ब्रेकिंग

टर्दै स्थानीय चुनाव

काठमाडौं, ५ माघ । राजनीतिक समझदारी र प्राविधिक तयारी हुन नसक्दा स्थानीय तहको निर्वाचनको सम्भावना टर्दै गएको छ । प्रमुख दलका नेताहरूले सार्वजनिक रूपमा स्थानीय निर्वाचनको कुरा गरे पनि भित्रभित्रै संघीय संसद्कै चुनावमा जानुपर्ने मनस्थिति बनाउन थालेका छन भने सम्बन्धित विधेयकहरू पारित हुन नसक्दा प्राविधिक काम पनि अगाडि बढ्न सकेका छैनन् । कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् । ‘केही दिनअघि एमाले अध्यक्ष केपी… विस्तृत समाचार

रातो पासपोर्टमा इमानदार देखिए कार्की

काठमाडौं, ५ माघ । सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन् । कार्कीले गत बिहीबार राहदानी विभागलाई विशेष सुविधाको पासपोर्ट फिर्ता गरेका हुन् । नेपाल समाचारपत्र दैनिकमा खबर छ । राहदानी विभागले सन् २०१३ अक्टोबर ६ मा उनलाई ५ वर्षे अवधिको रातो पासपोर्ट उपलब्ध गराएको थियो । विभागका महानिर्देशक सुशीलकुमार लम्सालका… विस्तृत समाचार

​दाहाल नेतृत्वमा निर्वाचन टर्दै

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्थाअनुसार तीनै तहको चुनाव नहुने सम्भावना  बढ्दै गएको छ । प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमती अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ । नागरिक दैनिकमा खबर छ । नयाँ संविधानप्रति विमति जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतीक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो ।… विस्तृत समाचार

​४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, ५ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ । त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ ।  फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन् । ६ महिनायता सनाखत हुन नसकेकका एक सय ३७ शवमध्ये असोजमा ८४ र पुसमा ५३ शव खातमाथि खात लगाएर गाडिएका छन् । शव राम्रोसँग नपुरिँदा त्यस क्षेत्र दुर्ग्न्धितसमेत हुने… विस्तृत समाचार

छलफलमा राष्ट्रिय सरकार

–एमालेरहित कि सहित भन्नेमा केन्द्रित काठमाडौं, ५ माघ । संविधान संशोधन विधेयक पारित गराउनका लागि राष्ट्रिय सरकार गठन गर्ने विषयमा छलफल अघि बढेको पाइएको छ । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्रका नेतासँगको छलफलमा यो विषय उठेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता बताउँछन् । कारोबार दैनिकमा खबर छ । सरकारले मंसिर १४ गते दर्ता गराएको संशोधन विधेयक पुस २४ गते व्यवस्थापिका–संसद्मा पेस भए पनि… विस्तृत समाचार

​प्रधानमन्त्रीको निजी खानेपानीको बिल सरकारले ति¥यो

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल र उनको परिवारले उपभोग गरेको खानेपानीको बक्यौता सरकार आफैंले भुक्तान गरेको खुलासा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गत मंसिरमा दाहाल यसअघि प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवास र लाजिम्पाटस्थित निजी आवासको करिब १२ लाख रुपैयाँ बक्यौता काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई बुझाएको थियो । कारोबार दैनिकमा राधिका ढकालले समाचार लेखेकी छन् ।  मन्त्रालयले ८ वर्षपछि खानेपानी बक्यौता भुक्तानी… विस्तृत समाचार

राष्ट्रपति कार्यालयमा जे देखियो

काठमाडौं, ४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले)का तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासबाटै अन्माइएको छ । इन्जिनियर मुनिलाल यादव र सांसद किरण यादवका छोरा इन्जिनियर अभिषेक यादवसँग सोमबार निशाकुशुमको शुभविवाह सम्पन्न भएको हो । सोमबार बिहान १० बजेको शुभ साइतमा अभिषेकसँग निशाकुशुमको स्वयम्बर भएको राष्ट्रपति कार्यालयले जनाएको छ । विवाह समारोहमा पूर्वराष्ट्रपति डा. रामवरण… विस्तृत समाचार

​महराकै सेटिङमा सुन तस्करी

काठमाडौं, ४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदैआएको छ । २०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् । ३३ किलो सुन बरामद भएको एक सातामै रसुवा नाकाबाट आएको १५ किलो सुन २०७३ पुस २९ गते राति… विस्तृत समाचार

​एनसेलसँग ‘ब्ल्याकमेलिङ’ !

काठमाडौं, ३ माघ  । विदेशी लगानीमा स्थापना भएको एनसेल नेपालमा बार्षिक दस बाह्र अर्ब रुपैयाँ कर तिर्ने कम्पनी हो । तर यसलाई ध्वस्त बनाउन केही टेलिकमका माफियाहरुले सांसद प्रयोग गर्न थालेका छन् । कुनै पनि देशबाट आएको लगानी सुरक्षित गर्नु र लगानीकर्तालाई सुरक्षाको अनुभूति गराउनु सरकारको काम हो । तर जुन देशका सांसद र सरकार नै विदेशी कम्पनीलाई ‘ब्ल्याकमेलिङ’ गर्दै हिंड्छन्, त्यो देशमा विदेशी लगानी… विस्तृत समाचार

उपत्यकाको जमिन भासिने खतरा

काठमाडौं, ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ । जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन् । भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी  निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी तानिएकाले सन्तुलन मिलेको… विस्तृत समाचार