ब्रेकिंग

भारतसँग कसरी बन्यो विश्वासको वातावरण ?

हरि लामिछाने नयाँदिल्ली (भारत), २ असोज । वर्षौं पहिले सम्झौता भई कार्यान्वयनमा नआएका दर्जनौँ विषयमा भन्दा पनि यसपटकको प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सम्बन्ध सुधार तथा आपसी विश्वासको वातावरण बनाउनमै बढी केन्द्रित भएको छ ।  भारत भ्रमणमा निस्कनुभन्दा पहिले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् नेपाल–भारत सम्बन्धका जानकारसँग परामर्श लिएका प्रधानमन्त्री दाहालले यस भ्रमणमा सम्बन्ध सुधारलाई जोड दिएका हुन् । सामान्य… विस्तृत समाचार

​‘मोर्चासँग संविधान संशोधनबाहेकका विषय टुंगियो’

काठमाडौं, २ असोज । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनबाहेक मन्त्रिपरिषद्ले गर्न सक्ने सबै मागको सुनुवाइ भइसकेको बताएका छन् ।  कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका मन्त्री निधिले संविधानको कार्यान्वयन र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न पनि मधेसी मोर्चा र संघीय गठबन्धनको मागको सुनुवाइ आवश्यक भएकाले सरकार ढिलो गर्ने पक्षमा नरहेको स्पष्ट पारे । सरकारले आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरिसकेको र उनीहरुको परिवारलाई दिने… विस्तृत समाचार

बदलिए प्रचण्ड, बदलिएनन् मोदी, अब दूतावास शक्तिशाली

काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा गरेको अन्तरराष्ट्रिय मुद्दामा ‘समान विचार’ र अन्तरराष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ । कारोबार दैनिकमा जगन्नाथ दुलालले समाचार लेखेका छन् ।  परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन् । प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५… विस्तृत समाचार

संविधान कार्यान्वयन गर्न ‘एमाले दृढ’

काठमाडौं, २ असोज । नेकपा (एमाले)ले निर्धारित समयमा निर्वाचन गरी संविधान कार्यान्वयन गर्न आआफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने जनाएको छ । पहिलो संविधान दिवसको उपलक्ष्यमा एमालेले आयोजना गर्ने कार्यक्रमबारे अवगत गराउन आयोजित पत्रकार सम्मेलनमा नेपाली जनताको बलिदानको जगमा निर्माण भएको नेपालको संविधानको रक्षा र कार्यान्वयनका लागि पार्टी दृढ रहेको जानकारी दिइयो । “संविधान बनाउनै नदिने, बनाए पनि जारी गर्न नदिने र जारी गरे पनि कार्यान्वयन गर्न… विस्तृत समाचार

​‘कांग्रेसको असहयोग’ले धकेलियो संविधान संशोधन

काठमाडौं, २ असोज । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको ‘असहयोग’का कारण प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाएका छन् । गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पन चासो नलिएको बताए । कारोबार दैनिकमा धर्मेन्द्र कर्णले समाचार लेखेका छन् ।  संविधान संशोधन हुन… विस्तृत समाचार

'भारतीय प्रधानमन्त्रीसँग खुलेर कुरा गरें । म पूर्ण सन्तुष्ट छु'

 “मैले भारतीय प्रधानमन्त्रीसँग खुलेर दिलदेखि नै कुरा  गरें । म भ्रमणबाट पूर्ण सन्तुष्ट छु । यसले नेपाल–भारत सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । मैले विश्वास लिएको छु, भ्रमण पूर्णरुपमा सफल भएको छ ।”  हरि लामिछाने नयाँदिल्ली, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण पूर्णरुपमा सफल भएको बताएका छन् ।  नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित विशेष पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले अब नेपाल र… विस्तृत समाचार

​राजधानीका अधिकांश भवन नक्साविपरीत !

काठमाडौं, १ असोज । निर्माण भएका अधिकांश भवन नक्साविपरीत रहेको हँुदा काठमाडौं महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।  कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका लागि प्रशस्तै मात्रामा निवेदन आउने गरेको भए पनि कामपाका अधिकांश भवन मापदण्डविपरीत निर्माण भएकाले प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुख राम थापाले जानकारी दिए । प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरी… विस्तृत समाचार

संविधान कार्यान्वयनले न्यायपालिकामा जस्तै गति पाओस् !

कालिका खड्का काठमाडौं, १ असोज । सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएको एक वर्ष पुग्दा न्यायपालिकामा संविधानको कार्यान्वयनले गति लिएको छ ।  संविधानको धारा १२७ मा नेपालमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालत गरी तीन अदालतको व्यवस्था गरिएको छ । संविधानानुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश हुने व्यवस्था छ । सोअनुसार सर्वोच्च अदालतमा रिक्त रहेका ११ न्यायाधीश नियुक्त भई काम सञ्चालन भइसकेको छ ।… विस्तृत समाचार

महिला संघमा देउवा पक्षकी रेग्मी निर्वाचित

काठमाडौँ, १ असोज । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघको तेस्रो महाधिवेशनबाट अध्यक्ष पदमा फेरि उमा रेग्मी निर्वाचित भएकी छन् । रेग्मी २०५८ सालमा पनि विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि अध्यक्ष भएकी थिइन् । शुक्रबार मध्याह्नदेखि भएको मतदान मध्यरात सकिएको थियो । पार्टी सभापति शेरबहादुर देउवा पक्षकी रेग्मी निकटतम प्रतिद्वन्द्वी मीना पाण्डेलाई २०२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन् । उनलाई नेता कृष्णप्रसाद सिटौला… विस्तृत समाचार

माओवादी लडाकुको रकम घोटालामा बोल्यो अख्तियार

काठमाडौं, १ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नेकपा (माओवादी)को लडाकुको शिविरमा सरकारले भरणपोषणका लागि दिएको रकममा भएको अनियमितताबारे छानविन निष्कर्षमा पुग्न थालेको जनाएको छ ।  आयोगका प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारको सम्बन्धमा परेको उजुरीका बारेमा तदारुकताका साथ अनुसन्धान भइरहेको बताए । भने, “त्यति खेर निर्णय प्रक्रियामा सहभागी हुनुभएका महत्वपूर्ण पदाधिकारीहरुलाई अनुसन्धानको दायरामा ल्याएका छौँ । ३० दिनभित्र उहाँहरुलाई जवाफका लागि आमन्त्रण गरेका… विस्तृत समाचार