्ता जस्ता निर्वाचनका काम असारमा हुने महासंघले जनाएको छ । महासंघको… विस्तृत समाचार

​एमालेले स्थायी कमिटि बैठक बोलायो

काठमाडौं, १० जेठ ।  पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा(एमाले)ले स्थायी कमिटिको बैठक बोलाएको छ । बुधबार दिउसो ४ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बस्न लागेको छ । प्रचण्डले राजिनामा दिने भएपछिको राजनीतिक अवस्थाको रणनीति बनाउन बैठक बस्न लागेको एक एमाले नेताले बताए ।  विस्तृत समाचार

​आजको संसद बैठक पनि भोलीसम्मलाई स्थगित

काठमाडौं, १० जेठ  बुधबारका लागि तय गरिएको संसद बैठक पनि स्थगित भएको छ । बिहिबार ४ बजेसम्मका लागि बैठक स्थगित भएको हो । चुनावको बीचमा स्थानीय तह थप्ने विवादर   प्रधानमन्त्रीको राजिनामाका विषयमा विवाद भएपछि बैठक बस्न नसकेको हो ।  सहमति खोज्नका लागि बालुवाटारमा शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।    विस्तृत समाचार

​मतगणना जारी रहदा, हृदयघातबाट कांग्रेस नेताको निधन

  काठमाडौं, १० जेठ ।  बुधबार बिहान मतगणनास्थलमा जाने तयारीमा रहदा हृदयघातबाट नेपाली कांग्रेस कास्कीका उपसभापति हरि आचार्यको  मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ११ काँहुका ४४ वर्षीय आचार्यको     करिब १० बजेतिर उनी घरमा एक्कासी ढलेका थिए । त्यसपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याउनसाथ उनको मृत्यु भएको कास्की कांग्रेसका सभापति कृष्ण केसीले बताए । केसीका अनुसार केही दिनदेखि टाइफाईडको लक्षण देखिएपछि… विस्तृत समाचार

​मेलुङमा एमालेको अग्रता, तीन वडामा बिजय

दोलखा, जेठ १०  दोलखाको मेलुङ गाउँपालिकाको ३ वडामै नेकपा एमालेको प्यानल नै विजयी भएको छ । मंगलबारबाट सुरु भएको मतगणनाका क्रममा वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका इश्वर कोइरालासहित  प्यानल नै विजयी भएको छ । कोइरालाको १ हजार २ सय ९४ मत आएको छ भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शान्त कार्कीको ८ सय ४३ मत  ल्याएका थिए ।  यसैगरी वडा नम्बर २ मा नेकपा… विस्तृत समाचार

​चितवनको प्रतिस्पर्धा रोचक बन्दै, मतान्तर घट्यो

भरतपुर, १० जेठ सबैको चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । पछिल्लो मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तर कम गर्दै लगेपछि प्रतिस्पर्धा रोचक बनेको हो ।  ३८ सय ३६ मतान्तरले पछि परेकी  दाहालले भरतपुर २६ को मतगणना सकिदासम्म  मतान्तर २६ सय ५८ मा झारेकी छिन् । एमाले उम्मेदवार ज्ञवालीले २८ हजार ७१ मत ल्याएका छन् । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेदवार रेणुले… विस्तृत समाचार

​कैलाली कांग्रेसलाई उम्मेदवार छनोटमा सकस

धनगढी, १० जेठ । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली काँग्रेसका जिल्लास्तरीय नेताहरुमा उम्मेदवार छनोटमा सकस परेको छ ।  उम्मेदवारका आकांक्षी बढी देखिएपछि छनोटमा समस्या देखिए पनि आज (बुधबार) सबै स्थानीय तहमा उठाइने उम्मेदवारको टुंगो लगाइसक्ने नेपाली काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले बताए । चुनाव आउन २१ दिन मात्रै बाँकी रहेको अवस्थामा पनि काँग्रेसले कैलालीको धनगढी उपमहानगरपालिकासहितका अधिकांश स्थानीय तहमा उठाउने… विस्तृत समाचार