ब्रेकिंग

रामवरणको षड्यन्त्रमा तराईका जनता मारिएका हुन:पहाडी

काठमाडौं, २८ जेठ ।   चर्चित नागरिक अगुवा तथा अधिकारकर्मी कृष्ण पहाडीले तत्कालिन राष्ट्रपति डा.रामवरण यादबका कारण तराई आन्दोलनमा धेरै सर्वसाधरणको मृत्यु भएको आरोप लगाएका छन् । बीबीसी नेपाली सेवासँगको कुराकानीमा पहाडीले यादबले राष्ट्रपतिनिवासमा बसेर षड्यन्त्र गरेकै कारण आन्दोलनमा धेरैले ज्यान गुमाएको बताएका हुन् ।  उनले भनेका छन्,–‘रामवरणदेखि खिलराज रेग्मीसम्मको प्रवृत्तीमा म दुईवटा कुरामा आउ, निर्दलीय प्रवृत्तीमा नेपालमा मौलिन थालेको छ, यो खतराको संकेत हो… विस्तृत समाचार

​ कोकिनको धन्दामा चिनियाँ युवती

 काठमाडौं, २८ जेठ  २७ वर्षिय चिनियाँ  युवती छिन दोङदोङको गोन्जाओमा कपडा पसल छ । पसल सानै भएपनि उनको कमाई राम्रो थियो । त्यही कमाईबाट उनले ल्हासा घुम्ने योजना बनाइन् । उक्त कुरा आफ्ना नाइजेरियन साथी खेस्लीलाई ‘ह्वाट्स एप’ मार्फत सुनाइन् ।  ‘ल्हासाभन्दा नेपाल धेरै रमाइलो छ, नेपाल घुम्न जाउँ,’ खेस्लोले उनलाई भने,‘मेरो पनि एउटा सामान नेपालबाट गोन्जाओ ल्याउनु छ, बरु म पनि अलिकति खर्च दिउला… विस्तृत समाचार

विप्लव माअाेवादीकाे नेपाल बन्द, जनजीवन सामान्य प्रभावित

काठमाडाैं, २७ जेठ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज राजधानीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले साझा बसमा ताेडफाेड गरेका छन् भने केही ट्याक्सीमा अागजनी गरेका छन् । कोटेश्वरमा बा १ ज ८२०६ नम्बरको ट्याक्सीमा चालक भित्रै रहेका बेलामा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । यही अाराेपमा विप्लव माअाेवादीनिकट ट्रेड यूनियन अध्यक्ष योगेन्द्र कुमाललाई उनका कार्यालय… विस्तृत समाचार

​तुइनको फोटो खिचेर राख्नुस्: ओली

सुर्खेत, २६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १५ महिनाभित्र देश तुईनमुक्त हुने बताएका छन् । भावी पुस्तालाई तुईनबारे जानकारी दिन अब फोटो देखाउनुपर्ने अवस्था आउने उनको भनाई छ ।  मंगलबार सुर्खेतमा उनले भने,‘अब तुईनको फोटो खिचेर राख्नुहोस्, भविष्यमा सन्तानलाई तुइन यस्तो थियो भनेर देखाउन काम लाग्छ ।’ ओली प्रधानमन्त्री भएपछि  २ वर्षभित्र देशमा तुईन पुलले विस्थापन गर्ने भनेर पहिलो निर्णय गरेका थिए ।… विस्तृत समाचार

​तीनबुँदेको वास्तविकता माधव नेपालद्वारा खुलासा

काठमाडौं, २३ जेठ।  एमाले र माओवादी केन्द्रबीच तीनबुँदे सहमति नभएको पुष्टि भएको छ । शनिबार बसेको एमलेको स्थायी कमिटि बैठकमा नेता माधव नेपालले नै  तीनबुँदेनभएको तर प्रधानमन्त्रीले बजेटपछि सरकार प्रचण्डलाई दिने विषयमा टाउको हल्लाएको बताएका छन् ।   बैठकमा नेपालले भनेका थिए-तीनबुँदेमा प्रधानमन्त्रीले आपत्ति जनाउनुभएको त हो । तर, बजेट पारित भएपछि छाड्ने कुरा उहाँले पनि मान्नुभो, लेख्नचाहिँ नलेखौँ भनेपछि प्रचण्ड उठेर हिँडेका हुन् ।… विस्तृत समाचार

दृष्टि सात दिनमा मात्र हैन, आजदेखि छिनछिनमा पनि

दृष्टि साप्ताहिक ३३ वर्ष पूरा गरेर ३४ वर्षमा पाइला टेक्दैछ । अहिले हामी साँढे ३३ वर्षको यात्रामा छौं । र, आजैदेखि हामी सात दिनमा हैन, अब छिनछिनमा भन्ने नाराका साथ औपचारिक रुपमा दृष्टि अनलाइनमा आउँदैछौं । दृष्टिले यात्रा गरेको यो ३३ वर्षभित्र नेपालको राजनीतिमा धेरै उथलपुथल भयो । ०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको यात्रादेखि ०६२/०६३ सालको गणतन्त्र स्थापनाको यात्रामा हामी पनि स“गस“गै हिंड्यौं । ०६२/६३ सालको… विस्तृत समाचार

प्रधानमन्त्री ओलीद्वारा दृष्टि अनलाइनको शुभारम्भ

काठमाडौं, २१ जेठ प्रधानमन्त्री के पी शर्मा ओलीले एक समारोहबीच दृष्टि साप्ताहिकको अनलाइन संस्करण drishtinews.com को उद्घाटन गरेका छन् । काठमाडौंमा शुक्रबार सााझ आयोजित एक औपचारिक कार्यक्रमबीच उनले अनलाइन र यसको मोबाइल एप्स दृष्टिको उद्घाटन गरे । समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले दृष्टि साप्ताहिकको नेपाली पत्रकारितामा मात्र हैन, नेपालको समग्र राजनैतिक इतिहासमै उल्लेखनीय योगदान रहेको बताए ।  नेकपा एमालेको राजनीतिक आरोहमा दृष्टिको योगदानलाई कसैले पनि… विस्तृत समाचार

पंच र प्रचण्ड

काठमाडौं, १९ जेठ । जन प्रवृत्तिविरुद्ध आन्दोलन गरिन्छ, भोलिपल्ट उसैसँग सहभोज सुरु हुन्छ । हो बेथितिको बीउ यहीँबाट रोपिन्छ । संसारको कुनै पनि सफल क्रान्तिपछि क्रान्ति विरोधीलाई चुलो चौकामा बसालिन्न । बरु तिनीहरुलाई संजाय दिइन्छ । समयले उनीहरुको मनमष्तिस्क धोएपछि परिवर्तित राजनीतिको भावधारामा बग्ने अवसर पाउनु अलग बिषय हो । लोकतन्त्र समर्थक भनेकाहरुले जिन्दगीभर सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कमल थापाहरुलाई शत्रु देखे । यिनीहरुको पतन… विस्तृत समाचार

दाङ र सर्लाहीका एसपी फेरीए

काठमाडौं, १९ जेठ । प्रहरी प्रधान कार्यालयले दाङ र सर्लाहीका प्रहरी प्रमुख हेरफेर गरेको छ । दाङमा एसपी धिरजप्रताप सिंह तथा सर्लाहीमा उत्तम सुवेदीलाई खटाइएको छ । यसअघि दाङमा कुबेर कठायत तथा सर्लाहीमा केदार ढकाल कार्यरत थिए । उनीहरुको एक वर्षको कार्यकाल पुगेपछि सरुवा गरिएको हो । त्यस्तै बारा र झापाका एसपीको पनि सरुवाको तयारी भइरहेको छ । झापामा अख्तियारमा कार्यरत एसपी लालमणि आचार्यको सरुवाको… विस्तृत समाचार

प्याक्टको अनुदानमा अनियमितता

काठमाडौं, १९ जेठ । व्यवसायिक कृषि तथा ब्यापार आयोजना (प्याक्ट) ले २०७१ मा दिनुपर्ने चौथो पूरक अनुदान २ बर्षपछि दिने निर्णय गरेको छ । विश्वबैंकले नेपालको कृषि क्षेत्रको विकासका लागि दिएको अनुदानमा ब्यापक अनियमितता भएको आरोप छ । त्यसकारण अब विश्वबैंकले प्याक्टमा थप लगानी नै नगर्ने र परियोजना नै फेजआउट हुृने भएको छ । अन्तिम पटक भएकाले यो पटक अनुदान बितरणमा ठूलो चलखेल भएको गुनासो… विस्तृत समाचार