ब्रेकिंग

कांग्रेसबाहेकका दल प्रादेशिक संरचनामा

–कांग्रेस पुरानै संरचनामा रमाउँदै काठमाडौं, १७ साउन । देश संघीय व्यवस्थामा गएको दुई वर्ष बित्दा पनि संसद्को ठूलो दल कांग्रेस भने पुरानै संरचनामा चलिरहेको छ । ३ असोज ०७२ मा संघीय संविधान जारी भएको पाँच महिनापछि १३औँ महाधिवेशन गरेको कांग्रेसको विधान पनि संघीय सरंचनाअनुसारको छैन । नयाँ पत्रिकामा खबर छ । नेतृत्वमा सुस्तता केन्द्रीय समिति बैठकमा नेताहरूले पार्टीका निकायलाई संघीय संरचनामा लैजान माग गर्दै आएका… विस्तृत समाचार

​भारतले दिने भनेको एक खर्बमा एक रुपैयाँ पनि आएन

काठमाडौं, १६ साउन । भूकम्पपछिको नेपालको पुनर्निर्माणका लागि भारतले सम्झौता गरेको एक खर्ब रुपैयाँमा अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन । २५ अर्ब अनुदान र ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने समझदारी दुई देशबीच भएको थियो । नयाँ पत्रिकामा खबर छ ।  पुनर्निर्माणमा विभिन्न मुलुकले वाचा गरेको १३ अर्ब त सरकारले सम्झौता नै गर्न सकेको छैन । साउदी अरबले तीन अर्ब रुपैयाँ दिने वचन दिए… विस्तृत समाचार

आयल निगमको अर्को झूट

निजी जग्गा किनेर सार्वजनिक खोजी काठमाडौं, १६ साउन । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तिका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको छ। सार्वजनिक जग्गा नपाएर निजी जग्गा खरिद गरेको बताउँदै आएको निगमले एजेन्टसँग सेटिङ मिलाएर जग्गा किनेको तथ्य फेला परेको हो। नागरिकमा खबर छ । २०७३ मंसिर २७ गतेदेखि निजी जग्गा खरिद गर्न टेन्डर गरेको निगमले त्यसको… विस्तृत समाचार

‘सबै उत्तरी नाका जोड्ने सडक बनाउन चीन तयार’

काठमाडौं, १६ साउन । चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाउ दिएको छ । साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ’चिनियाँ नेताले दुई… विस्तृत समाचार

​देउवाले भारतसँग सम्झौताको हिसाब खोज्ने

काठमाडौं, १५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका सम्झौता कार्यान्वयनको समीक्षा गरिरहेको छ । २२ वर्षअघिको भ्रमणमा भएका सम्झौताका हिसाबकिताब गर्ने तयारीमा देउवा छन् । नयाँ पत्रिकामा खबर छ । प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति औपचारिक घोषणा हुन बाँकी छ ।… विस्तृत समाचार

​दुवै चुनाव एकैपल्ट गर्ने तयारी

काठमाडौं, १५ साउन । सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपटक गर्ने गरी तयारी अघि बढाउने भएको छ। प्रमुख राजनीतिक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपटक चुनाव गराउने निष्कर्षमा पुगेका हुन्। यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने गरी प्रमुख प्रतिपक्षी एमालेले समेत एकैपटक चुनाव गराउनुपर्ने धारणा सार्वजनिक गरिसकेको छ। कान्तिपुरमा खबर छ । प्रधानमन्त्री देउवाले संविधानले तोकेको समयसीमाभित्रै सम्पन्न गर्न एकैपटक दुवै निर्वाचन गर्नु… विस्तृत समाचार

​बिजुली किन्न नेपालसँग जीएमआरको गुहार

काठमाडौं, १३ साउन । माथिल्लो कर्णालीको लाइसेन्स लिएर ’अध्ययन गरिरहेको’ भारतीय कम्पनी जीएमआरले १० वर्षअघि अनुमतिपत्र लिएको माथिल्लो मर्स्याङ्दी–२ (६०० मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली खरिद गरिदिन नेपाललाई गुहारेको छ । सम्पूर्ण अध्ययन सकी दुई वर्षअघि ऊर्जा मन्त्रालयमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाइसकेको जीएमआरको सहायक कम्पनी हिमताल हाइड्रोपावर कम्पनीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई असार १९ मा पत्र लेखी बिजुली खरिदसम्बन्धी सम्झौता (पीपीए)… विस्तृत समाचार

​बरु पार्टी नै विघटन गरौंः दाहाल

काठमाडौं, १३ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटन गर्न सकिने विकल्पबारे सोच्न नेताहरूलाई प्रस्ताव गरेको खुलासा भएको छ। माओवादीले सशस्त्र युद्धदेखि शान्ति प्रक्रियाका दुई दशकसम्म विभिन्न चरण पार गर्दै गणतन्त्र, संघीयतालगायत मूल राजनीतिक कार्यभार पूरा गरेको भन्दै उनले अब दल विघटन गर्दा फरक नपर्ने बताएका हुन् । कान्तिपुरमा खबर छ । ‘माओवादी एउटा आन्दोलन थियो पार्टी मात्रै थिएन, हामीले २० वर्षअघि बनाउने… विस्तृत समाचार

​मानव तस्करको ‘भ‍र्‍याङ बन्दै नेता’

काठमाडौं, १३ साउन । खाडी मुलुकमा घरेलु कामदार (र्‍हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध… विस्तृत समाचार

एसएसपी जसलाई नियतिले ठग्यो

काठमाडौं, १२ साउन । २८ फागुन ०४६ मा भर्ना भएको इन्स्पेक्टरको टोलीमा राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाए । उनै चारमध्ये तीनजना गत साता डिआइजी बढुवाको सिफारिस परे । तर, एक वर्षदेखि ‘बेड’मा रहेका श्रेष्ठको भविष्य अन्धकारमा छ । नयाँ पत्रिकामा खबर छ ।  १५ साउन ०७३… विस्तृत समाचार