दृष्टिकोण

​जनप्रतिनिधिले ध्यान दिनुपर्ने कुरा

डी.आर.घिमिरे । निकट भविष्यमा वामपन्थीको सरकार बन्ने भएपछि कांग्रेस हिंस्रक रुपमा प्रस्तुुत भएको छ । उसका कतिपय निर्णय मुलुकलाई दीर्घकालीन रुपमा बर्वादीको दिशामा लैजानेतर्फ केन्द्रित छन् । फेरि सत्तामा आउनुपर्छ र आउन सकिन्छ भन्ने सोंच यतिबेला कांग्रेसमा छैन । कांग्रेसले आर्थिक रुपमा मुलुकलाई टाट पल्टाउने र वामपन्थहरुले देश चलाउन सक्दैनन् भन्ने सन्देश दिन खोजेको देखिन्छ । अर्थशास्त्रीय दृष्टिले हेर्दा उसका हर्कत अपराधपूर्ण छन् । संघीयता… विस्तृत समाचार

​देउवाको कस्तो आतुरता ?

बिन्दिया प्रधान ।  आगोका फूलहरु हुन, आगोका फूलहरु होइनन् कबि ईश्वर बल्लभको कबिता बेलाबेलामा सम्झनुपर्ने हुन्छ जब कुनै पनि कुराको यकिन हँुदैन । उनको कबिताले त्यस्तै अन्यौल ओकलेको थियो । कहिले आगो फूल बनिदिन्छ र कहिले आगो आगो मात्र भइदिन्छ ।  यसपाली यो हिउँदका धेरै दिनहरु अति चिसो भएर बित्यो । चिसो अझै कायमै छ । तथापि सूर्यका किरणहरुले काठमाडौंलाई भने माया गरिरह्यो । पुस महिनाभरिनै… विस्तृत समाचार

कुन समाजवादतिरको हाम्रो यात्रा हो ?

रवीन्द्र श्रेष्ठ । कम्युनिष्ट घोषणापत्रमै कार्लमाक्र्सले चारथरिको समाजवादका बारेमा संक्षिप्त व्याख्या गरेका छन् । नेपालका कम्युनिष्ट पार्टीहरुका कयौं समर्थकहरु तथा अन्य बुद्धिजीवीहरुमा समाजवाद भनेको एउटै खालको मात्र हुन्छ भनेर सोच्ने गलत दृष्टिकोण पाइन्छ । यस गलत दृष्टिकोणले गर्दा समाजवादका विषयमा हुने वैचारिक बहस, छलफललाई हेयभावले हेर्ने गरिन्छ । समाजवाद मान्नेहरु सबै एउटै किन हुन नसकेको भन्ने प्रश्न पनि उठाइने गरिन्छ ।  कार्लमाक्र्सले आफ्नो सिद्धान्तलाई वैज्ञानिक… विस्तृत समाचार

​ओलीलाई मोदी फोनको अर्थ

रमेश घिमिरे । अठार महिना पदावधि बाँकी रहेका दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक महिनामा दुई पटक नेकपा एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्री केपी ओलीलाई फोन गरेको समाचारले प्रमुखता पायो । मोदीले दुई पटक फोन गरेर नेपाल–भारत सम्बन्ध अझ प्रगाढ हुने संकेत गरेका छन् । अर्को वर्ष सन् २०१९ मा भारतमा आम निर्वाचन हुँदैछ । मोदीले ओलीलाई दुई पटक फोन गरेर नेपाल–भारत सम्बन्ध सुधार गर्नको… विस्तृत समाचार

​ब्रम्हलुटमा रमाउँदै देउवा

डी.आर.घिमिरे । ढिलै भएपनि सरकार बन्ने छाँटकाँट देखिएको छ । करिव डेढ महिना पहिला निर्वाचित प्रदेशसभाका सांसदहरुले शपथ लिएका छन् । माघ २३ गतेभित्र प्रदेशसभा हुने र फागुन ३ गतेभित्र मुख्यमन्त्री चुनिने अवस्था देखिएको छ । त्यसो हुँदा फागुनको पहिलो हप्ता प्रदेश सरकार बन्न सक्ने देखिँदै छ भने माघ २४ गते राष्ट्रियसभाको निर्वाचन हुने भएकोले त्यसपश्चात् केन्द्र सरकारको प्रक्रिया पनि सुरु हुने सम्भावना छ ।… विस्तृत समाचार

​वाम एकताको अर्थ आलोपालो होइन

रवीन्द्र श्रेष्ठ । भारतको पश्चिम बंगाल प्रान्तमा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)को नेतृत्वमा करिव ३४ वर्ष वामपन्थी सरकार बन्यो । ३४ वर्ष वामपन्थी सरकार बन्नु सानो कुरा थिएन । जनसंख्याको हिसावमा नेपालमा २ करोड ६४ लाख जनसंख्या हुँदा बंगाल प्रदेशमा ९ करोड १० लाख जनसंख्या थियो । ३४ वर्ष सरकार चलाउँदा त्यहाँ ठूलो उन्नति भएको हुनुपर्ने अनुमान लगाउन सकिन्छ । यहाँका एमाले र माओवादी केन्द्रको घोषणापत्रमा… विस्तृत समाचार

एउटा समाचार जसले विश्वकै ध्यान तान्यो

रमेश घिमिरे । गएका साता विश्व सञ्चार माध्यममा नेपालको एउटा समाचारले प्रमुखता पायो । न्यूयोर्क टाइम्सदेखि हिन्दूस्तान टाइम्ससम्मले यो समाचारलाई प्रमुखता दिए । अझ भारतीय सञ्चार माध्यमले त यसमा निकै चिन्ता व्यक्त गरेका छन् । त्यो समाचार थियो– चीनको इन्टरनेट सञ्जालमा नेपाल जोडिनु । यसबारेमा दक्षिणी छिमेकी भारतको राष्ट्रिय कंग्रेसकी नेतृ प्रियंका गान्धीले त सामाजिक सञ्जालमा आफ्नो परम्परागत घनिष्ट छिमेकी नेपाल, भारतसँग टाढा हुँदै गएकोेमा… विस्तृत समाचार

​बाम एकताको ककस र सकस

प्रा.डा.बद्रीविशाल पोखरेल । निकट भविष्यमा हुन लागेको बाम एकता बुझ्नेका लागि देश, जनता र जनजीविका लागि अभूतपूर्व घटना हुनेछ । यो एक युगमा एक दिन एक क्षण आउने कुरा हो । अझ यसका लागि जुन–जुन परिस्थिति निर्माण हुन गयो वा यसका लागि जे जति प्रयत्न भयो, यो अझ गौरव गर्ने विषय पनि हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिने क्रममा जुन कलात्मक… विस्तृत समाचार

​प्रतिक्षा वाम एकताको ?

रवीन्द्र श्रेष्ठ । के वाम एकता होला ? भन्ने प्रश्नको अन्तिम उत्तर आउन अझै केही समय लाग्ने देखिएको छ । वाम एकता सम्पन्न नभएसम्म कुनै पनि बेला यसको नकारात्मक जवाफ आउन सक्ने सम्भावना अझै टरेको छैन । नेपाली कम्युनिष्ट आन्दोलनमा फुटको एक प्रमुख कारण नेताहरुका आपसी स्वार्थ, अहंकार, घमण्ड तथा मुर्खता पनि रहने गरेको काफी उदाहरण छन् । तर नेताहरुले यी नकारात्मक प्रवृत्तिहरुलाई सिद्धान्तका गुलिया… विस्तृत समाचार

​कस्तालाई पठाउने राष्ट्रियसभामा ?

डी.आर.घिमिरे । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएपछि सवै पार्टीहरुले उम्मेदवारहरुको चर्चा गर्न थालेका छन् । उम्मेदवारको लागि दौडधूप शुरु भएको छ । यद्यपि यो वा त्यो कोटा बांड्ने प्रचलनले कतिपय तिक्तता पनि ल्याएको होला । तर, कुरा यतिमै सीमित छैन । प्रतिनिधिसभाको र प्रदेशसभाको परिणामलाई हेर्दा राष्ट्रिय सभाको चयनमा केही दृष्टिकोणलाई स्पष्ट गर्न जरुरी देखिन्छ । हिंजो गरेका गल्तीलाई निमिट्यान्न पार्न नसकेपनि… विस्तृत समाचार