दृष्टिकोण

​चेन अफ कमाण्ड भत्काउन नदिंदा महाअभियोगको ब्रम्हास्त्र

बुद्धिराम शर्मा नेपालमा सुरक्षा निकाय तथा अदालतहरुले चेन अफ कमाण्ड भत्किँदाको पीडा र त्यसबाट उत्पन्न हुने दुरावस्थाका बारेमा त्यति पीडादायी अनुभव  भोग्नुपरेको इतिहास ज्यादा लामो छैन तथापि आज चेन अफ कमाण्ड भत्किँदाको पीडा आलो घाउ बनेर नेपाली मुटुमा बल्झिरहेको छ ।   खासगरी प्रचण्ड सरकारको पहिलो कार्यकालको नौ महिना पनि बित्न नपाउँदै गौरवमय इतिहास बोकेको विश्वमा नै ख्याती प्राप्त नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटवाललाई हठात्… विस्तृत समाचार

​उज्यालोका नाममा अँध्यारो धन्दा

विशाल छेत्री । चुनावको मुखैमा सरकारले भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (ईईएसएल) कम्पनीबाट नौ वाटका दुई करोड थानएलईडी बल्ब खरिद गर्ने निर्णय गरेको छ । माओवादीका पूर्वलडाकू कमाण्डर एवं ऊर्जामन्त्री जनाद्र्धन शर्माको प्रस्तावमा माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले यो निर्णय गरेको हो । मन्त्रिपरिषदले यो निर्णय गर्नुभन्दा अगाडि नै भारतीय कम्पनीसँग उक्त खरिद सम्झौता भने भइसकेको थियो ।  दुई करोड… विस्तृत समाचार

​आफू जित्नेभन्दा पनि एमाले हराउ अभियानमा प्रचण्ड

रवीन्द्र श्रेष्ठ । वैशाख ३१ को स्थानीय चुनाव सकिए पनि दोस्रो चरणको चुनाव जेठ ३१ मा सम्पन्न गर्न गम्भीर कठिनाइ विद्यमान रहेको छ । पहिलो चरणको चुनाव हुनुलाई प्रधानमन्त्री दाहालको ठूलो सफलता भनेर भजन गाउने क्रम पनि सुरु भएको छ र दाहालले यसलाई आफ्नो जीवनको ठूलो उपलब्धि भनेर भाषण गर्ने क्रम पनि सुरु भएको छ । तर यथार्थमा मधेशी मोर्चाले उनीहरुको मागअनुसार संविधान संशोधन नभए… विस्तृत समाचार

​जनउत्साहको त्यो क्षण

बिन्दिया प्रधान । धुलो धुँवा र ठेलमठेल भीडरहित शान्त काठमाडांै । खालीखाली सडक । मौसमले पनि साथ दिएकोे । दिन केही खुल्दै केही धुम्मिदै गर्दै गरमका बीच अपरान्ह परेको पानीले शीतलता प्रदान गरेको । यस्तै केही शीतल अनि केही गरम हुदै खुला वातावरणमा बिहान सबेरै देखिनै जनलहरको त्यो उत्साह । मानौ हामी कुनै ठूलो चाड नै मनाइरहेछौँ । बीस वर्षपछि सम्पन्न हुन गएको स्थानीय निकायको… विस्तृत समाचार

संवैधानिक संकटको निकास

बुद्धिनारायण शर्मा नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषय आज प्रहरीको मात्र विषय नरहेर आम चासोको विषय हुन पुगेको छ । प्रहरी आफैँ यो विवादको भुँमरीमा यसरी फस्यो कि प्रहरी नेतृत्वले कहिल्यै गर्न नहुने कानुनी त्रुटिसमेत गरिसकेको छ । न्यायालयमा छलफलको क्रममा रहेको कुनै पनि मुद्दा मामिलामा प्रहरी कार्यालयमा न त निवेदन लिइनेछ न त कुनै किसिमको छलफल नै गरिनेछ भन्ने स्थापित न्यायिक मान्यता बाहिर गएर नेपाल… विस्तृत समाचार

​यस्तो छ प्रचण्डको परिवारमोह

अनिल शर्मा विरही प्रचण्डले २०५७ को दोस्रोे राष्ट्रिय सम्मेलनमा प्रचण्डपथ पारित गर्दै मेरो व्यक्तित्व, निजत्व सबै पार्टी र समूहमा विलय भयो भनेका थिए । तर समयले त्यो भनाइलाई पुष्टि गरेन । बरु एउटा शाह राजाको स्थानमा थुप्रै छोटे राजाहरुको उदय भयो । आज प्रचण्डले परिवार वरपरको घेरालाई नै वर्ग उत्थान गराएर संसदीय राजनीतिको फोहोरी खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । यद्यपि क्रान्ति, देश, जनताका कुरा त… विस्तृत समाचार

​राणाको आदेशले उब्जाएको प्रश्न ?

विशाल छेत्री । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग रोक्न अन्तरिम आदेश जारी गरेर वाहवाही कमाएका छन् । राणाको उक्त फैसलाप्रति सबै सकारात्मक बनेका छन् । महाभियोगको प्रक्रिया रोकियो । महाभियोगको औचित्य स्थापित गर्न अझै पनि केही राजनीतिक पार्टीहरुमा रहेका अतिवादी ठालूहरु संसदको विशेषाधिकारमाथि हस्तक्षेप भयो भन्दै रोइकराइ गरिरहेकै छन् । जसले अरुको अधिकारको सम्मान गर्न सक्दैन, त्यसले आफ्नो अधिकारको गीत गाउनुको… विस्तृत समाचार

​दाहालको ओरालो यात्रा र आत्मघाती कर्तुतहरू

रवीन्द्र श्रेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक प्रधानमन्त्री हुँदा कसको उक्साहटमा तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गर्ने निर्णय गरेका थिए भन्ने कुरा अझै रहस्यमय छ । हुन त त्यसको केहीपछि पार्टी बैठकमा दाहालले तत्कालीन रक्षामन्त्री बादलको उक्साहटमा आपूmले त्यस्तो निर्णय लिएको अभिव्यक्ति दिएको समाचार सञ्चारमाध्यमहरूमा आएका थिए । तर, दाहाल बादलको दबाबमा काम गर्ने मान्छे होइनन् भन्ने तथ्य माओवादीको पुरानो पुस्ता सबैलाई थाहा भएको कुरा हो ।… विस्तृत समाचार

​महाअभियोगको पासो

बिन्दिया प्रधान । खुकुरीले गर्धनमा हान्नु, बन्दुकले गोली हान्नु र मट्टितेल खन्याउँदै आगोमा जलाउनु मात्र हिंसा होइन । यस्तो हिंसाले मान्छे एकपटक मात्र मर्दछ । तर, मानसिक पीडा पु¥याउनु त्योभन्दा जघन्य हिंसा हो र यसले मान्छेलाई बारम्बार मारिरहन्छ । यो झनै खतरनाक हिंसा हो ।  अहिले नेपालमा जघन्य महिला हिंसा भएको छ । त्यो पनि अनपढ अज्ञानीहरूले नभई एकसे एक विद्वान गरिमामय विधायिका संसद् सदस्यहरूले… विस्तृत समाचार

​गाउँदेखि केन्द्रसम्मै एमालेको सरकार

जनताको स्वशासन प्रत्याभूत गर्दै जनताको घर–आँगनमा पुग्न सके मात्रै लोकतन्त्रले सार्थकता पाउने मान्यतामा उभिएर नेकपा (एमाले) सधैं अधिकार सम्पन्न स्थानीय सरकारको पक्षमा दृढताका साथ उभिदै आएको छ । समावेशी प्रतिनिधित्व र विकास निर्माण एवम् साधन–स्रोतमा जनताको स्वामित्वले मात्रै लोकतन्त्रलाई सुदृढ गर्न सक्ने विश्वासका साथ हाम्रो पार्टीले ‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रम अगाडि सारेको थियो । २०५५ सालमा पार्टीकै भूमिका एवम् नेतृत्वमा स्थानीय स्वायत्त शासन ऐन… विस्तृत समाचार