अन्तर्वार्ता

​माओवादीले सरकार छाड्दैन-टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिने हल्ला चलाइरहेका बेला त्यो पार्टीका सचिव एवं सरकारमा पार्टीको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री/ऊर्जामन्त्री टोपबहादुर रायमाझी यसलाई स्वीकार्दैनन् । तत्काल सरकार नछाड्ने कुनै निर्णय नै नभएको बताउने रायमाझीले दृष्टिसँगको कुराकानीमा पटकपटक आफ्नो पार्टीले सरकारको समर्थन फिर्ता लिने कुनै ठोस निर्णय नलिएको कुरामा जोड दिए । संविधान कार्यान्वयनका निम्ति राष्ट्रिय सहमतिको अनिवार्यता रहेकाले त्यसको पक्षमा माओवादीले पहल गरिरहेको उनको… विस्तृत समाचार

तिनलाई प्रधानमन्त्रीले कारवाही गर्नु पर्दैन ?- रामहरि खतिवडा, सांसद् नेपाली कांग्रेस

ऐतिहासिक रूपमा संविधान निर्माण कार्य सम्पन्न भयो । तर, संविधान कार्यान्वयनको चरण भने प्रभावकारी रूपमा अघि बढ्न सकिरहनुभएको छैन । किन होला ? सबैभन्दा पहिले सबैले बुझ्नुपर्ने कुरा के हो भने सबै प्रमुख राजनीतिक दलहरूबीचको सहमतिपछि संविधानसभाबाट संविधान निर्माण सम्भव भएको हो । कुनै एउटा दुईवटा पार्टीले मात्र चाहेर संविधान बनेको होइन । तत्कालीन सत्तासिन दल नेपाली कांग्रेस, नेकपा एमालेको प्रयासले मात्र पनि बनेको होइन… विस्तृत समाचार

​राष्ट्रिय सहमतिका लागि सबैले त्याग गर्नुपर्छ– भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री

संविधानसभाबाट संविधान जारी भएपछिको पहिलो सरकारले ल्याएको बजेटलाई पूर्वअर्थमन्त्रीका रूपमा कसरी मूल्यांकन गर्नुभएको छ ? केपी शर्मा ओली नेतृत्वको सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले ल्याउनुभएको बजेटलाई मैले सुरुदेखि नै समर्थन गरेको हुँ । किनभने यो बजेटले देशका सामु रहेका चुनौतीलाई राम्रोसँग पर्गेलेर कार्यक्रम तय गरेको छ । पहिलो कुरा, भूकम्पबाट प्रताडित सात लाखभन्दा बढी जनतालाई सबैभन्दा पहिले पुनस्र्थापना गर्नुपर्ने भएकाले बजेट बढी त्यसमा फोकस्ड छ… विस्तृत समाचार

​पहाड–मधेस नजोडे प्रदेश चल्दैन-लालबाबुप्रसाद यादव, व्यवस्थापिका–संसद् सदस्य, नेकपा (एमाले)

नयाँ संविधान कार्यान्वयन अहिले कुन चरणमा पुगेको छ ? संविधानसभाले संविधान बनाउने एजेन्डा उठेको झन्डै सत्तरी वर्षपछि पहिलोपटक संविधान बनेको छ । अब १३८ भन्दा बढी ऐन–कानुन निर्माण गर्नुछ । संघीयतासम्बन्धी विषयलाई टुंगो लगाउनुछ । यी सबै काम गर्न राजनीतिक सहमति आवश्यक छ । तर, त्यस्तो राजनीतिक सहमति निर्माण नभइसकेकाले संविधान कार्यान्वयनले गति लिन नसकेको अवस्था छ ।  संविधान बनाउँदा एकठाउँमा जुटेका दलहरू त्यसको कार्यान्वयनमा… विस्तृत समाचार

संविधानबाट सरकार फेर्न मिल्दैन-डा. भीमार्जुन आचार्य, संविधानविद्

संविधान कार्यान्वयनका चुनौति कस्तो देख्नुहुन्छ ? संविधानको सबैभन्दा ठूलो चुनौती भनेकै कार्यान्वयनको हो । संविधान जारी गर्दाको समयमै मैले केही भिन्नमत प्रस्तुत गरेको थिएँ । जुनढंगले संविधानका प्रावधानहरूलाई डिजाइन गरियो र प्रस्तुत गरियो, त्यो प्रस्तुति हेर्दा त्यसको कार्यान्वयनमा समस्या आउँछ कि भनेर आशंका गरिएको थियो । ३०८ धाराको यो संविधानमध्ये मुस्किलले १५–२० प्रतिशत प्रावधान मात्र अहिले कार्यान्वयन भएको छ । यो ठूलो चुनौती हो ।… विस्तृत समाचार

संविधान कार्यान्वयन अहिलेको मुख्य दायित्व-खिलराज रेग्मी, तत्कालीन अध्यक्ष, अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाइए

पहिलो संविधानसभा विघटनपछि दुर्घटनाउन्मुख मुलुक र दिशाविहीन राजनीतिलाई ठीक ट्र्याकमा ल्याउने ऐतिहासिक अभिभारामा देखा परे तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी । झन्डै सात दशकदेखि नेपाली जनताले देखेका संविधानसभाबाट आफ्नो संविधान आफै बनाउने सपना कुण्ठित हुँदै गएका बेला संविधानसभाको दोस्रो निर्वाचन गरेर जनताका आकांक्षा पूरा गर्ने कडी बन्न २०६९ चैत १ गते उनी ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्’को अध्यक्ष बनाइए । थुप्रै प्रतिकुलताका बीच ८ महिना ४ दिनमा संविधानसभाको… विस्तृत समाचार

आन्दोलनको विषयमा मधेसी दलमै विभाजन छ-नरहरि आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

संविधान संशोधन भए पनि मधेसको समस्या समाधान हुन सकेन नि ? मधेसको मुद्दा केही समयदेखि अत्यन्तै अपरिभाषित र जटिल बनाउँदै लगिएका कारण यस्तो भएको हो । यो मुद्दागत समस्याभन्दा पनि मनोवैज्ञानिक समस्या जस्तो छ, मधेसकेन्द्रित दलका नेताहरूको । त्यसैले मलाई लाग्छ, यो अब धेरै दिन लम्बिएर जान सक्ने अवस्थामा छैन । मधेसकेन्द्रित दलका नेतालाई नै प्रतिकुल प्रभाव पार्न सक्छ । जहाँसम्म मधेसको मुद्दाको कुरा छ,… विस्तृत समाचार

हाम्रा माग आंशिक सम्बोधन भए- सर्वेन्द्रनाथ शुक्ल,नेता, तराई मधेस लोकतान्त्रिक पार्टी

तपाईंहरूका माग सम्बोधन गर्न संविधानमा पहिलो संशोधन भयो । तपाईंहरूको प्रतिक्रिया के छ ? हो, संविधान संशोधन भयो । तर, त्यो नामको लागि मात्र भएको छ । यसले हाम्रा माग सम्बोधन गरेको छैन । अहिलेसम्म उहाँहरूले यो संविधान गीता–गंगा जस्तो पवित्र छ । विश्वको उत्कृष्ट संविधान हो । यसलाई छुँदै मैलो हुन्छ । यसमा कुनै संशोधन हुँदैन भन्नुभएको थियो, तर त्यो पारित हुँदा नै उहाँहरूले… विस्तृत समाचार

हामी सहमतिको निकट पुगिसकेका छौँ – नारायणकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, एकीकृत नेकपा माओवादी

बालुवाटारको पछिल्लो बैठकले सकारात्मक सन्देश प्रवाह गरेको छ । आन्दोलनरत मधेसी मोर्चासँग अब सहमति जुट्न लागेको हो ? ५ माघमा संसद्को बैठक बस्नुअगाडि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गरेर थारु आन्दोलनकारीहरूलाई पनि सम्बोधन हुने गरी एउटा सम्झौता गर्ने विन्दुमा पुग्नको लागि सम्पूर्ण प्रयत्न गर्ने र त्यसको निम्ति सबै तयारीहरू गर्ने भनेर हामीले निष्कर्ष निकालेका छौँ । तर, त्यो अन्तिम रूपमा त पुगिसकेको छैन ।… विस्तृत समाचार

अखिलको अध्यक्षमा मेरो विकल्प छैन:नवीना लामा

काठमाडौं, २९ पुस । अनेरास्ववियूको महाधिबेशन सुरु हुन अब एक महिनाभन्दा कम समय बाँकी छ । महाधिबेशन नजिकिदै जाँदा चुनावी प्रतिस्र्धा बढ्दो छ । अध्यक्षमा नवीना लामा, दीपक गौतम र ऐन महरबीच प्रतिस्पर्धा हुँदैछ । तीनै जना आ–आफ्नो टिम बनाउन व्यस्त छन् । अध्यक्षकी प्रतिस्पर्धीमध्ये एक नवीना यसपटक आफुलाई अध्यक्ष बनाउने सर्तमा अघिल्लो महाधिबेशनमा आफुले त्याग गरेको बताउछिन् । दृष्टिसँग कुरा गर्दै उनले भनिन्– विद्यार्थी… विस्तृत समाचार