ब्रेकिंग

प्रधानन्यायाधीशविरुद्ध खनियो बार

काठमाडौं, १६ माघ । उच्च अदालतका न्यायाधीश सिफारिसमा तीनजना पदाधिकारीको मिलोमतोमा एकतर्फी निर्णय गरेको भन्दै सरकारी वकिलले गरेको इजलास बहिष्कार कार्यक्रम सेलाउन नपाउँदै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध आन्दोलन घोषणा गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । बारको शनिबार बसेको आकस्मिक बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिको सिफारिसले समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई बेवास्ता गरेको आरोप प्रधानन्यायाधीश कार्की्विरुद्ध लगाएको छ ।… विस्तृत समाचार

औपचारिकतामै सीमित सहिद दिवस

काठमाडौं, १६ माघ । सहिद दिवस हरेक वर्ष मनाइए पनि यो औपचारिकतामै सीमित छ ।  मुलुकमा गणतन्त्र आए पनि सहिदको योगदानको कदर हुन नसकेको धारणा सहिद परिवार, राजनीतिज्ञ, लेखक, विश्लेषक र विद्धानको छ । गोरखापत्र दैनिकमा खबर छ । वरिष्ठ राजनीतिज्ञ तथा लेखक पुरुषोत्तम बस्नेतले मुलुकमा लोकतन्त्र आए पनि राज्यले शहीदको योगदानको कदर गर्न नसकेको जिकिर गरे ।  अहिलेसम्मको सहिद दिवस औपचारिकतामा मात्र सीमित रहेको… विस्तृत समाचार

शरणार्थी्विरुद्ध ट्रम्पको कठोर निर्णय

काठमाडौं, १६ माघ । निर्वाचनअघि नै पटक–पटक आप्रवासी मुस्लिमलाई मुलुकबाट बाहिर लखेट्ने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अन्ततः त्यस्तै निर्णय गरेर छाडेका छन् । आफ्नो कट्टरताको प्रारम्भस्वरूप उनले संसारभरबाट अमेरिका छिर्ने शरणार्थीलाई १ सय २० दिन प्रतिबन्ध लगाए । कान्तिपुर दैनिकमा खबर छ ।  ट्रम्पले मुख्यगरी सिरियाली शरणार्थीलाई अमेरिकाका लागि ढोका बन्द गरे । उनले प्रारम्भिक रूपमा मुस्लिम बाहुल्य मुलुकका जनतालाई अमेरिका आउनसमेत… विस्तृत समाचार

मुटुको भल्भ फेर्न शुल्क नलाग्ने

काठमाडौं, १६ माघ । सरकारले बाथ–मुटुरोगको शल्यक्रियालगायत सबै उपचार निस्शुल्क गर्ने भएको छ । स्वास्थ्यमन्त्री गगन थापाले फागुन १ देखि यो सुविधा दिने निर्णय भएको जानकारी दिए । ‘हाम्रै साधनस्रोतले बाथ–मुटुरोगको शल्यक्रियालगायत सम्पूर्ण उपचार निस्शुल्क गर्न सकिने अवस्था देखिएपछि सरकारले घोषणा गरेको हो,’ शनिबार सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको वार्षिकोत्सव समारोहपछि कान्तिपुरसँग कुरा गर्दै मन्त्री थापाले भने । सरकारले शल्यक्रिया, खाने औषधि, अस्पताल बसाइलगायत सबै… विस्तृत समाचार

बैंकमा आखिर किन छैन पैसा ?

काठमाडौं, १६ माघ  ।    यसकारण तरलता अभाव १.  मंसिर मसान्तको तथ्यांक हेर्दा पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थामा निक्षेप रकम २० दशमलव ६ प्रतिशत बढेको छ भने निजी क्षेत्रमा प्रवाह भएको कर्जाको आकार ३० दशमलव ४ प्रतिशत बढेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले यो वर्ष निजी क्षेत्रमा प्रवाह हुने कर्जाको विस्तार २० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको थियो । पहिले पाँच महिनामा… विस्तृत समाचार

​राणा शासनदेखि अहिलेसम्म १२४ सहिद !

्काठमाडौं, १६ माघ । राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । १०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघमा सहिद दिवस मनाउने गरिएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ । गृह… विस्तृत समाचार

यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका

काठमाडौं, १५ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।  त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनायलका कार्यकारी निर्देशक गंगाबहादुर थापाले जानकारी गराए । उनका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण… विस्तृत समाचार

दीर्घायु अस्पतालद्वारा ‘गल्ती ढाकाछोपको प्रयास’

काठमाडौं, १४ माघ । चाबहिलको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालको लापरवाहीले इलामका एक बिरामीको मृत्यु भएको भन्दै उनका आफन्तले बिहीबार दिनभर धर्ना दिएका छन् । मृगौलाको पत्थरीको अप्रेसनपछि इलााम बाँझो–७ की ६३ वर्षीया सरिता राईको मंगलबार साँझ मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भए पनि अस्पताल व्यवस्थापन गल्ती स्वीकार गर्न तयार नभएको मृतककी छोरी बिमला राईले जानकारी दिइन् ।  उनका अनुसार बिहीबार साँझ प्रहरी… विस्तृत समाचार

७६ वर्षको उमेरमा १२ कक्षा उत्तीर्ण

सोलुखुम्बु, १३ माघ । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् ।  गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्च मावि सोताङमा कक्षा ८ मा भर्ना भएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका… विस्तृत समाचार

​पूर्वराजपरिवारको जग्गा महोत्तरीमा फेला

काठमाडौँ, १३ माघ । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो ।  ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न नसक्दा ट्रस्टको नाममा ल्याउन नसकिएको बताए । भने, “चाँडै नै… विस्तृत समाचार