केन्द्रविन्दु

​अर्यालको रिट सर्यो, आइजीको टुङ्गो केहि बेरमै

काठमाडौं, ८ चैत । प्रहरी महानिरीक्षकका लागि आफ्नो योग्यता पनि मूल्यांकन गरियोस् भन्दै सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालको रिट सरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज हेर्न नभ्याउने भएपछि आजका लागि सरेको हो । कार्कीको एकल इजलासमा परेका रिटहरु आज हेर्न नभ्याइएको सूचीमा मध्याह्नमै चढिसकेपछि स्थगित भएको हो ।  उता केही बेरमै  प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पाँच सदस्यीय बृहत् पूर्ण इजलासले आइजी मुद्दामा निर्णय… विस्तृत समाचार

​डिआइजी प्रकाश अर्यालको रिट किन दर्ता भएन ?

काठमाडौं, ७ चैत ।  आइजिपी बढुवासम्बन्धी मुद्दामा अन्तिम बहस सुरु भइरहँदा डिआइजी प्रकाश अर्यालसमेत रिट लिएर अदालत पुगेका छन् । तर, आइतबार उनको रिट नै दर्ता भएन । डिआईजी नवराज सिलवालको रिटमा पेसी समेत नतोकी ३ घन्टामै आदेश दिने सर्वाेच्च अदालतले त्यही प्रकृतीको अर्काे रिट भने दर्ता नै गर्न ढिलाई गरेपछि कानुन व्यवसायीहरु चकित भएका छन् ।  अर्यालका वकिलहरू दिउँसो १ बजेभन्दा अघि नै रिट… विस्तृत समाचार

ट्रकको ठक्करबाट एसइई दिने परीक्षार्थीको मृत्यु

राजविराज, ७ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ठाकुर रुपनगरस्थित शङ्कर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो काट्ने… विस्तृत समाचार

निगमले बोइङ बिक्रि गर्ने, न्युनतम् मूल्य १७ लाख डलर

काठमाडौं, ७ चैत । नेपाल वायुसेवा निगमले ९ महिनादेखि ग्राउडेड रहेका ‘९एन एसीए’ कलसाइनको बोइङ ७५७ बिक्री गर्ने तयारी गरेको छ । बिक्रिका लागि बोइङको न्युनतम् मूल्य १७ लाख डलर रहेको छ ।  मर्मत गर्न निकै खर्च लाग्ने भएकाले बोइङलाई लिलाम गर्न मुनासिब भएका कारण निगमको सञ्चालक समितिले लिलामीका लागि बेच्न स्वीकृत गरी सकेको प्रवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिए । ३० वर्षभन्दा बढी समय चलेपछि बोइङलाई… विस्तृत समाचार

​चन्द पक्षका वकिलहरु किन बहसमा आएनन्

काठमाडौं, ७ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादसम्बन्धी सुनुवाईमा आज डीआइजी जयबहादुर चन्द पक्षका वकिलहरु अदालतमा उपस्थित भएका छैनन् । सरकारका तर्फबाट वकिलहरुले बिहान बहस गरेपनि चन्द पक्षका व्यक्तिगत वकिलहरु भने बहसमा भाग लिएका छैनन् ।  अदालतले उनीहरु आइनपुगेपछि तोकिएको समयभन्दा थप ५ मिनेट समय दिएको थियो । तर, चन्द पक्षका वकिल उक्त समय भित्र पनि नआएपछि सिलवाल पक्षका वकिलले जवाफी बहस सुरु गरेका… विस्तृत समाचार

​कडा सुरक्षाबीच तसलिमा नसरीन काठमाडौंमा

काठमाडौं, ७ चैत । कुनै बेला उपन्यास मार्फत इस्लाम र कुरानको निन्दा गरेको भन्दै बंगलादेश सरकारले देश निकाला गरेको बंगलादेशी लेखिका तसलिमा नसरीन नेपाल भ्रमणमा आएकी छिन् । उनी साउथ एसिअन उमन डेभलपमेन्ट फोरमको निमन्त्रणमा काठमाडौंमा गर्न लागेको कार्यक्रमको प्रमुख वक्ता हुन् । उनी हिजो अपरान्ह काठमाडौं आइपुगेकी हुन् ।  काठमाडौंको अन्नपूर्ण होटलमा बसेकी उनको सुरक्षा जोखिमलाई ख्याल गरेर प्रहरीले ब्यापक सुरक्षा दिएको छ ।… विस्तृत समाचार

​उपेन्द्र यादब दिल्लीतिर

काठमाडौं, ७ चैत । बनारस हिन्दू विश्वबिद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन संघीय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादव आज नयाँदिल्ली प्रस्थान गरेका छन् । उनी आजै नयाँदिल्लीबाट बनारस पुग्नेछन् । विश्वबिद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको प्रजातन्त्रको बिकास, नेपालको संबिधान जारी भएपछिको असहज अवस्थाबारे आयोजित सेमिनारको मूख्य वक्ताको रुपमा उनले सहभागिता जनाउनेछन् । विस्तृत समाचार

​ट्यांकरको ठक्करले एकको मृत्यु

काठमाडौं, ७ चैत । जनकपुरको पिडारी चौक भन्दा २ सय मिटर दक्षिण बागबानी नजिक तेल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करले गर्दा महोत्तरी खुट्टापिपराढि–३ बस्ने तेजु साहका १७ वर्षका छोरा महेश साहको ज्यान गएको हो । मृतक महेशका काका मोटरसाइकल चालक रामानारायण साह गम्भीर घाइते भएका छन् । जनकपुरको पिडारी चोकतिरबाट रामानन्द चोकतर्फ तीब्र गतिमा जाँदै गरेको ना ४… विस्तृत समाचार

​काठ तस्करीमा प्रहरीको संलग्नता

काठमाडौं, ७ चैत । प्रहरीको संलग्नतामा काठ तस्करी भइरहेको खुलेको छ । धरान–२० विष्णुपादुकाको भवानी थान सामुदायिक वन उपभोक्ता समितिको काठ तस्करीमा प्रहरीको संलग्नता रहेको रहस्य खुलेको छ ।  स्थानीय बासिन्दाले काठ तस्करलाई समातेर वन कार्यालयलाई बुझाएपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले तस्करको गाडिलाई स्कटिङ गरेर गनतब्य सम्म पुर्याउने गरेका बुझिएको छ । धरान–२० स्थित विष्णुपादुका प्रहरी चौकीमा कार्यरत इन्चार्ज खेमबहादुर कुँवर र प्रहरी… विस्तृत समाचार

​एमालेले चाडै २ नं. प्रदेशमा सभागर्ने

काठमाडौँ, ७ चैत । नेकपा (एमाले)ले मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत बाँकी प्रदेश नं २ का जिल्लामा पनि सभा गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालयको आज बसेको बैठकले सम्बन्धित प्रदेश कमिटीसँग समन्वय गरी कार्यक्रम तय गर्ने निर्णय भएको एमालेका सचिव एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख योगेश भट्टराईल बताए ।  एमालेले सिरहा, धनुषा, रौतहटलगायत मध्यतराईका जिल्लामा संविधान कार्यान्वयन, निर्वाचन राष्ट्रिय एकता र सद्भावको नारासहितको सो अभियान… विस्तृत समाचार