फ्लास

सेडाको २२ औं स्थापना दिवस सम्पन्न

काठमाडौं, २० फागुन । ललितपुरको गोदावरीमा रहेको सूर्योदय शैक्षिक विकास प्रतिष्ठान (सेडा) विद्यालयको २३ स्थापना दिवस भव्य रुपमा मनाइएको छ ।  गोदावरी नगरपालिकाको उपमेयर मुना अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न भेषभुषाका नृत्य, नाटक, विट बकस, गित तथा मार्शल आर्ट प्रदर्शनी गरिएको सो विद्यालयले जनाएको छ ।  तीन दिनदेखि विभिन्न खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयले शनिवार आयोजित कार्यक्रममा बिजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरेको थियो ।… विस्तृत समाचार

​खतिवडा किन पुगे भट्टराई आश्रममा ?

काठमाडौं, ६ पुस । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेसको पराजय भएपछि कांग्रेसका युवानेताहरु छलफलमा जुटेका छन् । पार्टी नेतृत्वको असफलताका कारण पार्टीले पराजय भोग्नुपरेकाले पार्टी केन्द्रीय समितिमा छलफल गर्नुपर्ने, आवश्यक परे विशेष महाधिवेशन नै गरेर पार्टीको नेतृत्व नै परिवर्तन गर्नेबारेमा युवानेताहरु छलफलमा जुटेका छन् ।  कांग्रेसभित्र प्रधानमन्त्री शेरबहादुर देउवा पक्ष वा रामचन्द्र पौडेल समूह दुवैपक्षका युवाहरु पार्टीको असफलताको समीक्षामा जुटेका छन् । पार्टीका नेता प्रकाशमानसिंह… विस्तृत समाचार

दूरसंचार प्राधिकरणका अध्यक्ष झाको नियुक्तिपत्र मन्त्रीको खल्तीमा

काठमाडौं, ५ कार्तिक । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पुनर्नियुक्ति भएको समाचार सोमबार अनलाइनहरुमा पोष्ट गर्न लगाए । तर उनले नियुक्तिको पत्र पाएका छैनन् । उनको नियुक्तिको पत्र बोकेर सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोकमा चुनावी सभामा भाषण गरिरहेका छन् । अघिल्लो हप्ता कार्तिक २७ को मन्त्रिपरिषद बैठकको माइन्युटमा उनको पुनर्नियुक्तिको निर्णय लेखी सचार मन्त्रालयलाई जानकारी पठाए पनि झाले नियुक्तिपत्र पाएका छैनन्… विस्तृत समाचार

​माले र जनसमाजवादी पार्टीको ९० प्रतिशत क्षेत्रमा उम्मेदवारी

काठमाडौं, २६ कात्तिक ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा(माले) र जनसमाजवादी पार्टीले  पनि सहकार्य गरेका छन् । गठबन्धनस“गै दुवै पार्टीले देशभरी साझा उम्मेदवार उठाएर एउटै चुनाव चिन्हमा चुनाव लड्ने भएका छन् । नेकपा मालेका अध्यक्ष सिपी मैनाली र जनसमाजवादी पार्टीका अध्यक्ष शुभासचन्द्र काफ्ले पाँच वर्षका लागि सहकार्य गर्ने सम्झौता गरेका हुन् ।  दुई पार्टीबीच भएको समझदारीअनुसार हसिया र तारा चुनाव चिन्हमा लड्ने भएका छन् ।… विस्तृत समाचार

श्रेष्ठ परिवारद्वारा ६० लाखको जग्गा स्वास्थ्य चौकीलाई दान

पर्वत, २० कात्तिक ।  यहाँको एक परिवारले ६० लाख रुपैयाँ बराबरको जग्गा स्वास्थ्य चौकीलाई दान गरेका छन् । पर्वतको नाग्लीवाङ गाविस– ८ हटियाका चक्र बहादुर श्रेष्ठ, लोक बहादुर श्रेष्ठ, उमा लग्मी श्रेष्ठ, हिरा बहादुर श्रेष्ठ, कृष्ण बहादुर श्रेष्ठ, रुद्र बहादुर श्रेष्ठ र भिम बहादुर श्रेष्ठले ५ रोपनी जग्गा स्वास्थ्य चौकी नाग्लीवाङलाई प्रदान गरेका हुन् । करिब ६० लाख मूल्य पर्ने पर्ने उक्त जग्गा सोमबार स्वास्थ्य… विस्तृत समाचार

​मृगौलारोगीलाई कुबेतबाट सहयोग

काठमाडौं, ३१ असोज  दुवै मृगौला फेल भएर उपचार गराइरहेका काभ्रे नमोबुद्ध – ५ का गोपिलाल जोशीलाई कुबेतमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । नमोबुद्ध स्थायी घर भएकै राम पौडेलको अग्रसरतामा २६ हजार ६ सय ६५ रुपैयाँ सहयोग जम्मा गरी जोशीलाई हस्तान्तरण गरिएको हो ।  मानव अंग प्रत्यारोपन केन्द्रमा डायलसिस गराउदै आएका जोशीको मृगौला प्रत्यारोपनका लागि चिकित्सकले प्रयास गरिरहेका छन् । कमजोर आर्थिक अवस्था भएका जोशीलाई… विस्तृत समाचार

शान्तिनगरमा दुर्घटना एकको मृत्यु

काठमाडौं, ३ असोज  काठमाडौं महानगरपालिका–३१ शान्तिनगर गेट अगाडि मंगलबार भउको दुर्घटनामा एकको मृत्यु भएको छ । बा.७ च ६२०६ नम्बरको टाटामोवाईल गाडीले सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री काठमाडौं बानेश्वर बस्ने मकवानपुर चिसापानीका २४ वर्षीय  बिशाल तिमल्सिनाको सिभिल अस्पताल बानेश्वर हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगेकोमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विस्तृत समाचार

​निर्वाचन आचारसंहिता आजदेखि, अनुगमन गर्न सचिव खटिए

काठमाडौं १५ भदौ । निर्वाचन प्रभावित नहोस भनेर निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन आचारसंहिता जारी गरेको छ । आचारसंहिता आजदेखि लागू हुने भएको छ । आचारसंहिता उल्लघन गरे निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । वा उम्मेदवारी रद्द समेत गर्न सक्नेछ ।  आचारसंहिता जारीपछि सरकारले कुनै पनि कर्मचारीको सुरुवा, बढुवा तथा पदस्थापन समेत गर्न पाउँने छैनन्… विस्तृत समाचार

​त्रिवि नेविसंघमा आचार्य

काठमाडौं, असार २२   नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको अध्यक्षमा हरि आचार्य  चयन भएका छन् ।  बुधबार आयोजित नेविसंघको बृहत् विद्यार्थी भेलाले आचार्यलाई जिम्मेवारी दिने निर्णय भएको हो । उक्त पद लामो समयदेखि रिक्त थियो ।    नेवि संघ केन्द्रीय प्रतिनिधि केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी तथा महामन्त्री कुन्दन काफ्ले लगायत ३० जना केन्द्रीय पदाधिकारीसहितको भेलामा सहभागिता रहेको थियो ।  अध्यक्षमा चयन भएपछि… विस्तृत समाचार

​मतगणना सुरु हुँदा ३२ अध्यक्षमा एमाले अगाडी

काठमाडौ । आइतबार भएको स्थानीय तहको निर्वाचनको मत गणना सुरु हँदा देशैभरी एमालेले अग्रता लिएको छ ।अहिलेसम्म ६५ स्थानको मत परिणाम प्राप्त भएको छ । जसअनुसार एमाले ३२ स्थानमा विजयी भएको छ । कांगैस १८ स्थानका साथ दोस्रो स्थानमा रहेको छ भने १४ स्थानका साथ माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।  सोमबार बिहान साढे आठबजेसम्मको मतगणना अनुसार एमालेले मनाङको चामे गाउँपालिका प्रमुखमा एमालेका लोकेन्द्रबहादुर… विस्तृत समाचार