भर्खरै

​को को प्रहरी भए उत्कृष्ट ?

काठमाडौं, २० असोज      प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी दिवस २०७३ का अवसरमा बिहिबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पु¥याउने विभिन्न ब्यक्तिलाई कदरपत्र तथा पुरस्कार प्रदान  गरेका छन् ।      पुरस्कार वितरण समारोहमा  अर्यालले प्रहरी र नागरिकको समन्वयबिना प्रहरी कार्य सम्भव  नभएको भन्दै प्रहरीको कार्यशैलीमा प्रभावकारिता थप्न आमनागरिकको सहयोग महत्वपूर्ण रहेको चर्चा  गरे ।… विस्तृत समाचार

​डिएसपीसहित १८ प्रहरी पुरस्कृत

चितवन २० असोज । जिल्ला प्रहरी कार्यालयले ६१ औँ प्रहरी दिवसको अवसरमा १८ प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरेको छ ।  कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत हुनुहुनेहरुमा प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठ, प्रहरी निरीक्षकद्वय रवीनबाबु रेग्मी र नीरञ्जन भट्टराई, नायब निरीक्षक देवराज शर्मा, एकबहादुर क्षेत्री, झलकबहादुर श्रेष्ठ, सहायक निरीक्षक पूर्णबहादुर बस्नेत, भानु चौधरी, टोपबहादुर खत्री,… विस्तृत समाचार

कम्तीमा पाँच वर्ष टिक्ने सरकार चाहियोः भट्टराई

गोरखा, २० असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताएका छन् ।  बडा दसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै उनले मुलुकमा कम्तिमा पाँच वर्ष टिक्ने सरकार आवश्यक परेको बताए। देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उनको भनाइ थियो ।  तनहुँको आँबुखैरेनी… विस्तृत समाचार

सेयरमा विदेशी लगानी खुला गर्ने कानुन बन्दै

काठमाडौं, २० असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ ।  वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अघि बढाएको हो । ‘विदेशी लगानीसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा संस्थागत विदेशी लगानीकर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको खबर कान्तिपुर दैनिकमा विष्णु पोखरेलले लेखेका छन् ।  उद्योग मन्त्रालयले… विस्तृत समाचार

वर्ष दिनपछि मात्रै राष्ट्रिय परिचयपत्र

काठमाडौं, २० असोज । व्यक्तिको वैयक्तिक विवरणसहितको राष्ट्रिय परिचयपत्र सञ्चालनमा आउन एक वर्ष लाग्ने भएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशक कृष्णचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्र निर्माणका लागि बोलपत्र आह्वान गरी फ्रान्सको ‘सफरान आइडेन्टिटी एन्ड सेक्युरिटी कम्पनी’लाई छनोट गरिसकिएको जानकारी दिए । उनका अनुसार फ्रान्सेली कम्पनीले आफ्नो काम सुरु गरिसकेको छ । एसियाली विकास बैंकले यो कार्यक्रमका लागि ८० लाख डलर अनुदान सहयोग दिएको समाचार… विस्तृत समाचार

१ अर्ब २८ करोड ९० लाख युनिट विद्युत् चुहावट

काठमाडौं, २० असोज । मुलुकमा बर्सेनि विद्युत् चुहावट नियन्त्रणका कार्यक्रम सार्वजनिक भइरहे पनि परिणाम भने शून्यप्रायः रहेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणमा वार्षिक १० अर्ब ६२ करोड १३ लाख बराबरको १ अर्ब २८ करोड ९० लाख युनिट बिजुली चुहावट हुने गरेको खबर कारोबार दैनिकमा भीम गौतमले लेखेका छन् ।      प्राविधिक र अप्राविधिक (चोरी) चुहावटसहित  प्राधिकरणमा यति ठूलो परिमाणमा विद्युत् चुहावट हुने गरेको… विस्तृत समाचार

नेपाली बनमा साढे ५ करोड टन कार्बन

काठमाडौं, २० असोज । नेपालका बनजंगलमा ५ करोड ५० लाख टन कार्बन सञ्चित छ । विश्व बजारमा नेपालको कार्बन बिक्रीको चर्चा चलिरहेका बेला नेपाल सरकारले पहिलो पटक नेपालमा कार्बनको अवस्थाबारे अध्ययन गरेको हो । फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा गरिएको अध्ययनअनुसार नेपालमा औसत १७९.९५ टन कार्बन प्रतिहेक्टर छ । उच्च हिमाली र पहाडी भेगमा सबैभन्दा धेरै कार्बन सञ्चित छ। बन स्रोत सर्वेक्षण परियोजना राष्ट्रिय कार्यक्रम संयोजक… विस्तृत समाचार

​मदिरा पिएर प्रहरीमाथि नै आक्रमण

झापा, १९ असोज      प्रहरी टोली माथि हातपात गर्ने दमक नगरपालिका–१४ बस्ने २९ बर्षीय  बादल कार्की, तोपगाछी–५ बस्ने  ३० बर्षीय कृष तामाङ र मोरङ उर्लाबारी–२ बस्ने २७ बर्षीय सुजन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।      दमक नगरपालिका–११ स्थित होलिडे होटलमा भएको दशैको सास्कृतिक कार्यक्रममा डिउटीमा खटिई गएका प्रहरी कर्मचारीहरु कार्यक्रम समाप्त भएपछि कार्यालयमा फर्किने क्रममा मादक पदार्थ सेवन गरी साथी साथी बीच झगडा गरी… विस्तृत समाचार

भूमि खोसिएको भन्दै राजी जाति आन्दोलित

गुलरिया (बर्दिया), १९ असोज । सबैभन्दा पहिले यहाँको भ्ूमिको उपयोग गरेका राजी जातिले आफ्नो भूमि तथा पुरानो सम्पत्ति खोसिएका कारण आन्दोलन गर्ने बताएका छन् ।  राजी साल्म समाज, सानोश्री, तारातालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजी साल्म समाज, बर्दियाका अध्यक्ष दीपेन्द्र राजीले सरकारी सेवासुविधामा राजी जातिको पहँुच नभएका कारण आन्दोलन गर्ने जानकारी दिए । यसैगरी, तमु ह्युला छाँेजधी, बर्दियाका अध्यक्ष मेघबहादुर गुरुङले पनि राजी जाति… विस्तृत समाचार

निक्षेप र कर्जाको ब्याजदर समान

काठमाडौं, १९ असोज । मुलुकको वित्तीय क्षेत्रमा यति बेला संसारमा बिरलै हुने घटना भएको छ । निक्षेप र कर्जाको ब्याजदर झन्डै समान देखिएको घटना मुलुकको वित्तीय इतिहासका लागि दुर्लभ मानिन्छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता घट्दै गएपछि बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर बढाएर सात प्रतिशतसम्म पु¥याएका छन् । तर, ट्रस्ट रिसिप्टदेखि गाडी खरिदका लागि पाइने पनि बैंकहरूले सात प्रतिशत नै ब्याजदर लिइरहेका छन् । कारोबार… विस्तृत समाचार