अपराध

​हत्या आरोप लागेका नेता एमालेबाट निष्कासित

अर्घाखाँची, ५ कात्तिक । नेकपा (एमाले) अर्घाखाँचीले धनचौर निवासी पार्टीको धनचौर गाउँ कमिटीका पूर्व सदस्य कल्पना भुसालको हत्याका आरोपित दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।  धनचौर गाविसका भूतपूर्व अध्यक्ष खेमराज भुसाल र निवर्तमान अध्यक्ष गणेशकुमार भुसाललाई एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जिल्ला अध्यक्ष चेतनारायण आचार्यले बताउनुभयो ।  अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्तिमा एमालेले हत्याको निष्पक्ष छानबिन गरी हत्यारालाई कानुनबमोजिम कारबाही गर्न माग गरेको… विस्तृत समाचार

​छोरी बलात्कार गर्ने बाबुलाई २२ वर्ष जेल

वालिङ, ४ कात्तिक । आफ्नै १० बर्षीया छोरीलाई बलात्कार गर्ने एक पुरुषलाई जिल्ला अदालत स्याङ्जाले २२ वर्षको जेल सजाय सुनाएको छ ।  पश्चिम स्याङ्जाको बिर्घा गाविसमा २०७२ फागुन २१ गते दिउँसो १ बजेको समयमा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा चैत १४ गते बाबुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।  अदालतले मङ्गलबार अभियुक्त बाबुलाई जबर्जस्ती करणीको अभियोगमा १२ र हाडनाता करणीको अभियोगमा १० वर्ष… विस्तृत समाचार

​स्पेन पठाउने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ३ कात्तिक । रोजगारीका लागि स्पेन पठाउने भन्दै ठगी गर्ने तनहुँ सतिस्वाँरा गाविस घर भई कीर्तिपुर बस्ने विक्रमसिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।  थापाले आफ्नो नागरिकतामा भरत नामको ठाउँमा विक्रम सिंह भन्ने व्यहोरा बनाई फोटोकपी गरी उनले आफूलाई विक्रमसिंह ठकुरीको नामले चिनाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।  कानुनी कारबाहीबाट बच्ने उद्देश्य राखी विक्रमसिंहकै नाममा पीडितलाई वैदेशिक रोजगारीमा पठाउने कागज… विस्तृत समाचार

​हुन्डी–अपहरणका आरोपित ‘जोगाउँदै’ गृहमन्त्री

काठमाडौं, ३ कात्तिक । अपहरण र हुन्डीमा जोडिएकालाई कारबाही प्रक्रिया अगाडि नबढाउन दिएको निर्देशन अटेर गरेको भन्दै प्रहरी प्रधान कार्यालयले पर्सा र सिरहाका एसपीलाई काठमाडौं झिकाएको छ । गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा निमित्त प्रहरी प्रमुख विज्ञानराज शर्माले पर्साका एसपी राजुबाबु श्रेष्ठ र सिरहा एसपी श्याम ज्ञवालीलाई पेसीमा काठमाडौं झिकाएका हुन् । मन्त्री निधिले भेट्न बोलाएको भन्दै शर्मा मंगलबार दुवै एसपीलाई लिएर गृह मन्त्रालय पुगेका थिए… विस्तृत समाचार

​हत्या गर्ने बाबुछोरा सार्वजनिक

अर्घाखाँची, ३ कात्तिक । यस जिल्लाको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेको दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधबार सार्वजनिक गरेको छ ।  पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सार्वजनिक गरिएको हो ।  प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा… विस्तृत समाचार

दुई बर्षदेखि फरार अभियुक्त पक्राउ

चन्द्रौटा (कपिलवस्तु), १ कात्तिक । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले सोमबार उनकै घरवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ ।  चन्द्रौटास्थित प्यूठानी होटलमा दुई जना हातहतियारसहित बसेको सूचनाका आधारमा प्रहरीले विसं ०७१ साउन १९ गते छापा मार्दा एक थान अत्याधुनिक पेस्तोल र दुई राउन्ड गोलीसहित वसन्त घर्तीलाई प्रहरीले पक्राउ गरिएको तर… विस्तृत समाचार

ठमेलको डिस्कोमा हत्या गर्ने घले पक्राउ

काठमाडौं, १ कात्तिक प्रहरीले १६ वर्षअघि ठमेलको डिस्कोमा एक युवकको हत्या गरी फरार भएका एकजनालाई पक्राउ गरेको छ । मनाङका राजु घले पक्राउ परेका हुन् । घलेलगायतका व्यक्तिले १८ कात्तिक २०५७ मा सुवर्ण गुरुङको हत्या गरेका थिए । ठमेलको ‘जुली ५४’ नामक डिस्कोमा झगडा हुँदा उनीसहित १० जनाले बानेश्वरका गुरुङलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । अदालतले उनलाई जन्मकैद ९२० वर्ष० को सजाय… विस्तृत समाचार

​यी हुन् सांसदको डेरामा चोरी गर्ने युवक

काठमाडौं, १ कात्तिक  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामकृष्ण यादबको डेरामा चोरी गर्ने दुई युवक पक्राउ परेका छन् ।  प्रहरीले चोरीका सामान बरामद गरी चोरी गर्ने राजीव नकर्मीलाई पक्राउ गरेको छ । नकर्मी यादव बस्दै आएको बानेश्वर, शान्तिनगरस्थित घरमा डेरा गरी बस्छन् । उनले सोही घरमा क्याफे चलाउँदै आएका छन् । नकर्मीसँगै उनका साथी सनिल राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । यादवको डेराबाट… विस्तृत समाचार

नेपालमा ३१ देशका लागुऔषध कारोबारी

काठमाडौं, १ कात्तिक । नेपालमा लागुऔषध अपराधमा अधिकतम १५ वर्षसम्म जेल सजाय र ५ लाखसम्म जरिवानाको कानुनी प्रावधान छ । जब कि विश्वका धेरै देशमा लागुऔषध कारोबारीलाई मृत्युदण्डसम्मको सजाय छ । कम सजाय भएकाले धेरै विदेशी कारोबारीले नेपाललाई ट्रान्जिट बनाउने गरेका हुन् । सजाय कम हुनु पनि नेपाल ट्रान्जिट हुनुको एउटा कारण भएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दले बताए । नेपालको एक… विस्तृत समाचार

​गेष्ट हाउसमा महिलाको हत्या गर्ने युवक पक्राउ

काठमाडौं, ३० असोज  गेष्ट हाउसमा महिलाको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखा बावरे– ९ घर भएकी ४८ वर्षिय राधिका थापाको हत्या आरोपमा दोलखाकै सन्तोष दाहाल पक्राउ परेका हुन् ।  परिवारस“ग चरिकोट जान्छु भनेर हिडेकी थापा भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा भेटिएकी थिइन् ।  पक्राउ परेका दाहालले आफु उनलाई भेट्न गेष्ट हाउसमा गएको भएपनि हत्या गरेको भने अस्वीकार गरेका छन् ।  गाउ“मै पसल गरेर… विस्तृत समाचार