भर्खरै

एमाले–माओवादीको कुरा मिल्यो ?

काठमाडौं, २५ जेठ । सरकार परिवर्तनका विषयमा कसैसँग कुनै गोप्य वा भद्र सहमति भएको छैन । बाहिर आएका चर्चा र हल्ला आधारहीन हुन् । यो सरकार आफ्ना निर्दिष्ट लक्ष्य पूरा गर्ने दिशामा प्रतिबद्ध भएर अघि बढिरहेको छ,’ बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो भन्दै गर्दा प्रचण्डनिवास लाजिम्पाटमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताको पनि बैठक चलिरहेको थियो ।… विस्तृत समाचार

​आत्मनिर्भरताको बाटोमा जानुपर्छ: ओली

काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि चाहिने सामग्री आफैंले उत्पादन गर्दा आयात कम हुने र बैदेशिक ब्यापार सन्तुलन कायम राख्न सकिने भएकाले देश आत्मनिर्भरको बाटोमा जानुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले ग्रामीण अर्थतन्त्रबाट आयातमुखी बाटो रोजेपछि देश परनिर्भर भएकोमा चिन्ता प्रकट गर्दै सियो र धागोमा समेत अरुको भर पर्नुपर्ने अवस्थाबाट मुक्त हुनुपर्छ । अब आत्मनिर्भरतातर्फ जोड दिनुपर्छ । सोमबार घरेलु तथा… विस्तृत समाचार

अमर भए अम्बरः नाै लाख तारा अस्ताए, धर्तीकाे अाकास राेएछ

वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ । ७९ वर्षीय गुरुङको ग्रान्डि अन्तर्राष्ट्रिय अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा उपचार हुँदाहुँदै निधन भएको हो । खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल ल्याइएका गुरुङको उपचारमा क्रिटिकल केयर विशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट न्युरोलोजिष्ट डा. राजु पौडेल… विस्तृत समाचार

ट्रेड युनियनमा नेतृत्वको हानथाप

काठमाडौं, २५ जेठ । पाँच पदाधिकारीसहित २१ सदस्यीय आधिकारिक ट्रेड युनियनमा कसलाई पठाउने भन्ने विवाद तीनवटै कर्मचारी संगठनमा उत्पन्न भएको छ । विवाद यतिसम्म पुगिसकेको छ कि तीनवटै संगठनमा आधिकारिक ट्रेड युनियनमा प्रतिनिधि पठाउन केन्द्रीय समितिमा मतदान नै गर्नुपर्ने अवस्था उत्पन्न हुने भएको छ । पहिलो शक्तिका रुपमा निर्वाचित निजामती कर्मचारी संगठनबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र ८ सदस्यसहित ११ सदस्यको प्रतिनिधित्व हुनेछ । संगठनमा आधिकारिक… विस्तृत समाचार

नेपाली जनता कोही भोकै मर्ने छैनन्: प्रधानमन्त्री

सुर्खेत, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको गतिमा लम्किन्छ भन्दा विकास विरोधी अत्तालिएको बताएका छन् । ‘नयाँ–नयाँ योजना र कार्यक्रम सार्वजनिक गर्दा विरोधीको सातो उडेको छ, कुरा काट्ने काटिराख्छन्, तर म देशको समग्र विकास निर्माणमा जुट्छु ।’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवनको शिलान्यास गर्न मंगलबार सुर्खेत आइपुगेका प्रधानमन्त्री ओलीले भने, अवको २ वर्षभित्र दुनियाले हेर्न लायक सुर्खेत बनाउनेछु । प्रधानमन्त्री ओलीले समग्र… विस्तृत समाचार

​एमालेको स्थायी कमिटि बैठक जारी

काठमाडौं, २३ जेठ ।  शनिबारदेखि सुरु भएको नेकपा(एमाले)को स्थायी समितिको बैठक आइतबार पनि जारी छ । आइतबार दिउसो ४ बजेदेखि बैठक प्रधानमन्त्री निवास वालुवाटारमा  बैठक सुरु भएको छ ।  शनिबारको् बैठक माओवादीसँग भएको भनिएको भद्र सहमतिको विषयमा केन्द्रीत भएको थियो । जसमा नेता माधव नेपालले नै सहमति नभएपनि अध्यक्ष ओलीले टाउको हल्लाएर त्यसमा सहमति गरेको तर्क बताएका थिए ।  ओलीले अहिले पार्टीविरुद्ध बिदेशीले चलखेल गरेको… विस्तृत समाचार

​भिक्षुको आवरणमा ठगी धन्दा

पाँचथर, २३ जेठ ।  आफु अवतारी लामा भएको भन्दै पाँचथरका सर्वसाधरणलाइए ठगी गर्ने युवक पक्राउ परेका छन् । कालिङपोङ घर भएका नवाङ तेन्जिङ भुटियालाई पाँचथर प्रहरीले तनहुँबाट पक्राउ गरेको हो ।  करिब एक महिना फिदिमको होटल सुगनमा बसेर उनले आफु अवतारी लामा भएको र सबै समस्याको समाधान गर्ने भन्दै झुक्याएर ठगी गर्दै आएका थिए ।  निसन्तानलाई सन्तान हुने बनाईदिने, जीवनको भविष्यवाणि गर्ने तथा जागिर लगाएदिने… विस्तृत समाचार

​ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २३ जेठ ।  प्रधानन्त्री केपी शर्मा ओली र नेकपा माओावादी केन्द्रका अध्यक्ष र प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । वालुवाटारमा भएको भेटमा दुई जनामात्र बसेर छलफल गरेका थिए ।  दुई पार्टीबीच भएको भद्र सहमतिबारे दुई नेतबीच छलफल भएको हो । बजेटपछि प्रचण्डले आफुलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको प्रचण्डको दाबी छ । तर त्यस्तो प्रस्तावमा छलफल भएपनि सहमति नभएको प्रधानमन्त्री ओलीले बताएका छन्… विस्तृत समाचार

​दिगो र वातावरणमैत्री विकासको आवश्यकता:प्रधानमन्त्री

काठमाडौं, २३ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो र वातावरणमैत्री विकास अहिलेको आवश्यकता भएको बताएका छन् । बिश्व वातावरण दिवसको उपलक्ष्यमा शुभकामना दिदै उनले सरकारले प्राृकतिक स्रोतको प्रयोग गर्दा भावी पुस्ताको हितलाई ध्यानमा राख्नुपर्नेमा जोड दिएका हुन् ।  प्रधानमन्त्री अलीले अमूल्य र विशिष्ट जीवजन्तु, स्वच्छ, स्वस्थकर तथा मनोरम वातावरण र जीवनको पर्याय वनलाई सम्पूर्ण शक्ति लगाई संरक्षण र सम्बद्र्धन गर्न प्रण गर्ने दिनका रुपमा… विस्तृत समाचार

म बिग्रिंदा पार्टी कमजोर भयो : प्रचण्ड

महोत्तरी, २३ जेठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू हौसिएर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेकोबताएका छन् । माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिवासमा गरेको दुई नम्बर प्रदेशस्तरीय एकता भेला र प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताए । ‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सही आँकलन गर्न सकिनछु, म आफैँ बिग्रिएछु, साथीहरूले पनि प्रचण्डपथ भन्दै मलाई आवश्यकताभन्दा धेरै… विस्तृत समाचार