ब्रेकिंग

बेईजिङमा परराष्ट्र मन्त्री ज्ञवालीले भने– चीनसँगको सम्बन्ध बलियो बनाउन चाहन्छौं

दृष्टि न्यूज काठमाडौं, ४ बैशाख । चीन पाँच दिने चीन भ्रमणको क्रममा राजधनी बेईजिङ पुगेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले मंगलवार साँझ नेपाली दुताबासमा पत्रकार सम्मेलन गरेर आफ्नो बेईजिङ भ्रमणबारे प्रष्ट्याएका छन् ।  मंगलवार साँझ नेपाली दुताबसमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री ज्ञवालीले आफूले चीन भ्रमणको क्रममा त्यहाँका राज्यपरिषद प्रमुख र विदेशमन्त्री वाङ यीसँग भेटघाट गर्ने जानकारी दिएका छन् । चीन भ्रमणको क्रममा नेपाल–चीन सम्बन्धका नयाँ… विस्तृत समाचार

​यस्तो छ पार्टी एकताको मार्गचित्र

काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार पार्टी एकताका बारेमा महत्वपूर्ण छलफल भएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै हुने भनिको दुई नेताको बैठक करिब एक सातापछि सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको हो । दुई अध्यक्षबीचको यो भेटस“गै पार्टी एकताको मार्गचित्र थप मूर्त बनेको छ । पार्टी एकता मोडालिटी टुंगो लगाउन मंगलबार… विस्तृत समाचार

​एमाले स्थायी समिति बैठक सुरु

नेकपा एमालेको स्थायी समितिको बैठक सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रम, प्रधानमन्त्री ओलीको भारत भ्रमण तथा माओवादी केन्द्रसँग पार्टी एकताको सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो । बैठकमा भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकको पूर्व तयारीको रुपमा समेत हेरिएको छ । विस्तृत समाचार

नयाँ वर्षमा राष्ट्रपति–उपराष्ट्रपतिको शुभकामना

दृष्टिन्यूज काठमाडौं १ बैशाख । नेपालीहरुले मनाउने नयाँ वर्ष अर्थात २०७५ सालको पहिलो दिनको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी तथा उपराष्ट्रपति नन्द बहादुर पुनले देशबासीको नाममा शुभकामना सन्देश दिनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार विहानै जारी गर्नु भएको सन्देशमा देशलाई आत्मनिर्भर बनाउने अवसर प्राप्त भएको उल्लेख छ । राष्ट्रपति भण्डारीले देश समृद्ध बनाउने दायित्व आम नेपालीको भएको भन्दै सकेको योगदान गर्न आग्रह गर्नुभएको… विस्तृत समाचार

परराष्ट्रमन्त्री ज्ञवाली सोमवार बेईजिङ जाँदै

दृष्टिन्यूज काठमाडौं, ३० चैत । बाआओ फोरममा नेपालले सहभागिता नजाएपछि चीनले नेपालप्रतिको पूर्ववत धारणामा परिवर्तन गरेको संकेत गरेको छ । प्रधानमन्त्रीले चीन भ्रमण गर्ने चर्चा चलिरहेको बेला चीनले भने परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीलाई मात्रै बोलाएपछि चीनले आफ्नो धारणामा परिवर्तन गरेको संकेत गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोआओ फोरममा चीनले जसरी पनि सहभागी गराउन गरेको भगिरथ प्रयासलाई काठमाडौंस्थित परराष्ट्र मन्त्रायले चासो नदिएपछि बोआओ… विस्तृत समाचार

प्रधानमन्त्री कर्णालीमा, भोलि राराबाट सम्बोधन गर्ने

काठमाडौं, ३० चैत्र । २०७५ सालमा कर्णालीको पहिलो पर्यटक बन्दै देशबासीको नाममा राराजबाटै सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री केपी शर्मा ओली आजै रारातर्फ उडेका छन् । भोलि विहान प्रम ओलीले राराबाटै देशबासीको नाममा सम्बोधन गर्नेछन् । चैत्र ३० गते बेलुका डोल्पाको दुनैमा रात बिताएर नयाँ वर्षको पहिलो दिन रारा पुगेर देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री ओली आजै राराका लागि उडेका हुन् । … विस्तृत समाचार

बैशाख ९ गते नै पार्टी एकता गर्न प्रचण्ड दृढ

चितवन, चैत २९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा आज आयोजित शोकसभामा उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।  उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताए । विधानमा… विस्तृत समाचार

ज्ञानेन्द्रले दाइजो दिएको १५ रोपनी जग्गा सरकारको नाममा

काठमाडौं २८ चैत्र ।  तत्कालिन राजा ज्ञानेन्द्रले राजा भएकै बखतमा आफ्नी छोरी प्रेरणा शाहलाई दाइजो दिएको जग्गा सर्वोच्च अदालतले फिर्ता गरी नेपाल ट्रष्टमा राख्न आदेन दिएको फैसलाको पूर्णपाठ तयार भएको छ । सुरुमा मुद्धा जितेकी ज्ञानेन्द्रकी छोरी प्रेरणा शाहको विरुद्धमा नेपाल ट्रष्टले पुनरावेदन गरेपछि उक्त मुद्दामा तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्की तथा सपना मल्ललगायतका न्यायाधीशरुले ज्ञानेन्द्र शाहले दिएको दाइजो अबैध भएको ठहर गर्दै नेपाल ट्रष्टको नाममा… विस्तृत समाचार

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

दृष्टिन्यूज काठमाडौं, २५ चैत्र ।  तीन दिने राजकीय भारत भ्रमणबाट प्रधानमन्त्री आज साँझ स्वदेश फर्केका छन् । प्रधानमन्त्री ओली करिब पौने आठ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।  प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकार सम्मेलन गरेर भारत भ्रमणबाट प्रष्ट पार्नेछन् ।सभामुख कृष्ण महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्वागत गरेका छन् ।  प्रधानमन्त्री ओली… विस्तृत समाचार

सेयर बजारमा उछाल, ४४ अंकले बढ्यो नेप्से

दृष्टिन्यूज काठमाडौं, २५ चैत्र ।  केही दिनदेखि लगातार घटिरहेको शेयर बजारमा आइतवार लगानीकर्ताहरु आशावादी हुने गरी उछाल आएको छ । एकैदिन ४४ अंकले नेप्से बढेपछि समग्र सेयरको मूल्यमा सुधार आएकोे छ । डा. युवराज खतिवडा अर्थमन्त्री बनेदेखि नै लगातार घटिरहेको नेप्सेमा आइतवार यस्तो उछाल आयो कि निराश बनेका लगानीकर्ताहरुको मनोबल नै बढ्न मद्दत गरेको छ ।  शेयर बजारमा उछाल आएपछि नेप्से परिसुचक बढेर एक हजार… विस्तृत समाचार