भर्खरै

‘म लोकमानलाई चिन्दिनँ’

काठमाडौं, ३१ जेठ । आइतबार सर्वोच्च अदालतको एक नम्बर इजलासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा सुनुवाइको पालो थियो । मुद्दा सुन्ने न्यायाधीश थिइन् कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की । जब मुद्दाको मिसिल (कागजपत्र) इजलस अधिकृतले पढेर न्यायाधीशलई सुनाए, कार्कीका पक्षबाट बहस गर्न आएका अधिवक्ता करुणाकर मल्लिक जुरुक्क उठे । भने, ‘श्रीमान् हजुरले यो मुद्दा हेर्न (सुनुवाइ गर्न) मिल्दैन,… विस्तृत समाचार

नयाँ शक्तिको सञ्चालक करिश्मा !

काठमाडौं, ३० जेठ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको घोषणा आज दशरथ रंगशालाबाट हुँदै छ । पार्टी घोषणासभाको सञ्चालन महिलाका तर्फबाट करिश्मा मानन्धर र जनजातिका तर्फबाट पासाङ शेर्पाले गर्नेछन् । खस आर्यका तर्फबाट संयोजक भट्टराईले सभापतित्व, मधेसका तर्फबाट रामचन्द्र झाले स्वागत गर्ने कार्यक्रम रहेको जनाइएको छ । कुनै पनि कार्यक्रममा सञ्चालक अर्थात् उद्घोषकलाई महत्वका साथ हेरिन्छ । कार्यक्रमको जस–अपजसको जिम्मेवारी पनि उनले नै… विस्तृत समाचार

चिनियाँ राष्ट्रपति 'असोज ३० मा आउने'

काठमाडौं, ३० जेठ । चिनियाँ राष्ट्रपति सी जिनपिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने सम्भावना बढेको छ । विश्वका उदाउँदा राष्ट्रहरूको संगठन ब्रिक्स (ब्राजिल, रूस, भारत, चीन, दक्षिण अफ्रिका)को सम्मेलनमा भाग लिएर फर्किने क्रममा चिनियाँ राष्ट्रपति सीले असोज ३० गते नेपाल भ्रमण गर्ने सम्भावना रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । भारतको गोवास्थित पाणजीमा असोज २८ र २९ गते ब्रिक्स सम्मेलन तय भएको छ । विस्तृत समाचार

जायज माग पूरा गर्छु : प्रधानमन्त्री

विराटनगर, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनरत दलका जायज माग पूरा गर्न सरकार तयार रहेको बताएका छन् । विराटनगरमा शनिबार तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्राम शिलान्यास गर्दै ओलीले स्पष्ट एजेन्डासहित वार्तामा आए जायज माग पूरा गर्न सरकार तयार रहेको बताएको नागरिक दैनिकले लेखेको छ । ओलीले भने, ‘संविधानको कुन धारामा के चित्त नबुझेको हो, स्पष्ट रूपमा राख्नुस्, जायज माग पूरा गर्न… विस्तृत समाचार

नयाँ शक्ति पार्टी घोषणा आज

काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आज औपचारिक रूपमा पार्टी घोषणा गर्दै छ । तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ निर्माण अभियानमा लागेका भट्टराईले सात महिनापछि पार्टी घोषणा गर्न लागेका हुन् । आज खुला सत्र तथा सोमबार र मंगलबार छलफल सत्र चल्ने जनाइएको छ । एक लाखभन्दा बढी कार्यक्रममा सहभागी हुने नयाँ शक्तिले दाबी गरेको छ । पार्टी… विस्तृत समाचार

​ललितपुर एमालेमा सर्वसम्मत नेतृत्व

ललितपुर, ३१ जेठ । नेकपा (एमाले) ललितपुर क्षेत्र नम्बर १ मा तेस्रो क्षेत्रीय अधिवेशनबाट प्रभाकर थापाको नेतृत्वमा ५१ सदस्यीय क्षेत्रीय समिति सर्वसम्मत रुपमा चयन भएको छ ।  गत जेठ २९ र ३० गतेको अधिक प्रयासपछि नेतृत्व चयन गर्न सफल भएको निर्वाचन मण्डलका अध्यक्ष सुशीला नेपालले  बताइन् । अधिवेशनले क्षेत्रीय उपाध्यक्षमा कवीन्द्र लामा, सचिवमा पुरुषोत्तम हुमागाईं, उपसचिवमा राजेन्द्र न्यौपानेलाई चयन गरेको छ । यसैगरी सदस्यमा दर्शनकुमार… विस्तृत समाचार

​ब्राजिल समूह चरणबाटै बाहिरियो

एजेन्सी काठमाडौं, ३१ जेठ ।  बिश्वप्रसिद्ध फुटबल स्टार खेलाडीहरुले भरिएको ब्राजिल कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको खेलमा पेरुसग १ ० ले पराजित भएपछि ब्राजिल समूहचरणबाटै बाहिरिएको हो ।  पेरुका लागि खेलको ७५ औँ मिनेटमा राउल मारियो रिउडियाजले गोल गरे। तर, त्यो गोल केहीबेर निकै विवादास्पद बन्यो। रिउडियाजले जोरमान पोलोले दिएको क्रस डियाजको हातमा लागेर गोल भएको थियो।    उक्त गोललाई रेफ्रीले मान्यता दिएपछि… विस्तृत समाचार

नेपाल लाइफमा अनुसन्धान

काठमाडौं, ३० जेठ । नियामक निकायको अनुमतिबेगर थप निष्काशन गरिने सेयरको मूल्य सार्वजनिक गरेको अभियोगमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरी अनुसन्धान थालिएको छ । कम्पनीले बिहीबार फर्दर पब्लिक अफरिङ (एफपीओ)का लागि प्रतिकित्ता २९ सय ५१ रुपैयाँमा बिक्री गर्ने निर्णय सार्वजनिक गरेको कारोबार दैनिकमा खबर छ । यस्तो घोषणाले धितोपत्रको दोस्रो बजारमा नकारात्मक असर पारेको भन्दै नियामक नेपाल धितोपत्र बोर्डले नेपाल लाइफको कारोबार रोक्का… विस्तृत समाचार

‘बुद्धको सन्देश प्रवाह गर्न सके स्थायी शान्ति’

काठमाडौं, ३० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धको सन्देश प्रवाह गर्न सके समाज स्थायी शान्तितर्फ अग्रसर हुने बताएकी छन् । बौद्ध दर्शनका अनुयायीले मन, वचन र कर्मले बुद्धको दर्शन र ज्ञाननिधिलाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । सुलक्षण कीर्ति बिहार चोभारकी प्रमुख डा. अनोजा गुरुमालाई मान्मार सरकारले ‘महासधम्म ज्योतिकध्वज सम्मान, २०१६’ प्रदान गरेको अवसरमा बिहार परिसरमा शनिबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा… विस्तृत समाचार

​नयाँशक्तिलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, ३० जेठ । डा. बाबुराम भट्टराईको नयाँशक्ति पार्टी घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार रंगशालामा आयोजित कार्यक्रममा नयाँ शक्ति नेपाललाई राम्रो काम गर्न शुभकामना दिएका छन् । बन्दै गरेको पार्टीले केही गरेन भन्न मिल्दैन, बनिसकेपछि के काम गर्छ हेर्नुपर्छ, प्रधानमन्त्री ओलीले भने, नयाँ शक्तिले एमाले बाहेक अरु पार्टीलाई धक्का दिनसक्छ । प्रधानमन्त्रीले संविधानले… विस्तृत समाचार