केन्द्रविन्दु

मन्त्रीका पीएको काम, सरुवामा उठाउँदै दाम

काठमाडौं, ६ माघ ।  भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेका स्वकीय सचिव प्रेम बलायरले नापी र मालपोत कार्यालयमा कर्मचारी सरुवाका लागि एक भ्रष्ट कर्मचारीलाई घुमुवा बनाएका छन् । नापी कार्यालय मनमैजुमा कार्यरत हुँदा घुस लिंदालिंदै पक्राउ परेका सर्भेक्षक कमलबहादुर खत्रीको काम नै बलायरलाई कुन कुन कार्यालयमा कुन कुन कर्मचारी कति बर्षदेखि बसेको छ, उसले कति कमाउँछ त्यसको विवरण मन्त्रीका पीए बलायरलाई दिने हो । बलायर… विस्तृत समाचार

​राजदूतलाई कालोझन्डा

काठमाडौं, ६ माघ । धनगढीमा हुलाकी राजमार्ग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गएका भारतीय राजदूत रणजीत रेलाई नेत्रविक्रम चन्द विप्लव माओवादीका कार्यकर्ताले कालोझन्डा देखाएका छन् । धनगढीको क्याम्पस रोडस्थित हुलाकी राजमार्ग हस्तान्तरण कार्यक्रममा भारतीय राष्ट्रिय गान बजाइएपछि कालोझन्डा देखाइएको विप्लव माओवादीले दाबी गरेको छ ।  बन्नै बाँकी पुल उद्घाटन गरिएको र ४० फिट रोडको १० फिट मात्र कालोपत्र हुँदाहुँदै पनि सडक पूरा भएको भन्दै हस्तान्तरण… विस्तृत समाचार

​रेडियोको निर्देशक नियुक्तिको माओवादीभित्रै विरोध

काठमाडौं, ६ पुस । माओवादी केन्द्रका लागि जनयुद्धमा ज्यान अर्पण गरेका दीपेन्द्र रोकाया भन्दा अवसरवादी सुरेश कार्की प्रिय भएका छन् । जनयुद्धलाई आधा जिन्दगी सुम्पेका र युद्धकालमा पूर्वको गणतन्त्र रेडियो चलाउने युद्ध पत्रकार तथा नाफाको जिन्दगीका लेखक दिपेन्द्र रोकया भन्दा मधेशी जनअधिकार फोरम(गणतान्त्रिक)का कार्यकर्ता सुरेश कार्की प्रिय भएका छन् । रोकायालाई नियुक्ति नगरी मधेशी जनअधिकार फोरम(गणतान्त्रिक)का राजकिशोर यादव सूचना तथा संचार मन्त्री हुँदा रेडियो नेपालको… विस्तृत समाचार

​कार्कीको कामकारबाही छानबिन गर्न उपसमिति गठन

काठमाडौं, माघ ६ । संसद्को महाअभियोग सिफारिस समितिले सर्वोच्चबाट अख्तियारका प्रमुखमा आयोग्य घोषित लोकमानसिंह कार्कीले गरेका कामकारबाही छानबिन गर्न तीन सदस्यीय उपसमिति गठन गरिएको छ । संसद््मा विचाराधीन महाअभियोग प्रस्ताव निरूपण नहुँदै कार्की पदमुक्त भए पनि समितिले कानुनी परामर्शपछि कार्कीको बिषयमा छानबिन गर्ने निर्णय गरिएको हो ।  उपसमितिले महाअभियोग प्रस्तावमा उल्लेख भएका विषयमा छानबिन, अनुसन्धान, तहकिकात गरी समितिमा प्रतिवेदन बुझाउने सदस्य बिडारीले बताए । महाअभियोग… विस्तृत समाचार

​अब गोरखाबाट पनि चीन जान सकिने

गोरखा, माघ ६   नेपाली सेनाले गोरखाको सामागाउँ हुँदै चीनको सीमासम्म सडक खन्ने भएको छ । बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकखण्ड अन्तर्गत लापुभीरबाट सामागाउँसम्मको ट्रयाक खोल्ने काम सरकारले नेपाली सेनालाई  दिएको हो ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेटसहित सेनालाई सडक निर्माणको अख्तियारी दिएको रक्षा मन्त्रालयका सहसचीव उत्तमप्रसाद नागीलाले  जानकारी दिए ।  बेनीघाटबाट सामागाउँको लार्केभञ्ज्याङसम्मको सडकको लम्बाई करीब १ सय ८० किलोमिटर हुनेछ । त्यसमध्ये सेनाले १ सय… विस्तृत समाचार

प्रज्ञा–प्रतिष्ठानको बजेट १५ करोड

–झमकसहित दुई जना प्राज्ञसभा सदस्य नियुक्त  काठमाडौं, ६ माघ । नेपाल प्रज्ञा–प्रतिष्ठानको चालू आर्थिक वर्षको बजेट १५ करोड रुपैयाँ देखिएको छ । प्रतिष्ठानको ३१औं प्राज्ञसभाले १५ करोड रुपैयाँको बजेट तथा कार्यक्रम पारित गरेको हो ।  प्राज्ञसभाको उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले मुलुकको साहित्य, कला तथा संस्कृतिको विकासमा  प्राज्ञिक वर्गको भूमिका अहम् हुने बताए । भने, ‘प्राज्ञिक वर्ग भनेका मुलुकका लागि मेरुदण्डका रक्तसञ्चार… विस्तृत समाचार

​भक्तपुरका भूकम्पपीडितले पहिलो किस्ताको रकम समेत पाएन

काठमाडौं, माघ ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि भूकम्पपीडित लाई दोस्रो किस्ताको अनुदान रकम वितरण सुरु गरेको बेला भक्तपुरका भूकम्पपीडितले पहिलो किस्ताको अनुदान रकमसमेत पाउन सकेको छैन ।  प्रक्रिया पुर्याई अनुदान सम्झौता गरेका १९ हजार ५ सय भूकम्पपीडितले सम्झौता गरेको करिब दुई महिना बितिसक्दा पनि अनुदान रकम पाउन नसकेका हुन् । भक्तपुरमा गत कात्तिक २५ बाट मात्र अनुदान सम्झौता थालिएको हो ।… विस्तृत समाचार

कर्मचारी युनियन अध्यक्षमा अधिकारीले उम्मेदवारी दिने

काठमाडौं, ५ माघ । नेपाल निजामती कर्मचारी युनियन(संघ)को आगामी फागुन २२ देखि २४ गतेसम्म चितवनमा एकता महाधिवेशनमा शरद अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । युनियन र संघबीच एकतापछि हुन लागेको यो महाधिवेशनमा  लोकतन्त्रवादी कर्मचारीको हकअधिकारका लागि निरन्तर लागेका अधिकारीले मंगलबार बिराटनगरको भेलाबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ट्रेड  युनियन आन्दोलनको साख बचाउनका लागि देशभरका लोकतन्त्रवादी कर्मचारीले गरेको अनुरोधलाई शिरोपर गर्दै अध्यक्षमा… विस्तृत समाचार

​एन्फा अनियमितता प्रकरणः लेखासमितिले पुनः कारबाहीका लागि निर्देशन दिने

काठमाडौं, ५ माघ । ब्यवस्थापिका संसदको सार्वजनिक लेखासमितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अखिल नेपाल फुटबल संघ(एन्फा)को अनियमितताको फाइल पुनः छानबिन गर्न दिने भएको छ । २ बर्षअघि एन्फामा गोल प्रोजेक्टदेखि विभिन्न शीर्षकमा ५८ करोड रुपैयाँ अनियमितता भएको पुष्टी हुने कागजातसहित लेखासमितिले कारबाही गर्न निर्देशन दिएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एन्फाको भ्रष्टाचारको फाइल तामेलीमा राख्दै अनियमितता गर्ने गणेश थापालाई सफाइ दिएको थियो ।… विस्तृत समाचार

सदनले कानुनी सल्लाहकार ठम्याउन नसक्दा...

काठमाडौं, ५ माघ ।  महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले संविधान र कानुन बनाउने जिम्मेवारी बोकेको व्यवस्थापिका–संसद्ले नै आफ्नो सल्लाहकार चिन्न नसकेको प्रति संसदीय समितिको ध्यानाकर्षण गराएका छन् ।  लोकमान सिंहबिरुद्धको महाभियोगसम्बन्धी प्रस्तावका बारेमा सर्वाेच्च अदालतबाट फैसला आएपछि उत्पन्न परिस्थितिका बारेमा व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिले नेपाल कानुन आयोगका अध्यक्ष र कानुन सचिवसँग सल्लाह माग्ने कार्यप्रति महान्यायाधिवक्ताले असहमति  जनाएका हुन् । महान्यायाधीवक्ता श्रेष्ठले भन्छन्–“संविधानको धारा १२८ ले राज्यका निकायलाई… विस्तृत समाचार