केन्द्रविन्दु

​प्रहरीले पत्रकार कुटे

काठमाण्डौं, ११ फाल्गुन । समाचार लेखेको निहुँमा धनुषाका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गर्न पठाएको समाचारको २४ घण्टा नबित्दै आज सिरहामा प्रहरीले एक जना पत्रकारलाई कुटेका छन् ।  सीके राउतका कार्यकर्ताले सडकमा झुण्ड्याएको तुलब्यानर प्रहरीले हटाइरहेको तस्विर खिच्दा माउण्टेन टेलिभिजनका सिरहा सम्बाददाता सुरेन्द्र कामती भलुवाही चौकमा प्रहरीले कुटेका छन् । राउतका कार्यकर्ताहरुले फ्रि मधेस भनेर सिरहा–चोहर्वा सडक खण्डमा तुलब्यानगर झुण्ड्याएका थिए । प्रहरीले उक्त ब्यानर… विस्तृत समाचार

​झडपमा पत्रकार महासंघका पुर्ब कोषध्यक्ष साह घाइते

अबडेट जनकपुर, ११ फाल्गुन । जनकपुरमा मधेसी मोर्चा र नेकपा एमालेका कार्यकर्ताबीच झडपमा परि पत्रकार महासंघका पुर्ब कोषध्यक्ष सितल साह घाइते भएको छ । साथै मोर्चाका कार्यकर्ताले नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बसेको घर समते घेराउ गरेका छन् । स्थानीय तह चुनाव घोषणाविरुद्ध मधेस बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताले ब्रहृमपुरी बाट एमाले नेता रघुवीर महासेठको घर हुदै मोटरसाइकल याली निकाल्न खोजेका थिए ।  मोर्चाका… विस्तृत समाचार

​नेपाल प्रहरीका २० डिआईजीको सरुवा

काठमाण्डौं, ११ फाल्गुन । गृहमन्त्रालयले नेपाल प्रहरीका २० जना डिआईजीको सरुवा गरिएको छ । स्रोतका अनुसार गृहले महानगरिय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा बमबहादुर भण्डारी, ट्राफिक महाशाखामा मिङमार लामा, प्रहरी प्रशिक्षण प्रतिष्ठन महाराजगंजमा देवेन्द्र सुवेदीलाई पठाएको छ । यसैविच, गृहले सर्वोच्चमा पुगेका २ डिआईजी (सरकारले तोकेका आइजीपी जयबहादुर चन्द र सर्वोच्च पुगेका नवराज सिलवाल)का बारेका भने अन्योल कायमै रहेको छ ।   विस्तृत समाचार

​दशैंमा घर घरमा मेलम्चीको पानी

काठमाण्डौं, ११ फाल्गुन । काठमाण्डौंले मेलम्चीको पानी निर्धा्रित समयमा नै अर्थात् अगामी दसैंदेखि नै पिउन पाउने भएका छन् ।  २०७४ साउनमा नै खानेपानी परीक्षण गरी आगामी बडादसैंमा घर–घरमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले बताए । आम काठमाडौंवासीको चाहनालाई मध्यनजर गर्दै जसरी भए पनि तोकिएको समयभित्रै पानी ल्याउन चौतर्फी प्रयास भइरहेको उनको कथन छ । काठमाडौं उपत्यकाको खानेपानी व्यवस्थापनमा मेलम्ची खानेपानी… विस्तृत समाचार

​हिमालयनको शाखा इटहरीमा

काठमाडौं, ११ फागुन । हिमालयन बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आज एक समारोहका बीच बैंकको नव निर्मित इटहरी शाखा कार्यालय भवनको समुद्घाटन गर्नुभयो । समारोहमा बेैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर जबराले इटहरीमा आफ्नै बैंकको शाखा समुद्घाटन गर्न पाउँदा खुशी लागेको र यो सम्पूर्ण सरोकारवालाहरुको लागि पनि खुशीको विषय भएको बताए । उहाँले समग्र राष्ट्रिय आर्थिक विकासमा आफ्नो सहभागिता बढाउँदै लैजान र स्थानीय… विस्तृत समाचार

​निर्वाचन जबरजस्ती गर्न खोजे मुठभेड: झा

काठमाडौं, ११ फागुन । मधेशी जनताको भावना बिपरित जारी गरिएको संबिधान तीन दल मिलेर जबरजस्ती कार्यान्वयन गर्न खोजे तराई मधेशका जनता चुप लागेर नबस्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले चेतावनी दिएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गरी अध्यक्ष झाले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा संग गरेको सम्झौता बिपरित संबिधान संसोधन नै नगरी स्थानिय निकायको चुनाबको मिति तोकेर फेरी मुठभेड गराउन खोजेको आरोप लगाए ।… विस्तृत समाचार

महासंघ नेतृत्वलाई मनपरी नगर्न चौतारीको चेतावनी

ललितपुर, १० फागुन । नेपाल पत्रकार महासंघ, ललितपुर र यसको नेतृत्वको कार्यशैलीले महासंघको साझापन कायम नरहेको र भविष्यमा पनि कायम रहनेमा विश्वास गुमेको भन्दै प्रेस चौतारी ललितपुरले महासंघ नेतृत्वलाई आज ध्यानाकर्षण गराएको छ ।  महासंघका जिल्ला अध्यक्ष लेखनाथ न्यौपाने कार्यरत सञ्चार माध्यमको कार्यालय, अनामनगर पुगेर चौतारीको टोलीले दिएको ध्यानाकर्षण पत्रमार्फत् महासंघलाई साझा बन्न आग्रह गरेको हो । स्मरणीय के छ भने महासंघ ललितपुरको कार्यालय बैठकका… विस्तृत समाचार

अख्तियारको भूमिका निर्देशन दिनमै सीमित

काठमाडौं, १० फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन पटक पटक उल्लंघन गर्दैआएका काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले पुनः स्थानीय स्वायत्त शासन ऐन २०५५को परिच्छेद  २ को दफा २५३ विपरीत निर्देशक ज्ञानेन्द्रबहादुर कार्कीलाई पदपूर्ति समितिको समेत काम गर्ने जिम्मेवारी दिएर बिदा बसेका छन् । स्थानीय स्वायत्त शासन नियमावली २०५६ को परिच्छेद १ को दफा २१५ को (१)को (क)३ मा  सम्वन्धित नगरपालिकाको सचिव पदपूर्ति समितिको… विस्तृत समाचार

​२ गुन्डाका कारण प्रहरीमा कलह, डिएसपी कारबाहीमा

 काठमाडौं, १० फागुन  दुई गुन्डाका कारण प्रहरीमा कलह मच्चिएको छ  । कलहकै कारण एक डिएसपी प्रतिशोधस्वरुप कारबाहीमा परेका छन् । काभ्रेली समूहका अराजक गुन्डा दावा लामा र राजधानीमा रात्री व्यवसायबाट रातारात करोडपति बनेका राम गिरीका कारण काठमाडौं प्रहरीबीच कलह मच्चिएको हो । काठमाडौका प्रहरी इन्चार्ज एसएसपी छविलाल जोशी लामाको पक्षमा र अन्य प्रहरी अधिकृत गिरीको पक्षमा लागेपछि गुन्डाकै कारण प्रहरीभित्र विवाद बढेको हो ।  गिरीमाथि… विस्तृत समाचार

सरकारको निकम्मापनले अर्बौको विकास बजेट थन्कियो

काठमाडौं, १० फागुन । बैंक तथा वित्तीय संस्थाहरू ऋण लगानीको निम्ति पर्याप्त नगद तरलताको अभावबाट गुज्रिरहँदा सरकारको ढुकुटीमा भने खर्च हुन नसकेर वार्षिक बजेटको अर्बौं रूपैयाँ थुप्रिएको छ । कुनैपनि मुलुकको वित्तीय बजारमा उपलब्ध हुने नगद तरलताको मुख्य स्रोत विदेशी ऋण तथा अनुदान, रेमिट्यान्स र सरकारी बजेटका खर्च रकम नै हुन् । सरकारले हरेक आर्थिक वर्षको निम्ति सार्वजनिक गर्ने बजेटबाट नै सम्बन्धित मुलुकको वित्तीय बजारमा… विस्तृत समाचार