युरोप

टर्कीमा विस्फोट हुँदा २९ को ज्यान गयो

काठमाडौं, २६ मंसिर । टर्कीको इस्तानबुलस्थित रंगशालानजिकै विस्फोट हुँदा २९ जनाको ज्यान गएको छ । १६६ जना घाइते भएको सरकारी निकायले जानकारी दिएको छ । प्रहरी अधिकारीलाई लक्ष्य गरी आत्मघाती कार बम विस्फोट भएको हुन सक्ने अनुमान गरिएको छ ।  विस्तृत समाचार

भागीरथी र टीकालाई प्रतिभा सम्मान तथा पुरस्कार

​काठमाडौं, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रतिभा सम्मान तथा पुरस्कार घोषणा गरेको छ ।  प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार बेलायतको फोकस्टोनमा बसेको बैठकले आख्यानकार भागीरथी श्रेष्ठलाई सम्मान र गीतकार टीका चाम्लिङलाई पुरस्कार दिने निर्णय गरेको हो । सम्मानमा दोसल्ला, ताम्रपत्र र नगद २० हजार अनि प्रमाणपत्रसहित पुरस्कारको राशि नगद १ लाख छ ।     वि.सं. २००५ असोज १२ गते… विस्तृत समाचार

लन्डनमा सुनिइन् निर्मला

बेलायत (लन्डन), १३ मंसिर । गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जना सुनाएकी छन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति शंखला’को नवौं संस्करणमा निर्मला प्रस्तुत भएकी हुन् ।  प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले अध्यक्षता गरेको उक्त कार्यक्रमका प्रमुख अतिथिमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुवसु क्षेत्री) र विशेष अतिथि सेकेन्ड गोर्खा राइफलका गोर्खा… विस्तृत समाचार

जयाको ‘भर्जिनिया उल्फ र आँसुका फूल’

काठमाडौं, १९ कात्तिक । बेलायतमा बसेर साहित्यिक कर्म गरिरहेकी जया राई नयाँ कृतिका साथ नेपाल आएकी छन् । ‘भर्जिनिया उल्फ र आँसुका फूल’ नामक उनको नियात्रा–कृति बिहीबार राजधानीमा आयोजित कार्यक्रममा कवि, मुन्दुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले   विमोचन गरे ।   गद्य लेखनमा जयाको पकड बलियो रहेको उल्लेख गर्दै कवि काइँलाले भने, ‘मिठासपूर्ण भाषा–शैलीमा जयाले विभिन्न स्थानको भ्रमण, घटना र परिवेशहरूको लोभलाग्दो चित्रण… विस्तृत समाचार

बेलायतबाट ‘मायाको संसार’

काठमाडौं, ७ असोज । तीन दशकदेखि बेलायतमा बसोबास गर्दै आएका स्याङ्जा क्याक्मीका  घनबहादुर थापा मगर गीति एल्बम ‘मायाको संसार’ लिएर दर्शक÷श्रोतामाझ आएका छन् । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले उक्त एल्बमको विमोचन गरे ।  एल्बम विमोचनपछि गायक तथा संगीतकारसमेत रहेका रसिकले विदेशमा रहेका कवि÷कलाकारले नेपाली साहित्य तथा संस्कृतिलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए । भने, ‘घनबहादुरजी त्यसैको… विस्तृत समाचार

बेलायतको पीआर त्यागेर कर्नेल लामा फर्किए

काठमाडौं, ४ असोज । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पीआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम… विस्तृत समाचार

गोर्खा सैनिकलाई पेन्सनमा बेलायतले भदभाव नगरेको फैसला

काठमाडौं, ३१ भदौ । युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ । फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनमा बेलायत सरकारले भदभाव नगरेको निर्णय गर्दै समान पेन्सनको दाबी खारेज गरिदिएको छ । अदालतले युरोपेली मानवअधिकारसम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरुप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव… विस्तृत समाचार

दूतावासको सम्पर्कमा पुगे कर्नेल कुमार लामा

काठमाडौं, २३ भदौ । बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर भएका छन् । लामा बुधबार दूतावासमा हाजिर भएका हुन् । ट्राभल डकुमेन्ट बनाएर उनी एक साताभित्रै नेपाल आउन लागेको नयाँ पत्रिकामा खबर छ । ‘महासेनानी कुमार लामा बेलायतस्थित नेपाली दूतावासमा हाजिर हुनुभएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयका सहनिर्देशक महासेनानी रामनाथ शर्मा ढुंगानाले भने, ‘उहाँको ट्राभल डकुमेन्ट… विस्तृत समाचार

‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् ।  ‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । … विस्तृत समाचार

भूकम्पले ध्वस्त क्षेत्रमा आपतकाल घोषणा

काठमाडौं, १० भदौ । इटाली सरकारले बुधबारको शक्तिशाली भूकम्पले ध्वस्त भएका क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा छ । भूकम्पमा बाँचेकाहरु भेटिने आसामा यस्तो कदम चालेको जनाइएको छ । प्रधानमन्त्री माटेओ रेन्जीले पुनर्निर्माणका लागि स्थानीय मुद्रा ५० मिलियनको कोष खडा गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पमा परी अहिलेसम्म कम्तीमा २५० जनाको मृत्यु र ३६५ जना घाइते भएका छन् । सयौं परकम्पका कारण उद्धार प्रयासमा समस्या पारेको सञ्चारमाध्यमले… विस्तृत समाचार