ब्रेकिंग

यस्तो बन्दै छ नेवि संघ

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको नयाँ केन्द्रीय समिति प्रादेशिक संरचनाअनुसार १५१ सदस्यीय हुने भएको छ । विधानमा भएको नयाँ सहमतिअनुसार एक अध्यक्ष, सात प्रदेशबाट एक÷एक जना उपाध्यक्ष रहनेछन् । त्यस्तै, समावेशी चार र दुई मनोनीत गरी १३ जना उपाध्यक्ष रहने जनाइएको छ ।  त्यस्तै, दुई निर्वाचित महामन्त्री र एक मनोनीत गरी तीन महामन्त्री हुनेछन् । सात प्रदेशबाट एक÷एक गरी… विस्तृत समाचार

कांग्रेसले सम्झियो भू–विक्रम नेम्बाङ

काठमाडौं, २४ साउन । नेपाली कांग्रेसले प्रजातन्त्र सेनानी एवं पार्टीका पुराना नेता ८० वर्षीय भू–विक्रम नेम्बाङको निधनमा शोक व्यक्त गरेको छ । नेम्बाङको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । ‘नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य भू–विक्रम नेम्बाङको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ । स्वर्गीय नेम्बाङले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनामा सक्रिय योगदान पु¥याउनुभएको थियो,”… विस्तृत समाचार

बुकलेटमा ओलीको ‘अन्तिम संसद् सम्बोधन’

काठमाडौं, २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा व्यवस्थापिका–संसदमा गरेको सम्बोधनको ‘बुटलेट’ तयार गरिएको छ । आफू नेतृत्वको सरकारविरुद्ध अघि बढेको अविश्वास प्रस्तावमाथिको छलफलका क्रममा संसद बैठकमा ओलीले ९ साउनमा सम्बोधन गरेका थिए । उनले अविश्वास प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पदबाट राजीनामासमेत दिएका थिए । त्यही सम्बोधनको बुकलेट पार्टी कार्यालयमार्फत प्राप्त गर्न सकिने एमालेले जनाएको छ । अनलाइन पढ्नका… विस्तृत समाचार

युवा प्रतिभालाई सरकारले सम्मान गर्ने (सूचीसहित)

काठमाडौं, २४ साउन । सरकारले विभिन्न क्षेत्रमा क्रियाशील युवालाई राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्ने भएको छ । युवा तथा खेलकुद मन्त्रालयले सम्मानका लागि छनोटमा परेका युवा प्रतिभा तथा संघसंस्थाको नामावली सोमबार सार्वजनिक गरेको हो । मन्त्रालयका उपसचिव महेन्द्र पौड्यालले साउन २८ गते सम्मान कार्यक्रम रहेको जानकारी दिएका छन् । । सि.नं    नाम    क्षेत्र १    धुर्मुुस सुन्तली फाउण्डेशन, काठमाडौं    स्वयम् सेवा र समाज सेवा २  … विस्तृत समाचार

‘अविश्वासको प्रस्ताव दर्ता गरेर राजीनामा माग्ने ?’

काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कानुनी रूपमा अल्पमतमा नपरेको बताएका छन् । प्रधानमन्त्री ओलीले ‘नेपाल टेलिभिजन’को कार्यक्रम ‘सीधा कुरा प्रधानमन्त्रीसँग’ यस्तो दाबी गरेका हुन् ।  ‘मलाई अरूले भोट दिन्छन् कि दिँदैनन् कि त्यो त कुनै टुंगो छैन,’ उनले भने, ‘म प्रधानमन्त्री छानिएका बेला पनि अर्का उम्मेदवार थिए, जसले जित्छु भन्ने ठानेकै थियो ।’  माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा… विस्तृत समाचार

​देउवा निवास किन पुगे पौडेल ?

काठमाडौं, २ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताले आइतबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका क्रममा असन्तुष्टि देखिएका पौडेल पक्षले केन्द्रीय कार्यसमितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति देउवाको ध्यानाकर्षण गराएका हुन् । यसअघि भएको बैठकमा माओवादी केन्द्रसँगको सहमतिलाई लिएर पौडेल पक्षले असन्तुष्टि जनाउँदा देउवाले विगतको स्मरण गराउँदै आफूले त छलफलमा ल्याएको भन्दै चेतावनीयुक्त भाषा… विस्तृत समाचार

​आधिकारिक ट्रेड युनियनले पूर्णता पायो

काठमाडौं, २ साउन । आधिकारिक ट्रेड युनियनले ४४ दिनपछि पूर्णता पाएको छ । २०७३ जेठ १९ गते भएको निर्वाचनमा पहिलो शक्तिका रुपमा विजयी भएको नेपाल निजामती कर्मचारी संगठनले शुक्रबार सर्वसम्मत रुपमा आधिकारिक ट्रेड युनियनमा पुण्य ढकालको नेतृत्वमा ११ सदस्यको नाम पठाएपछि युनियनले पूर्णता पाएको हो । आइतबार आधिकारिक ट्रेड युनियन निर्वाचन कार्यालयमा अध्यक्ष ढकालसहित ११ जनालाई प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिम्सिनाले सपथग्रहण गराएका छन् ।… विस्तृत समाचार

टर्कीमा ‘कु’ गराउन खोज्ने को हुन् ?

काठमाडौं, १ साउन । टर्कीका प्रधानमन्त्री विनाली यिल्द्रिमले सैनिक विद्रोह ‘कु’को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको संख्या १६१ पुगेको बताएका छन् । घटनामा १ हजार ४४० जना घाइते भएका छन् भने सरकारले २ हजार ८ सय ३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्द्रिमले बताए । २७ सय न्यायाधीश पनि बर्खास्तीमा परेको समाचार एजेन्सीले जनाएका छन् । प्रधानमन्त्रीले इस्लामिक धर्मनेता… विस्तृत समाचार

​‘डी प्लस’ले पनि सीटीईभीटीमा पढ्न पाउने

काठमाडौं, २४ असार । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले प्राविधिक विषयमा भर्नाका लागि मापदण्ड परिवर्तन गरेको छ ।  सीटीईभीटी राष्ट्रिय पाठ्यक्रम बोर्डको बैठकले शुक्रबार भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो । सीटीईभीटीले एसएलसीमा अंग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको छ ।  यसअघि डिप्लोमा… विस्तृत समाचार

मुस्लिम समुदायमा इदको रमझम

काठमाडौं, २३ असार । अरबी पात्रोअनुसार दसौं महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फितर पर्व मनाइरहेका छन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुखी एवं गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो । अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन बेलुकी चन्द्रमा देखिएपछि त्यसको इद उल फितर मनाउने गरिन्छ । जानकारका अनुसार दसौं महिनाको पहिलो दिनलाई… विस्तृत समाचार