अपराध

दुगडका मालिक भारतमा मस्ती गर्दे, कर्मचारीहरु जेल चलान

काठमाडौं, ७ असोज ।  म्याद गुज्रिएको कच्चा पदार्थबाट फ्रुटी उत्पादन गरी बिक्री गरेको आरोपमा पक्राउ परेका दुगड फुड एन्ड बेभरेज कम्पनीका चार कर्मचारी जेल चलान भएका छन् । कम्पनीका संचालकहरु भने भारतमा छन् ।  सञ्चालक तथा कर्मचारीविरुद्ध प्रहरीले २३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा गरेको थियो । गत बुधबार अदालतले चार कर्मचारीलाई जेल चलानको आदेश दिएको हो । याक्ट्री मेनेजर प्रमोद मेहता, प्रबन्धक मदनबाबु पाण्डे,… विस्तृत समाचार

​जुवाखालबाट नेतादेखि बैंकका सिईओसम्म पक्राउ

विराटनगर, ७ असोज ।  दशैं सुरु भएसँगै देशभरी जुवातास मौलाएको छ । विराटनगर महानगरपालिका स्थित भानुटोल र बरगाछीबाट शुक्रबार साँझ प्रहरीले नेतादेखि बैंकका सिइओसम्मलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।     मोरङ प्रहरीको गस्ति टोलीले शुक्रबार विराटनगर ४ स्थित नरेन्द्र थापाको घरबाट १ लाख ३० हजार ३ सय नगद सहित ८ जना र विराटनगर ९ स्थित ऋषिकेश नहकर्मीको घरबाट १ लाख ८४ हजार चार… विस्तृत समाचार

राजधानीमा फस्टाए मिनि क्यासिनो, टेकुमा कौडा खेलीरहेका १० पक्राउ

काठमाडौं, ४ असोज ।  दशैं नजिकिदै गर्दा राजधानीमा जुवातास मौलाएको छ । कौडा खेलिरहेका १० जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले मंगलबार  टेकु पचली भैरव मन्दिर प्राङगणमा कौडा खेलिरहेका   चन्द्र शाही सहित १० जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ६ लाख ४० हजार ८ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको छ । क्यासिनोकै शैलीमा… विस्तृत समाचार

नयाँबानेश्वरमा फिल्मी शैलीमा लुटपाट

काठमाडौं, ३ असोज    नयाँबानेश्वर थापागाउँस्थित एक पसलमा फिल्मी शैलीमा लुटपाट भ्एको छ । ड्रामा क्वीन पसलकी संचालिका ललितपुर  हात्तिवन बस्ने सोछेता श्रेष्ठको  २ वछा मोबाइल  र नगद ५ हजार रुपैयाँ  रहेको झोला लुटपाट भएको हो ।     मंगलबार उनको पसलमा पाईन्ट किन्न भन्दै  दुई युवक आएका थिए । एक जनाले पसलबाहिर मोटरसाइकल रोकेर बसे भने अर्का पसलमा पाइन्ट हेर्न थाले । त्यही क्रममा… विस्तृत समाचार

​ठमेलमै गाँजाखेती

काठमाडौं, ३१ भदौ ।  काठमाडौंको ड्रग हब बन्दै गएको ठमेलमै ठुलो मात्रामा गाँजाको खेती समेत भइरहेको खुलेको छ । क्षेत्रपाटीको तीन रोपनी जग्गामा गाँजा खेती भएको खुलेको हो । महानगरीय प्रहरी वृत्त लैनचौरले शनिबार उक्त गाँजा खेती नष्ट गरेको छ । वृत्तका प्रहरी निरीक्षक उमेश लम्साल कमाण्डको प्रहरी टोलीले गाँजा नष्ट गरेको हो ।  लागूऔषध कारोबार गर्ने तीन समूह पक्राउ   महानगरीय प्रहरी वृत्त लैनचौरले विभिन्न… विस्तृत समाचार

युवती लगाएर अपहरण, प्रहरी भन्दै असुली

  काठमाडौं, २० भदौ  युवती लगाएर अपहरण गर्ने र बलत्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी बनेर पैसा असुल्ने घटना बढ्दै गएका छन् । भदौ पहिलो साता दाङका एक व्यवसायी काठमाडौंमा ‘हनी ट्रयापिङ’मा फसेका छन् । दाङ घोराहीका हस्तबहादुर नेपालीलाई युवती प्रयोग गरी अपहरण गरिएको हो । गेस्ट हाउसमा आफूहरू सिआइबीको प्रहरी भन्दै पक्राउ गरेको नाटक गरेर पा“च लाख रुपैया“को कागज गरेका थिए । करिब तीन सातापछि… विस्तृत समाचार

​६ लाख तिरेर बिदेश जाँदा अफ्रिकाको जंगलमा अलपत्र

काठमाडौं, २६ भदौ  आकर्षक वैदेशिक रोजगारीको आश्वासमा अफ्रिकामा पु¥याई अलपत्र बनाउने बागलुङका सागर श्रीषलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गत साता उनलाई पक्राउ गरेको हो । सागरको समूहले युवालाई दिल्लीको बाटो हुँदै इथियोपिया, मोजाम्बिक, स्वाजिल्यान्ड हुँदै जंगलको बाटो साउथ अफ्रिकाको बोर्डरसम्म पु¥याई छाडेका  थिए । पीडितहरू फर्किएर नेपाल आएपछि उजुरी गरेका थिए । महाशाखाले श्रीषलाई गत साता पक्राउ गरी मानव बेचविखन मुद्दामा… विस्तृत समाचार

ठग युवतीसँग एसएसपीको कनेक्सन

काठमाडौं, २७ भदौ । एक नामुद ठग युवतीलाई प्रहरीका हाकिमले नै साथ दिएपछि अहिले सयौं युवाहरु बिचल्लीमा परेका छन् । प्रहरीको साथ पाएपछि पक्राउ परेर छुटेकी रक्षा बैद्य यतिबेला उल्टै पीडितहरुलाई धम्काउँदै हिंडेकी छिन् ।  उनले आफू अमेरिकन दूतावासको कर्मचारी भन्दै एक सय भन्दा धैरै युवासँग एक करोड ८६ लाख रुपैयाँ असुलेकी थिइन् । महानगरीय अपराध महाशाखाले दुई महिनाअघि उनलाई पक्राउ गरेको थियो । पक्राउ… विस्तृत समाचार

ठमेलमा रंगेहात समातिए बालयौनदुराचारी

काठमाडौं, २४ भदौ ।  नाबालकहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी बालयौन दुराचार  गर्ने एक बिदेशी पक्राउ परेका छन् ।  ठमेल ठैटीस्थित एक होटलको कोठाबाट अष्ट्रियाका नागरिक ४५ वर्षीय मार्कुश केन्डलरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरीले बिहिबार पक्राउ गरेको हो ।  उपत्यका वाहिरवाट यौन शोषणको निम्ति काठमाडौं ल्याइएका १ नेपाली नाबालक पीडितलाई सोही कोठाबाट तत्काल उद्दार गरिएको छ । पक्राउ परेका केन्डलरलाई बालयौन दुराचारको… विस्तृत समाचार

​८८ किलो सुन तस्करी गर्ने थप दुई पक्राउ

काठमाडौं, २० भदौ ।  ८८ केजी सुन तस्करीमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीले मंगलबार दिलिप खड्का र दाम्पा लामालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले रसुवाबाट पक्राउ गरिएको हो । पक्राउ गरी दुवै जनालाई काठमाडौं पठाइएको रसुवाका डिएसपी शरद थापाले बताए ।  महानगरीय अपराध महाशाखाले सोमबार क्षेत्रपाटीबाट ८८ केजी सुन बरामद गरी मनोज अधिकारीलाई पक्राउ गरेको थियो । सुन… विस्तृत समाचार