अपराध

​एकै व्यक्तिद्धारा सयौं युवा ठगीए

काठमाडौं, ३ माघ  ८ कक्षा पढेका एक व्यक्तिले स्नातकसम्म पढेका एक सय भन्दा धेरै युवालाई ठगी गरेका छन् । सप्तरीका अजमद अली खानले कतार पठाउने भन्दै युवाहरुलाई ठगी गरेका हुुन् ।  खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले शनिबार पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमै उनले सय भन्दा धेरै व्यक्तिबाट एक करोड भन्दा धेरै ठगी गरेको प्रहरीले जनाएको छ । आफ्नो मेनपावर भएको भन्दै भ्रममा पारी गाउ“का… विस्तृत समाचार

सेटिङ नमिल्दा धमाधम सुन बरामद

काठमाडौँ, २ माघ । सुन तस्करीको ट्रान्जिट बन्दै गएको नेपालमा तस्कर र सुराकीबीचको सेटिङ नमिल्दा प्रहरीले धमाधम सुन बरामद गर्ने क्रम बढेको छ । कारोबार दैनिकमा खबर छ । मंसिरको दोस्रो सातायता मात्रै प्रहरीले ७१ किलो सुन बरामद गरिसकेको छ । सुरक्षा स्रोतले अवैध रूपमा भित्रिएको सुनको यो परिमाण सानो मात्रै भएको बताएको छ । शनिबार प्रहरीले करिब १२ करोड रुपैयाँ बराबरको अबैध सुन र… विस्तृत समाचार

भारु नोटबन्दीले सुन तस्करी बढ्यो

काठमाडौं, २ माघ । पछिल्लो समय भारत सरकारले पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेसँगै नेपालमा तस्करी झाँगिएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । नगद राख्दा जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छन् । सोही कारण भारतीय बजारमा सुनको माग बढ्न थालेपछि नेपाल हुँदै त्यहाँ सुन तस्करी हुन थालेको छ । ’भारतमा सुन पठाउन नेपालका तस्कर… विस्तृत समाचार

५१ देशका ३३९ नागरिक निष्कासित

काठमाडौं, २९ पुस । नेपाल आएका ५१ देशका ३३९ नागरिक एक वर्षमा निष्कासित गरिएका छन् । अध्यागमनसम्बन्धी अपराधमा २७७ तथा अन्य अपराधमा संलग्न ६२ विदेशीलाई अध्यागमन विभागले निष्कासन गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ । गत वर्ष ३२६ विदेशी नागरिक निष्कासनमा परेका थिए । सन् २०१६ मा निष्कासन भएकामा सबैभन्दा धेरै चीनका नागरिक छन् । चिनियाँपछि अमेरिकन, पाकिस्तानी, रसियन र बंगलादेशी धेरै छन्… विस्तृत समाचार

महिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ ।  अनौठो तथ्यसहित जिल्ला अदालत संखुवासभा हँुदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो । गोरखापत्र दैनिकमा नारायण काफ्लेले समाचार लेखेका छन् । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ (घ) ले महिलाले महिलालाई… विस्तृत समाचार

​प्रबलले प्रहरीलाई झुक्याए

काठमाडौं, २६ पुस । विश्वप्रख्यात फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीलाई झुक्याएका छन् । नेपाल प्रहरीको युनिफर्म डिजाइन गर्ने आश्वासन दिएर ९ महिनापछि प्रहरीलाई उनले धोका दिएका छन् ।  गत बैशाखमा उनले प्रहरीको युनिफर्मलाई आकर्षक बनाउन आफूलाई सहयोग गर्ने बचन दिएका थिए । १० बैशाखमा उनलाई नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मानार्थ सदस्यको उपाधी समेत दिए । त्यसबापत गुरुङले नेपाल प्रहरीको युनिफर्म डिजाइनका लागि आफूले… विस्तृत समाचार

​साहले कसरी कमाए ३१ करोड अकुत सम्पत्ति ?

काठमाडौँ, २६ पुस । पूर्वराज्यमन्त्री तथा निलम्बित सांसद सञ्जयकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्वित सांसद साहले रु ३१ करोड ५० लाख २६ हजार ५५९ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको तर स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको हो । साहले सार्वजनिक पद धारण गरेदेखि सो पदमा बहाल रहँदा आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ… विस्तृत समाचार

होटलमा ‘रमाइलो’ गर्दा चार भारतीय हिरासतमा

बनियानी (झापा), २५ पुस । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए ।  अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य… विस्तृत समाचार

​बन्चरोले हानेर ललितपुरमा एकको हत्या

ललितपुर, २४ पुस ।  बन्चरोले हानेर ललितपुरमा शनिबार एकको हत्या भएको छ । थप एक घाइते भएका छन् ।  गोदावरीको बिखंशु नारायणमा कुलोको विवादमा स्थानीय  नारायण बिष्टको हत्या भएको हो । अर्का अनिल बिष्ट घाइते भएका छन् । हत्यामा संलग्न मुराहरी सिलवाल र उनका बुबा श्रीकृष्ण सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।  ईटा बनाउने कुलो खन्ने क्रममा सिलवालको जग्गामा माटो खसेपछि विवाद भएको थियो ।… विस्तृत समाचार

तस्करीमा विमानस्थलको ‘सेटिङ’

काठमाडौं, २४ पुस । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ५४ वटा सुरक्षा पोस्ट छन् । भन्सार र अध्यागमनका छुट्टाछुट्टै चेकजाँच हुन्छन् । राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र प्रहरीको प्रतिआतंकवाद युनिटसमेत क्रियाशील छन् । तिनको अनिवार्य रेकी हुने गर्छ । यति हुँदाहुदै यहींबाट ठूला–ठूला तस्करीका घटना हुने गर्छन् । कान्तिपुर दैनिकमा खबर छ ।  कसरी सम्भव हुन्छ यो ? विमानस्थलको भन्सार पार गरेर आएको… विस्तृत समाचार