भर्खरै

​नेपाली कांग्रेसले लोकतन्त्रमाथि हमला ग¥योःसुजाता

काठमाडौं, १८ बैशाख  जनतालाई स्तब्ध बनाउदै आइतबार प्रधानन्यायधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावले कांग्रेसभित्रै विवाद निम्त्याएको छ । कांग्रेस नेतृ सुजाता कोइरालाले त यसलाई लोकतन्त्रमाथि नै हमला भएको बताएका छन् । उनले फेसबुकमा लेखेकी छिन्– अरु कुनै प्रयोजनका लागि लिईएको मेरो हस्ताक्षरको आज संसदमा यसरी दुरुपयोग भएकोमा मेरो घोर आपत्ति छ। आज नेपाली कांग्रेस र नेपालको लोकतन्त्र माथि नै ठुलो हमला भएको मलाई लागेको… विस्तृत समाचार

​असफल हुँदैथ्यो संशोधन प्रस्ताव

काठमाडौं, १८ वैशाख । असन्तुष्ट दललाई मनाउन पेस गरिएको संविधान संशोधन असफल हुने लगभग निश्चित भएपछि सरकारले आइतबार संविधान संशोधन प्रक्रिया अघि बढाउन सकेन । प्रस्ताव पारित गराउन पाँच मत यसै पनि कम भइरहेका बेला सरकारले पेस गरेको संशोधन प्रस्तावमा असहमति जनाउँदै फोरम लोकतान्त्रिक र संघीय समाजवादी फोरम नेपालले अलगै संशोधन हालेका थिए । त्यसपछि संशोधन प्रक्रिया अघि नबढाइएको हो । संसद्मा १७ मत रहेको… विस्तृत समाचार

पार्टी फुटाउन करोडौंको खेलः ओली

काठमाडौं, १८ वैशाख । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् । पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, ’अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस् फुटाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।” पार्टी छाडे पनि केही हुँदैन । यति करोड दिन्छु… विस्तृत समाचार

निर्वाचन अनिश्चित

काठमाडौं, १८ वैशाख । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको छ । संशोधनका लागि आवश्यक पर्ने तीन सय ९६ मत नपुग्ने देखिएका कारण संसद् बैठक चार दिन सारिएको हो । संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची आउनुअघि नै सभामुख ओनसरी घर्तीमगरले आगामी २१ गतेसम्मका लागि बैठक स्थगित गरिन्… विस्तृत समाचार

​हिमालय एयरलाइन्सको दुबई उडान सुरु

काठमाडौं, १७ बैशाख ।  छोटो अवधिमा लोकप्रियता कमाएको  हिमालय एअरलाईन्सले काठमाण्डौँ र दुबईबिच आफनो पहिलो प्रत्यक्ष उडान सेवा सम्पन्न गरेको छ । हिमालयको जहाज शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १०ः४० (स्थानिय समय) मा प्रस्थान गरि दुबईको अल मकतूम अन्तर्रा्ष्ट्रिय विमानस्थलमा १३ः२५ (स्थानिय समय) मा अवतरण गरेको  छ । हिमालयले हप्ताको ३ दिन, सोमवार, बुधवार र शुक्रवार उडान गर्ने  छ ।   ‘दुबईको दैनिक उडान प्रारम्भ गर्नु… विस्तृत समाचार

​५ लाख लिएर फरार युवक पक्राउ

काठमाडौं, १७ बैशाख      बैंकमा जम्मा गर्न पठाएको रकम लिएर भाग्ने सिन्धुली कपिलकोट–६ घर भई काठमाडौं महानगरपालिका–९ पुरानो गुजेश्वरी बस्ने २३ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।     गत बैशाख ६ गते काठमाडौँ महानगरपालिका–१० बानेश्वर स्थित नेशनल मनि ट्रान्सफरबाट कुशुम खनालले पौडेललाई नेपाल ईन्भेष्टमेण्ट बैंकमा ५ लाख रुपैयाँ खातामा राख्नको लागि बा.२८ प ९६०७ नम्बरको स्कुटर सहित पठाएकोमा खातामा रकम जम्मा नगरी पौडेल… विस्तृत समाचार

​काभ्रेली समूहका गुन्डा पक्राउ

काठमाडौं, १७ बैशाख  काभ्रेली समूहका गुन्डा संजीव लामा ‘स्याल’ पक्राउ परेका छन् । तर, भित्री रुपमा केस मिलाउन प्रहरीले उनको पक्राउलाई गोप्य राखेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो । विभिन्न व्यससायीहरुलाई धम्काएको आरोपमा उनी पक्राउ परेका हुन् । उनी नेपाली कांग्रेसभित्र कृष्ण प्रसाद सिटौला र गगन थापाको गुटमा छन् । गगन थापाकै नाम लिएर समेत उनले धम्काउने गरेको केही ठेकदारहरुले… विस्तृत समाचार

​होटलमा लगेर छोरीको हत्या

इलाम, १७ बैशाख  इलाममा आफ्नै बाबुले नाबालिका छोरीको हत्या गरेका छन् । इलाम नगरपालिका–७ बस्दै आएका ३१ वर्षका राजु चौधरीले शुक्रबार राति आफ्नो सात वर्षकी छोरी बिरुचाको होटलमा लगेर हत्या गरेका हुन् । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले झुन्ड्याएर छोरीको हत्या गरेको बताएका छन् । तर, प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले पोस्टमार्टम रिपोर्ट आएपछि मात्र कसरी हत्या भयो भन्ने पुष्टि हुने बताए । घटनाको प्रकृति हेर्दा… विस्तृत समाचार

​तीन पूर्वआईजिपीसहित ३५ प्रहरी अधिकृतको मुद्दामा आज फैसला

काठमाडौं, १७ बैशाख  देशकै ठुला भ्रष्टाचारका रुपमा चर्चित प्रहरीको ‘सुडान घोटाला’सम्बन्धी मुद्दा दायर भएको ५ वर्षपछि सर्वोच्च अदालतमा आइतबार फैसला हुँदै छ ।  नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र २ ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । बिशेष अदालतले पूर्वआईजिपी र ठेकदारलाई मात्र दोषी ठहर गरेपछि अख्तियारले सर्वाेच्चमा गरेको पुनरावेदनको फैसला आइतबार हुन लागेको हो ।  प्रधानन्यायधीश सुशीला कार्की… विस्तृत समाचार

​तस्करसँग प्रहरीको सेटिङ, चार प्रहरी निलम्बित

काठमाडौं, १७ बैशाख  तराईका जिल्लाहरुमा तस्कर समूहसँग प्रहरुीको सेटिङ रहेको खुलेको छ । तस्करलाई सघाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका चार प्रहरी शुक्रबार निलम्बनमा परेका छन् ।    केही दिनअघि धर्मनगरमा भन्सार छाली गरी तस्कर समुहले ल्याउँदै गरेको माल बस्तुहरुलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि तस्कर समुहले आक्रमण गरेका थिए । उक्त घटनामा चार घुमुवा प्रहरीले तस्करलाई सहयोग गरेको खुलेपछि चार जनालाई निलम्बित गरीएको बारा… विस्तृत समाचार