अपराध

‘नेपालमा आतंकवादीले सेल्टर लिने खतरा’

काठमाडौं, ८ माघ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका एआईजी विज्ञानराज शर्माले नेपालमा आतंकवादीहरूले सेल्टर बनाएर बस्ने खतरा रहेको बताएका छन् ।  राजधानीमा तीन दिन चलेको अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को २३ औं एसिया क्षेत्रीय सम्मेलनको समापनमा शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले पछिल्लो अनुभवलाई हेर्दा यस्तो सम्भावना देखिएको बताएका हुन् । नेपालमा आतंकवाद नियन्त्रणसम्बन्धी कानुन नै नभएको सुनाउँदा अन्य देशका प्रहरी अधिकारीले अचम्म मानेको… विस्तृत समाचार

प्रहरीलाई गोली हानी भाग्ने लुटेराहरु पक्राउ

काठमाडौं, ६ माघ ।  प्रहरीलाई नै गोली हान्ने भाग्ने चोरहरु पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले  कुमार भन्ने निङमा लामा र पेमा लामालाई पक्राउ गरेको हो ।  गत भदौ २३ गते ललितपुरको बज्रबराहीस्थित सन्तानेश्वर सहकारीको सेफ चोरेर भाग्ने क्रममा उनीहरुले थानकोटमा प्रहरीलाक्षर्् गोली हानेका थिए । ना १ ज ३९४८ नम्बरको टाटो सुमोमा सेफ राखेर भाग्ने क्रममा प्रहरीले चेकजाँच गर्न खोजेपछि उनीहरु गाडि र… विस्तृत समाचार

४० लाख ठग्ने सुस्मिता प्रहरी फन्दामा

काठमाडौ, ६ माघ  ४० लाख रुपैयाँ ठगेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।     सिन्धुपाल्चोक नवलपुर घर भई हाल कुलेश्वर बस्ने ३५ वर्षीया सुष्मिता पोख्रेललाई ठगीको अभियोगमा बुधबार रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।      पोख्रेलले रामेछाप कठजोर–१ घर भएका ३३ वर्षीय एक्काबहादुर दमाईलाई २०७३ असार महिनामा भक्तपुर चाँगुनाराणबाट डलर साटी दिने बहानामा कागजको पोको दिई नगद ४० लाख रुपैयाँ ठगी गरी फरार रहेकी… विस्तृत समाचार

​१५ हजार आईएस लडाकुः एसियाको गम्भीर चुनौती

काठमाडौं, ६ माघ । एसियाका उच्च सुरक्षा अधिकारीले आतंकवादी समूह इस्लामिक स्टेट (आईएस)मा आबद्ध १५ हजार विदेशी लडाकु एसियाली देशको प्रमुख सुरक्षा चुनौती भएको औंल्याएका छन् ।  द्वन्द्वग्रस्त स्थानहरूबाट लखेटिँदै जाँदा विदेशी लडाकुहरू एसियाका अन्य देशमा जान सक्ने र त्यहीँबाट आतंकवादी गतिविधिमा संलग्न हुन सक्ने उनीहरूको चिन्ता छ । नयाँ पत्रिका दैनिकमा खबर छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को २३औँ… विस्तृत समाचार

​रक्सीको खाएको रिसमा श्रीमानको हत्या

काठमाडौं, ५ माघ   रक्सी खाएको विषयमा विवाद हु“दा एक महिलाले घा“टीमा चक्कुले काटेर श्रीमानको हत्या गरेकी छिन् । काठमाडौं, गौरीघाट बस्ने ४१ वर्षिय सररस्वती तामाङले सोमबार बेलुका श्रीमान सुमन तामाङको हत्या गरेकी हुन् । सरस्वतीलाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी नवराज कार्कीका अनुसार सोमबार बेलुका  सरस्वती तरकारी काटिरेहकी थिइन् । सुमन मदिरा पिएर डेरामा पुगे । मात्तिने गरी उनले… विस्तृत समाचार

घर हिडेका सैनिकको बाफलमा हत्या, ४ पक्राउ

काठमाडौं, ५ माघ ।  नेपाली सेनाका लेसनायक यूवराज घिमिरेको हत्या भएको  छ । कार्यलयबाट घर जान हिडेका उनको २८ पुसमा हत्या भएको हो । हत्यामा  संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखाका पवन कार्की, सर्लाहीका रोसन परियार, बैतडीका कविन्द्र बोहरा र काभ्रेका रुपेश श्रेष्ठ छन् । हत्यापछि उनीहरुले मोबाइल र ल्यापटप लुटेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसपी प्रद्युम्न कार्कीले बताए ।… विस्तृत समाचार

झन् रहस्यमय बन्दै सुन काण्ड

काठमाडौं, ५ माघ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिएको ३३ किलो सुनको मालिक कहिले समातिएला? यो सबैको जिज्ञासाको विषय बनिरहेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआइबीले विमानस्थलबाट सुन बरामद गरेको करिब दुई साता बित्न लाग्यो। तर, सुनको मालिक को हो भनेर पत्ता लगाउन सकेको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ । सीआईबीले आफूहरु अनुसन्धानमा रहेको बताइरहेको छ । तर पछिल्लो घटनामा सीआईबीले कुनै प्रतिक्रिया… विस्तृत समाचार

​डनलाई जोगाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं, ४ माघ । विमलेन्द्र निधिले गृह मन्त्रालय सम्हालेपछि देशको सुरक्षा दिन प्रतिदिन खस्किदै गएको  छ । तराईमा अपराधिक समूह सक्रिय भएका छन् भने गुन्डाहरु पनि फेरि सलबलाउन थालेका छन् ।  गुन्डागर्दीमै संलग्न बुटवलका मनोज पुनले युवासंघ रुपन्देहीका नेता दुर्गा तिवारीको हत्या गरे । एक महिना हुन लाग्दा पनि हत्यामा संलग्न कोही पक्राउ परेका छैनन् । त्यस्तै त्यसको एक सातामै नेपालगंजमा युवासंघका केन्द्रीय सदस्य  सन्तोष… विस्तृत समाचार

सुन तस्करीमा तानिए विमानस्थलका एसएसपी

काठमाडौं, ४ पुस । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी श्यामबहादुर खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका छन् । गत साता विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा प्रहरी मुख्यालयले एसएसपी खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर फिर्ता बोलाएको हो । कारोबार दैनिकमा मातृका दाहालले समाचार लेखेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को आग्रहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता… विस्तृत समाचार

एकैदिन डेढ करोड ‘लुट्छन्’ तस्कर

काठमाडौं, ३ माघ । बजारमा मागअनुसार आपूर्ति नहुँदा सुनको अवैध कारोबार मौलाएको छ । यसरी सुन तस्करी गरी कारोबार गर्नेले दैनिक डेढ करोड रुपैयाँ अतिरिक्त कमाउँदै आएका छन् । सुनचाँदी व्यवसायीका अनुसार मुलुकभरका लागि सुनको माग दैनिक ४० किलो छ । सरकारले तोकेको वैधानिक आपूर्ति १५ किलो मात्र भएकाले दैनिक करिब २५ किलो सुन कालोबजारबाट किन्नुपर्छ । यही २५ किलो सुन कालोबजारमार्फत बेच्दा दैनिक डेढ… विस्तृत समाचार