केन्द्रविन्दु

​सरकारी बजेटमा सांसदहरुको मनपरि

बैतडी, ८ माघ । बैतडीमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतका योजना निर्दे्शिका विपरीत छनोट गरिएका छन् ।  सांसदले आफ्नै गोजीबाट कार्यकर्ता पाल्ने हिसाबले योजना छनोट गरेको स्थानीय बासिन्दाले आरोप समेत लगाएका छन् । गत वर्षहरु जस्तै यो वर्ष पनि माननीयले आफ्ना कार्यकर्ता पोस्ने हिसाबले योजना छनोट गरेको पाटनका कपिल केसीले  बताए ।   निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत प्रत्यक्ष निर्वा्चित… विस्तृत समाचार

​खुकुरीरमको बोतल भित्र अखाद्य बस्तु फेला

जनकपुरधाम, ८ माघ । बजारमा राम्रो व्राण्डको रुपमा परिचित खुकुरीरम मदिरामा लेउ जस्तो अखाद्यय वस्तु फेला परेको छ । धनुषाको एक पसलमा विक्रिका लागि राखिएका खुकुरीरमको शिलबन्दी बोतल भित्र लेउ जस्तै अखाद्यय वस्तु देखापरेको हो ।  नेपाल डिस्ट्रीलरिज प्राईभेट लिमिटेड काठमाण्डौले उत्पादन गरेको खुकुरीरमको शिलबन्द बोतल भित्र लेउ जस्तै लेदो सहित अखाद्यय वस्तु फेलापरेपछि उपभोक्ताहरु चिन्तित बनेका छन् । नेपाल सहित अन्य विभिन्न मुलुकमा आपुर्ति… विस्तृत समाचार

​मन्त्री खुसी पार्न गुठीको बजेट

काठमाडौं, ७ माघ । राज्यको बजेट आफ्नो हातमा सत्ता भएको बेला कतिसम्म दुरुपयोग गर्छन् भन्ने दृृष्टान्त भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले देखाएका छन् । उनले आफ्नो घर भरतपुर नगरपालिका–१० नजिकै रहेको महा“कालेश्वर मन्दिरमा अतिथि गृह बनाउन गुठी संस्थानबाट ५ लाख रुपैयाँ दिन दबाब दिएका छन् । ‘गुठीको जग्गामा बनेको मन्दिरमा संरचना निर्माणका लागि सहयोग गर्ने अवस्थामा संस्थान छैन, गुठीका जग्गा ब्यापारीलाई लिजमा दिनुपरेको छ… विस्तृत समाचार

​झुक्याएर बहुविवाह गर्न खोज्ने पक्राउ

सर्लाही, ७ माघ । बहुविवाह गर्न लागेका एक युवालाई सर्लाही प्रहरीले कारबाहीका लागि बिहीबार धनुषा जिल्ला प्रहरी कार्यालय चलान गरेको छ । धनुषा जिल्ला भुचक्रपुर गाविस वडा नम्बर ६ का २१ वर्षीय उदितनारायण सिंहलाई सर्लाहीको फरहदवा गाविसबाट पक्राउ गरी धनुषा पठाइएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । गर्भवती अवस्थामा रहेकी पत्नीलाई छाडेर सिंहले पिडारी गाविसकी एक युवतीका परिवारलाई आफू अविवाहित भएको बताई विवाह गर्न… विस्तृत समाचार

उमेर हदले स्ववियु चुनाव अन्योलमा

काठमाडौंं, ७ माघ । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने नहुने अन्यौल बढेको छ ।   प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि स्ववियु चुनावतिर भन्दा पनि स्थानीय चुनावमा लाग्नुपर्छ भनेर अखिल क्रान्तिकारीको टोलीलाई  भनेपछि चुनाव हुने कुरामा आशंका पैदा भएको छ । चुनावको सुनिश्चितता नभए पनि क्याम्पसहरुमा भने चुनावी रौनक बढेको छ । चुनावको बिषयलाई लिएर क्याम्पसहरुमा झडप पनि हुन थालेका… विस्तृत समाचार

सामान्यको सरुवा सहमतिमा चलखेल

काठमाडौं, ७ माघ । लालबाबु पण्डित र रेखा शर्माले दूरगामी सकारात्मक प्रभाव पर्ने खालका काम गरी उचो बनाएको सामान्य प्रशासन मन्त्रालय अहिले कर्मचारीको सरुवा सहमति दिने क्रममा आर्थिक लेनदेन गर्ने बदनाम मन्त्रालयमा रुपान्तरित भएको गुनासो कर्मचारीले गर्न थालेका छन् ।  सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले सरुवा सहमतिमा घुस संकलन गर्नका लागि कर्मचारी प्रशासन शाखामा उपसचिव शशी लम्साललाई नियम विपरीत तीन महिनाभन्दा बढी समयदेखि काजमा राखेका… विस्तृत समाचार

​स्वास्थ्यका कर्मचारीलाई पनि भत्ता ?

काठमाडौं, ७ माघ    सरकारले सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले निजी स्वास्थ्य संस्थामा काम गर्न अनिवार्य स्वीकृत लिनुपर्ने व्यवस्था गरेकै दिन स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीले अनिवार्य पालना गर्नुपर्ने सेवा सर्तसम्बन्धी निर्देशन, ०७३ पारित गरेसँगै यस्तो निर्णय भएको हो । उनीहरूले कार्यालय समयबाहिरका समयमा आफू कार्यरत स्वास्थ्य संस्थाका काममा… विस्तृत समाचार

​आयल निगममा बोनसका नाममा ब्रम्हलुट गर्ने तयारी

काठमाण्डौ, ७ माघ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर सर्बसाधारणबाट उठाएको गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनसको नाममा ब्रम्हलुट गर्ने भएको छ । सधैं घाटामा रहने निगम ऋण मुक्त भएकै वर्ष लगभग १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको बुझिएको छ । गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएको हाल सम्म बाँड्न बाँकी नै छ… विस्तृत समाचार

सचिवको निर्देशनपछि घुसखोर कर्मचारीमा खैलाबैला

काठमाडौं, ६ माघ । भूमिसुधार तथा ब्यवस्था मन्त्रालयले काठमाडौं उपत्यकामा लगातार तीन बर्ष भन्दा बढी समयसम्म कार्यरत मालपोत र नापी कार्यालयका कर्मचारीलाई २०७३ माघ १५ गतेभित्र उपत्यका बाहिर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको निर्देशनपछि लगातार १५ बर्षदेखि काठमाडौं उपत्यकाका विभिन्न कार्यालयमा कार्यरत मालपोत र नापीका कर्मचारीहरुको होसहवास उडेको छ । भूमिसुधार मन्त्रालयका सचिव कृष्ण देवकोटाले भूमि ब्यवस्थापन विभाग र नापी विभागका महानिर्देशकलाई सम्बोधन गरी… विस्तृत समाचार

​जम्बो मन्त्रिमण्डलमा प्रचण्डको तेस्रो रेकर्ड

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आज दुई मन्त्री थप भएका छन् । आज थप भएका समेत दाहालको मन्त्रिपरिषद ४३ सदस्यीय भएको छ । उनी इतिहासमा तेस्रो जम्बो मन्त्रिमण्डल बनाउने प्रधानमन्त्रीमा अंकित भएका छन् ।  पहिलो जम्बो मन्त्रिमण्डल डा. बाबुराम भट्टराईको ४९ सदस्यीय थियो भने दोस्रो शेरबहादुर देउवाको ४८ सदस्यीय थियो ।  प्रधानमन्त्री दाहालले आज कुमार खड्का र पे्रमबहादुर सिंहलाई मन्त्रिमण्डलमा समावेश… विस्तृत समाचार