युरोप

बेलायतको पीआर त्यागेर कर्नेल लामा फर्किए

काठमाडौं, ४ असोज । नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको आवासीय अधिकार (आईएलआर) त्यागेर नेपाल फर्किएका छन् । बेलायतमा आफूमाथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा त्यहाँको पीआर त्यागेर आइतबार नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावासले जानकारी दिएको छ । लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस (गृह मन्त्रालय) लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकोमा होम… विस्तृत समाचार

गोर्खा सैनिकलाई पेन्सनमा बेलायतले भदभाव नगरेको फैसला

काठमाडौं, ३१ भदौ । युरोपेली मानवअधिकार अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ । फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनमा बेलायत सरकारले भदभाव नगरेको निर्णय गर्दै समान पेन्सनको दाबी खारेज गरिदिएको छ । अदालतले युरोपेली मानवअधिकारसम्बन्धी महासन्धिको धारा १४ र धारा १ अनुरुप भूतपूर्व बेलायती गोर्खा सैनिकलाई भेदभाव… विस्तृत समाचार

दूतावासको सम्पर्कमा पुगे कर्नेल कुमार लामा

काठमाडौं, २३ भदौ । बेलायतको फौजदारी अदालतले मंगलबार यातनासम्बन्धी मुद्दामा सफाइ दिएसँगै नेपाली सेनाका महासेनानी कुमार लामा नेपाली दूतावासमा हाजिर भएका छन् । लामा बुधबार दूतावासमा हाजिर भएका हुन् । ट्राभल डकुमेन्ट बनाएर उनी एक साताभित्रै नेपाल आउन लागेको नयाँ पत्रिकामा खबर छ । ‘महासेनानी कुमार लामा बेलायतस्थित नेपाली दूतावासमा हाजिर हुनुभएको छ,’ सैनिक जनसम्पर्क निर्देशनालयका सहनिर्देशक महासेनानी रामनाथ शर्मा ढुंगानाले भने, ‘उहाँको ट्राभल डकुमेन्ट… विस्तृत समाचार

‘मनोकांक्षा २’ ल्याउँदै मुकेश

काठमाडौं, २१ भदौ । यूकेको अक्सफोर्डमा बसोबास गर्दै आएका इलाम पशुपतिनगरका कवि तथा गीतकार मुकेश राई दोस्रो गीति एल्बम बजारमा ल्याउने तयारीमा छन् ।  ‘म खेलेको आँगनको फूल’, ‘ओइली सबै झ¥यो होला’, ‘यो मुटुमाझ तिमीलाई राखी’जस्ता गीतबाट श्रोताको माया बटुलेका गीतकार राई चाँडै ‘मनोकांक्षा २’ लिएर संगीतका पारखीमाझ आउन लागेका हुन् । तीन वर्षअघि बजारमा आएको उनको ‘मनोकांक्षा’ नामक एल्बमले निकै चर्चा पाएको थियो । … विस्तृत समाचार

भूकम्पले ध्वस्त क्षेत्रमा आपतकाल घोषणा

काठमाडौं, १० भदौ । इटाली सरकारले बुधबारको शक्तिशाली भूकम्पले ध्वस्त भएका क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा छ । भूकम्पमा बाँचेकाहरु भेटिने आसामा यस्तो कदम चालेको जनाइएको छ । प्रधानमन्त्री माटेओ रेन्जीले पुनर्निर्माणका लागि स्थानीय मुद्रा ५० मिलियनको कोष खडा गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पमा परी अहिलेसम्म कम्तीमा २५० जनाको मृत्यु र ३६५ जना घाइते भएका छन् । सयौं परकम्पका कारण उद्धार प्रयासमा समस्या पारेको सञ्चारमाध्यमले… विस्तृत समाचार

भूकम्पमा मर्नेको संख्या १६० पुग्यो

अमात्रिस (इटाली), ९ भदौ । इटालीमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १६० पुगेको छ । मध्य इटालीको पहाडी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा ३६८ घाइते भएको अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पका घाइतेको खोजीमा उद्धारकर्ता खटिएका छन् । अमात्रिसका नगर प्रमुख सर्जियो पिरोजीका अनुसार तीनवटा सहरमा व्यापक मानवीय क्षति भएको आशंका गरिएको छ । भूकम्पले भत्काएका भवनका भग्नावशेषमा पुरिएर… विस्तृत समाचार

जनजाति महासंघ पोर्चुगलमा नयाँ नेता

काठमाडौं, ३२ साउन । नेपाल आदिबासी जनजाति महासंघ, पोर्चुगलको चौथो महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।  आइतबार राजधानी लिस्वोनमा सम्पन्न महाधिवेशनले नरभुपाल राईको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा राजेन्द्र शेर्पा, हेम गुरूङ र कमनसिंह  तामाङ अनि महासचिवमा मदन लिम्बू चयन भएका छन् । सचिवमा श्यामसुन्दर श्रेष्ठ, कोषाध्यक्षमा तारा गुरूङ र सहकोषाध्यक्षमा ईश्वरप्रसाद चौधरीलाई चयन गरिएको जनााइएको छ । महाधिवेशनमा… विस्तृत समाचार

​बेलायतमा जनसंग्रह : ईयूमा बस्ने कि नबस्ने

काठमाडौं, ९ असार । बेलायत युरोपेली संघ (ईयू)मा रहने वा निस्किने भन्ने विषयमा बेलायतमा बिहीबार जनमत संगह सुरु भएको छ ।  यस विषयमा बिहीबार बिहान ७ बजे मतदान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । विद्यालय, पुस्तकालय, चर्च र सामुदायिक केन्द्रहरूमा जनमत संग्रहका लागि मतपेटिका राखिएका छन् । यस जनमत संग्रहमा दशौं लाख बेलायतीले मतदान गर्ने जनाइएको छ ।  मतदान सकिएपछि गणनाको कार्य जतिसक्दो चाँडै… विस्तृत समाचार

आइएसका उच्च कमान्डर मारिएको अमेरिकी दावी

काठमाडौं, २ चैत । विद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक उच्च कमान्डर मारिएको अमेरिकाले दावी गरेको छ । आइएसका उच्च कमान्डर ओमार शिशानी हवाई आक्रमणको क्रममा मारिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनको भनाइ छ । केही समयअघि अमेरिकी सेनाले उत्तरपूर्वी सिरियामा गरेको हवाई आक्रमणको क्रममा घाइते भएका कमान्डर शिशानीको ज्यान गएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । यसअघि उनी जर्जियाका नागरिक शिशानी आक्रमणबाट बाँच्न सफल भएको खबर… विस्तृत समाचार