दृष्टिकोण

​कारुणिक कर्णालीको समृद्धि सपना

कर्णाली शब्द आफैँमा एक पीडदायिक शब्द हो । कर्णाली शब्दमै वेदना छ । कर्णाली शब्दमै हृदयस्पर्शी भाव छ । कर्णाली शब्द सुन्ने नागरिकलाई यति पीडा हुन्छ भने कर्णालीको पीडा भोग्नेलाई कति पीडा होला ? मानव इतिहासदेखि एक्काइसौंं शताब्दीसम्म आइपुग्दा मासिनहरु चन्द्रमामा बस्ती बसाल्न लागिरहेका छन्, तर कर्णालीका नागरिकले अहिलेसम्म सरकार भएको अनुभूति पाएका छैनन् । केन्द्रीकृत शासन प्रणालीले काठमाण्डौबाट हेरेको दृष्टिले कर्णालीलाई कहिल्यै पनि निशाना… विस्तृत समाचार

स्वर्ण सलाम कमरेड

नेपालको राजनीतिक स्वतन्त्रता र लोकतान्त्रिक व्यवस्थाको निम्ति भएका हरेक आन्दोलनमा कम्युनिस्टहरुले बलिदानीपूर्ण आन्दोलन गरेका छन् । र, त्यही कारण मुलुकको राजनीतिमा उथलपुथलकारी परिवर्तन सम्भव भएको छ । कम्युनिस्टले नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा प्रगतिशील एजेन्डा स्थापित गरेका छन् । देशव्यापी अभियान र आन्दोलन सफलतापूर्वक सम्पन्न गरेका छन् । कम्युनिस्टको जुझारु र विद्रोही चेतनाको अभावमा कुनै पनि क्रान्तिकारी परिवर्तन जुन समयक्रममा भयो, त्यो निकै ढिलो हुन्थ्यो… विस्तृत समाचार

​कम्युनिष्ट आन्दोलन र दाइजोको प्रश्न ?

तत्कालीन एमाले र माओवादी केन्द्रको तर्फबाट मन्त्री भएकाहरुको सम्पत्ति सार्वजनिक  भएदेखि कम्युनिष्ट नेताहरुका सम्पत्तिबारे अनेकौं कोणबाट बहस सुरु भएको छ । मुख्यरुपमा नेताहरुका श्रीमतीका नाममा दाइजो, उपहार आदि नाममा माइतीबाट प्राप्त भनिएका सम्पत्ति, श्रीमानका नाममा सम्पत्ति कम देखिनु र श्रीमतीका नाममा धेरै देखिनु तथा नेताहरुका विगत संघर्षमय जीवनको बेलामा भन्दा अस्वाभाविक सम्पत्ति वृद्धि हुनुजस्ता कुराहरुमा बहस केन्द्रित भइरहेको देखिन्छ ।  नेपालका राजनीतिक पार्टीहरु यही समाजको… विस्तृत समाचार

​चीनसँग नेपालको अपेक्षा बढ्यो

आम निर्वाचनमा नेपाली जनताले दुईतिहाइ भन्दा बढी मतले विजयी गराएका प्रधानमन्त्री केपी शर्मा ओली आफू प्रधानमन्त्री भएको (१५ फेब्रुअरी २०१८) पाँच महिनापछि आज चिनियाँ लगानीको निजी नेपाली वायुसेवा हिमालयन एयरलाइन्सबाट उत्तरी छिमेकी चीनको राजधानी बेइजिङको लागि उड्दैछन् । निश्चित रुपमा प्रधानमन्त्री ओली यस यात्रामा नेपाली जनताको विकासको चाहनाको तीव्र दबाबमा छन् । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ इवाङले बेइजिङमा जुन १४ मा जानकारी गराएअनुसार चीनका… विस्तृत समाचार

​बजेट भाषणले प्राज्ञ क्षेत्रमा तरंग, ‘चोर’ पनि प्राज्ञ हुने देश नेपाल

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले हालै संघ प्रदेशको बजेटमा तीनवटा प्रज्ञा प्रतिष्ठानलाई एकीकृत रुपमा परिचालन गर्ने प्रस्ताव गरेको छ । एकेडेमीलाई अझ प्रभावकारी रुपमा परिचालन गर्ने उद्देश्य राखेर दुई तिहाइ नजिकको यस सरकारले अनुकूल परिस्थितिलाई समयसापेक्ष तथा गुणात्मक रुपान्तरण गर्ने जगका रुपमा प्रज्ञा प्रतिष्ठान परिचालन गर्न चाहेको अनुभूति हुन्छ । यस कुराले एकेडेमी सरोकार समाजको उपरि तहमा नौ रेक्टरसम्मकोे भूकम्प गएको छापा… विस्तृत समाचार

संघीय बजेटमा खुम्चियो प्रदेश

नेपालको संविधान २०७२ को अनुसूची ५ ले केन्द्रीय सरकारले गर्ने काम र अनुसूची ६ ले प्रादेशिक सरकारले गर्ने कामको ब्यवस्था गरेको छ । तर, यो पटक संघीय सरकारले जे जस्ता योजनाहरु ल्याएको छ, तिनलाई हेर्दा संविधान पल्टाएको अनुभूति हुँदैन । निश्चयनै बजेटका धेरै राम्रा पक्ष छन् तर, यो बजेटले संघीयतालाई आत्मसात गर्न नसकेको अनुभूति गराएको छ । ४९ करोड बजेट दिएर ७ सय योजना केन्द्रले… विस्तृत समाचार

​सातै प्रदेशमा विकासे प्रतिस्पर्धा

नेपालमा अहिले ७५३ स्थानीय सरकार, ७ प्रदेश सरकार र संघीय (केन्द्रीय) सरकार गरेर ७६१ सरकारहरु रहेका छन् । केन्द्रीय सरकारले नीति तथा कार्यक्रम र बजेट पनि सार्वजनिक गरिसकेको छ भने प्रदेश सरकारहरुले नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् र अब केही दिनमा बजेट पनि सार्वजनिक गर्नेछन् । स्थानीय सरकारहरु पनि यसको तयारीमा लागेका छन् । प्रदेश सरकारहरुको नीति तथा कार्यक्रमहरु हेर्दा विकासे प्रतिस्पर्धा सुरु भएको… विस्तृत समाचार

नेपाल–चीन सम्बन्ध सुधारका पाँच सूत्र

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणताका आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा भएका सम्झौता÷समझदारीको कार्यान्वयन त गर्नैपर्छ । त्यसबाहेक नेपाल–चीन जनस्तर सम्बन्धका निम्न अप्ठ्याराहरुको गाँठो फुकाई नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा लग्नु पर्दछ भन्ने बौद्धिक वर्गको सुझाव छ । १. नेपालले चिनियाँ नागरिकहरुलाई १५० दिनको निःशुल्क ‘अन अराइभल भीसा’ दिने गरेको छ । जसका लागि अन्य मुलुकका नागरिकहरुले अमेरिकी १५० डलर तिर्नु पर्दछ । तर नेपाली नागरिकहरुका… विस्तृत समाचार

​रेस्क्यू बजेटमा सपनाको खोजी

लोकतन्त्रमा प्रतिपक्षको काम सरकारको आलोचना गर्ने मात्रै होइन, रचनात्मक सुझाव दिएर मुलुकलाई अघि बढाउन आवश्यक सहयोग गर्ने हो । तर नेपालमा भने लोकतन्त्रको नाममा सरकारको जस्तोसुकै राम्रो कामको पनि विरोध गर्ने परम्परा छ । त्यसैले नेपालको राजनीतिमा एउटा शब्द निकै चलनचल्तीमा आउँछ, ‘विरोधका लागि विरोध’ । हो, अहिले नेकपा सरकारले ल्याएको बजेटमा विरोध गर्नैका लागि कांग्रेसीहरुले बजेटको विरोध गरिरहेका छन् । सरकारले ल्याएको बजेटका बारेमा… विस्तृत समाचार

​गणतन्त्रको बेइज्जत

सशस्त्र द्वन्द्वकालीन व्यक्तिहत्याको अपराधमा जन्मकैद सजाय काटिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेललाई माफी दिने प्रपञ्च यसपटकको गणतन्त्र दिवसको पृष्ठभूमिमा मात्र भएको होइन । माओवादी शान्ति प्रक्रियामा आएदेखि नै चलेको हो । जिल्ला अदालतले जन्मकैद फैसला सुनाएर कारावासमा सजाय काटिरहेका ढुंगेललाई पुनरावेदन अदालतले सफाइ दियो । उनी कैदमुक्त भए । फेरि सर्वोच्च अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइदियो ।  सर्वोच्चको फैसला नमान्ने गरी ढुंगेल र उनको राजनीतिक… विस्तृत समाचार