जम्काभेट

संगीतमा पनि नातावाद चल्दो रहेछ- मेचु धिमाल, नवनायिका

नेपाली तारा–३ मा टप २० मा पर्न सफल भएकी मेचु धिमालले त्यसपछि सांगीतिक क्षेत्रलाई निरन्तरतता दिँदै आएकी छिन् । करिव दुई दर्जन गीत गाइसकेकी मेचुले एकल एल्मबसमेत ल्याइसकेकी छिन् । उनै २३ वर्षीय गायिका मिचुसँग रेजिना पाण्डेको जम्काभेट : तपाईंको सांगीतिक यात्रा कसरी सुरु भयो ? प्लस टु सिध्याएर झापाबाट काठमाडौं पढाईलाई निरन्तर दिन आएको थिएँ । काठमाडौं आएपछि संगीतको मोह लाग्यो । अनि संगीतको… विस्तृत समाचार

​संगीतले नै मलाई जीवन दिएको छ– जोनिसा पौडेल, गायिका

‘मेरो फिगर कोकाकोला’  बोलको गीतबाट चर्चामा  आएकी गायिका जोनिसा पौडेल नेपाली सांगीतिक क्षेत्रमा संघर्षरत गायिका हुन् ।   क्यासिकल संगीतमा विशेष  इच्छा राख्ने  उनी  आजभोलि निकै व्यस्त छिन् ।  त्रिविमा भोकल विषयमा नै मास्टर पढ्दै गरेकी उनै २३ वर्षीया गायिका जोनिसासँग रेजिना पाण्डेसँगको जम्काभेट : धेरै नै व्यस्त देखिनुहुन्छ नि ?  हो, सिक्ने, सिकाउने र गाउने काममा आजभोलि व्यस्त नै छु ।  तपाईमा राग संगीतमा… विस्तृत समाचार

​जिन्दगी यसरी नै चल्दो रहेछ– श्वेता खड्का, नायिका

चलचित्र कोहिनुरबाट नेपाली रजतपटमा डेब्यु गरेकी नायिका श्वेता खड्का श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समय पीडाका कारण घरमै बसिन् । पछिल्लो समय आफ्नो हिम्मत बटुलेर जीवनलाई अघि बढाउने प्रयासमा छिन् उनी । परिवार र आफन्तको सहयोगमा उनी फेरि चलचित्रमा फर्किएकी छिन् । चलचित्र कान्छीमा उनले लगानी गर्नुका साथै अभिनयसमेत गरेकी छिन् । उनै श्वेतासँग रेजिना पाण्डेले गरेको कुराकानी : पुनः फिल्मी क्षेत्रमा फर्कदा कस्तो लागिरहेको छ… विस्तृत समाचार

‘दोस्रो चरणको निर्वाचन सबैभन्दा सफल’

काठमाडौं, २४ असार । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भर्खरै सम्पन्न भएको दुई चरणका स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी निर्वाचन प्रक्रियामा निकै सुधार ल्याइने दृढता व्यक्त गरेका छन् । निर्वाचन प्रक्रियामा सुधार ल्याउन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवार पनि त्यतिकै सजग र सचेत रहनुपर्नेमा उनले जोड दिएका छन् । स्थानीय तह निर्वाचन, मतदातामा देखिएको उत्साह, मतगणनामा भएको ढिलाइ, निर्वाचन आचारसंहिता पालनालगायत समसामयिक… विस्तृत समाचार

​संगीतमा साधना र धैर्यता चाहिन्छ- रेखा पौडेल, संगीतकार

नेपालमा थोरै संगीतकारमध्ये एक हुन् रेखा पौडेल । चलचित्र तथा विभिन्न एल्बमहरुमा व्यस्त रहेकी उनको संगीत विद्यालय पनि छ । एक सयभन्दा धेरै गीतहरुमा संगीत भरिसकेकी उनै रेखासँग रेजिना पाण्डेको जम्काभेट : कत्तिको व्यस्त हुनुहुन्छ आजभोलि ?  व्यस्त नै छु । चलचित्रहरुमा पनि काम भइरहेको छ । आफ्नै संगीत विद्यालय आरोहमा पनि व्यस्त हुन्छ । विभिन्न विद्यालयहरुमा पनि संगीत सिकाउँछु ।  संगीत भर्ने काम कतिको… विस्तृत समाचार

​कलाले नै मलाई कलाकार बनायो– मरिष्का पोखरेल, नायिका

बाल्यकालमा बलिउड नायिका माधुरीको नृत्य देखेपछि आफू पनि एक दिन त्यस्तै कलाकार बन्छु भन्ने सपना जागेको थियो मरिष्का पोखरेललाई । जुन सपना पूरा गर्न उनलाई १९ बर्ष लाग्यो । नेपाली चलचित्र ‘के म तिम्रो होइन र ?’ बाट डेव्यु गरेकी नायिका मरिस्काले चपली हाइट–२ र धेरै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन् । बिभिन्न ‘¥याम सो’ हरुमा काम गरेकी मरिस्काले बलिउड चलचित्र यारा पनि अभिनय गर्ने… विस्तृत समाचार

​नायिका बन्ने सपना छ–निकिता चन्दक, मिस नेपाल

१९ जना प्रतियोगीहरुलाई उछिन्दै निकिता चन्दक यो बर्षको मिस नेपाल बन्न सफल  भएकी छिन् ।   मिस नेपालको क्राउन लगाउदाको क्षण सपना जस्तो लागेको  उनी बताउँछिन् ।  मोरङको उर्लाबारीमा जन्मिएकी उनीले भारतमा अध्ययन गर्नुका साथै र मोडलिङ यात्रा शुरु गरेकी थिइन ।  निकिताले थुप्रै  ‘फेसन सो’ हरुमा भाग लिइसकेकोले उनीलाई मिस नेपाल प्रतियोगिताको प्रतिस्पर्धामा उत्रिन सहयोग पुग्यो ।  २२ औ मिस नेपालको ताज पहिरिदा आफुले… विस्तृत समाचार

​ममाथि कसैको नजर नै परेन-अशिष्मा नकर्मी, नायिका

नायिका अशिष्मा नकर्मी नेपाली रजतपटमा   नयाँपुस्ताकी चर्चित नायिका हुन् ।  दुई दर्जन फिल्म र दर्जनौं म्युजिक भिडियोमा काम गरेकी उनले अर्धकट्टी र बाटोमुनीको फुल –२ चलचित्रबाट प्रशंसा कमाइन् । भर्खर मात्र चलचित्र मेलाको सुटिङ सिद्धाएर बसेकी उनै अशिष्मासँग रेजिना पाण्डेले गरेको कुराकानीः  कस्तो छ आजभोलिको व्यस्तता ?  चलचित्रको काम र  म्युजिक भिडियोमा  नै बढी व्यस्त छु । चलचित्र राधे रिलिज भयो,  राम्रै भयो ।… विस्तृत समाचार

​राजनीति गर्दागर्दै प्रेम गर्ने फुर्सद नै भएन-सुशीला पाख्रिन, उपमेयर, बाह्रबिसे नपा

नेपाली कांग्रेसको गढ भनेर चिनिएको बाह्रबिसे नगरपालिकामा एमालेले जितेको छ । मेयरमा निमफुन्जो शेर्पा र उपमेयरमा सुशीला पाख्रिन कांग्रेसको गढ भत्काउन सफल भएका छन् । कसैले पत्याएको थिएन, बाह्रबीसेमा कांग्रेसलाई पराजीत गर्न सकिन्छ भनेर । तर एमालेका शेर्पा र पाख्रिन कांग्रेसलाई पराजित गरेर नगरपालिकामा निर्वाचित भए । स्कुलदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटीमा काम गर्दै जिल्ला तहको नेतृत्व गरेर एमालेको राजनीतिमा लागेकी बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनसँगको… विस्तृत समाचार

गलजको एल्बम निकाल्ने तयारीमा छु–निशा देसार, गायिका

सुमधुर स्वरकी धनी निशा देसार गजल तथा आधुनिक गायन क्षेत्रमा सुपरिचित नाम हो । ‘भन्न त भन्छन् मान्छेहरू जमाना खराब छ’, ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्न थाल्यो’, ‘अजनवी’ जस्ता चचित गीतमा उनकै स्वर भरिएको छ । एक दशकअघिदेखि गायनक्षेत्रमा आवद्ध निशाले लगभग पाँच सय जति गजल र आधुनिक गीत गाइसकेकी छिन् । उनै निशा देसारसँग रेजिना पाण्डेले गरेको कुराकानी : सांगीतिक यात्र कसरी शुरु भयो… विस्तृत समाचार