अन्तर्वार्ता

​पहाड–मधेस नजोडे प्रदेश चल्दैन-लालबाबुप्रसाद यादव, व्यवस्थापिका–संसद् सदस्य, नेकपा (एमाले)

नयाँ संविधान कार्यान्वयन अहिले कुन चरणमा पुगेको छ ? संविधानसभाले संविधान बनाउने एजेन्डा उठेको झन्डै सत्तरी वर्षपछि पहिलोपटक संविधान बनेको छ । अब १३८ भन्दा बढी ऐन–कानुन निर्माण गर्नुछ । संघीयतासम्बन्धी विषयलाई टुंगो लगाउनुछ । यी सबै काम गर्न राजनीतिक सहमति आवश्यक छ । तर, त्यस्तो राजनीतिक सहमति निर्माण नभइसकेकाले संविधान कार्यान्वयनले गति लिन नसकेको अवस्था छ ।  संविधान बनाउँदा एकठाउँमा जुटेका दलहरू त्यसको कार्यान्वयनमा… विस्तृत समाचार

संविधानबाट सरकार फेर्न मिल्दैन-डा. भीमार्जुन आचार्य, संविधानविद्

संविधान कार्यान्वयनका चुनौति कस्तो देख्नुहुन्छ ? संविधानको सबैभन्दा ठूलो चुनौती भनेकै कार्यान्वयनको हो । संविधान जारी गर्दाको समयमै मैले केही भिन्नमत प्रस्तुत गरेको थिएँ । जुनढंगले संविधानका प्रावधानहरूलाई डिजाइन गरियो र प्रस्तुत गरियो, त्यो प्रस्तुति हेर्दा त्यसको कार्यान्वयनमा समस्या आउँछ कि भनेर आशंका गरिएको थियो । ३०८ धाराको यो संविधानमध्ये मुस्किलले १५–२० प्रतिशत प्रावधान मात्र अहिले कार्यान्वयन भएको छ । यो ठूलो चुनौती हो ।… विस्तृत समाचार

संविधान कार्यान्वयन अहिलेको मुख्य दायित्व-खिलराज रेग्मी, तत्कालीन अध्यक्ष, अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाइए

पहिलो संविधानसभा विघटनपछि दुर्घटनाउन्मुख मुलुक र दिशाविहीन राजनीतिलाई ठीक ट्र्याकमा ल्याउने ऐतिहासिक अभिभारामा देखा परे तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी । झन्डै सात दशकदेखि नेपाली जनताले देखेका संविधानसभाबाट आफ्नो संविधान आफै बनाउने सपना कुण्ठित हुँदै गएका बेला संविधानसभाको दोस्रो निर्वाचन गरेर जनताका आकांक्षा पूरा गर्ने कडी बन्न २०६९ चैत १ गते उनी ‘अन्तरिम चुनावी मन्त्रिपरिषद्’को अध्यक्ष बनाइए । थुप्रै प्रतिकुलताका बीच ८ महिना ४ दिनमा संविधानसभाको… विस्तृत समाचार

आन्दोलनको विषयमा मधेसी दलमै विभाजन छ-नरहरि आचार्य, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

संविधान संशोधन भए पनि मधेसको समस्या समाधान हुन सकेन नि ? मधेसको मुद्दा केही समयदेखि अत्यन्तै अपरिभाषित र जटिल बनाउँदै लगिएका कारण यस्तो भएको हो । यो मुद्दागत समस्याभन्दा पनि मनोवैज्ञानिक समस्या जस्तो छ, मधेसकेन्द्रित दलका नेताहरूको । त्यसैले मलाई लाग्छ, यो अब धेरै दिन लम्बिएर जान सक्ने अवस्थामा छैन । मधेसकेन्द्रित दलका नेतालाई नै प्रतिकुल प्रभाव पार्न सक्छ । जहाँसम्म मधेसको मुद्दाको कुरा छ,… विस्तृत समाचार

हाम्रा माग आंशिक सम्बोधन भए- सर्वेन्द्रनाथ शुक्ल,नेता, तराई मधेस लोकतान्त्रिक पार्टी

तपाईंहरूका माग सम्बोधन गर्न संविधानमा पहिलो संशोधन भयो । तपाईंहरूको प्रतिक्रिया के छ ? हो, संविधान संशोधन भयो । तर, त्यो नामको लागि मात्र भएको छ । यसले हाम्रा माग सम्बोधन गरेको छैन । अहिलेसम्म उहाँहरूले यो संविधान गीता–गंगा जस्तो पवित्र छ । विश्वको उत्कृष्ट संविधान हो । यसलाई छुँदै मैलो हुन्छ । यसमा कुनै संशोधन हुँदैन भन्नुभएको थियो, तर त्यो पारित हुँदा नै उहाँहरूले… विस्तृत समाचार

हामी सहमतिको निकट पुगिसकेका छौँ – नारायणकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, एकीकृत नेकपा माओवादी

बालुवाटारको पछिल्लो बैठकले सकारात्मक सन्देश प्रवाह गरेको छ । आन्दोलनरत मधेसी मोर्चासँग अब सहमति जुट्न लागेको हो ? ५ माघमा संसद्को बैठक बस्नुअगाडि नै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग वार्ता गरेर थारु आन्दोलनकारीहरूलाई पनि सम्बोधन हुने गरी एउटा सम्झौता गर्ने विन्दुमा पुग्नको लागि सम्पूर्ण प्रयत्न गर्ने र त्यसको निम्ति सबै तयारीहरू गर्ने भनेर हामीले निष्कर्ष निकालेका छौँ । तर, त्यो अन्तिम रूपमा त पुगिसकेको छैन ।… विस्तृत समाचार

अखिलको अध्यक्षमा मेरो विकल्प छैन:नवीना लामा

काठमाडौं, २९ पुस । अनेरास्ववियूको महाधिबेशन सुरु हुन अब एक महिनाभन्दा कम समय बाँकी छ । महाधिबेशन नजिकिदै जाँदा चुनावी प्रतिस्र्धा बढ्दो छ । अध्यक्षमा नवीना लामा, दीपक गौतम र ऐन महरबीच प्रतिस्पर्धा हुँदैछ । तीनै जना आ–आफ्नो टिम बनाउन व्यस्त छन् । अध्यक्षकी प्रतिस्पर्धीमध्ये एक नवीना यसपटक आफुलाई अध्यक्ष बनाउने सर्तमा अघिल्लो महाधिबेशनमा आफुले त्याग गरेको बताउछिन् । दृष्टिसँग कुरा गर्दै उनले भनिन्– विद्यार्थी… विस्तृत समाचार

सहमति नभएसम्म नाका खुल्दैन : उपेन्द्र यादव अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल

मुलुकले निकास खोजेको वेला तपाईंहरूले थप आन्दोलन किन घोषणा गर्नुभएको हो ? हाम्रो आन्दोलन निकासको लागि नै हो । आन्दोलनले निकास राणाकालमा दियो, राजतन्त्रबाट दियो । अहिले पनि सहज ढंगले निकास दिन कांग्रेस र कम्युनिष्टहरू तयार नभएकाले आन्दोलनबाटै निकास खोजिएको हो । प्रधानमन्त्रीले त आन्दोलन स्थागित गरेर वार्ताबाटै समाधान खोजौँ भनिरहनुभएको छ नि ? उहाँले थाहा पाउनुभएकै होला, अहिलेसम्म कतिपटक वार्तामा बसियो भनेर । वार्तामा… विस्तृत समाचार

निजामती क्षेत्रमा संगठनका प्रतिस्पर्धी छैनन्: मोहनकुमार घिमिरे, महासचिव, नेपाल निजामती कर्मचा

० नेपाल निजामती कर्मचारी संगठनको पृष्ठभूमि के हो ? नेपाल निजामती कर्मचारी संगठनको स्थापना २०४७ सालको प्रजातन्त्रको स्थापनासँगै कर्मचारीहरुको हकहित र अधिकार स्थापनाका लागि भएको हो । संगठन आन्दोलनबाट निर्मित शक्ति हो । कर्मचारी ट्रेड यूनियनको पहिलो र अग्रणी संगठनका रुपमा स्थापित संगठन हो । देशभर विभिन्न १ सय २६ वटा जिल्ला र विभागीय कार्यसमितिसहित ३७ हजार भन्दा बढी कर्मचारीहरु संगठनमा आबद्ध छन् । संगठनका… विस्तृत समाचार