खबर

​नेपाल र पाकिस्तानबीच राजनीतिक तिक्तता छैनः पाकिस्तानी राजदूत जाभेद

काठमाडौं, २२ कार्तिक । नेपाल विश्व सम्बन्ध परिषद् (एनसीडब्लूए)ले नेपाल पाकिस्तान सम्बन्धः सम्भावना र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  एनसीडब्लूएको हल पुल्चोक ललितपुरमा नेपालका लागि पाकिस्तानी राजदुत मजर जाभेदको उपस्थितिमा मंगलबार कार्यक्रमको आयोजना गरेको हो । एनसीडब्लूएका महासचिब असिम थापाको स्वागत मन्तव्यबाट शुरुआत भएको कार्यक्रममा सहभागीहरुसँग प्रश्नोत्तर तथा अन्तक्र्रिया पनि गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं राजदुत जाभेदले नेपाल र पाकिस्तानबीच… विस्तृत समाचार

​कांग्रेसमा प्रधानमन्त्री घोषणा गर्नेको लर्को ?

काठमाडौं, २० कात्तिक । वाम गठबन्धनका कारण प्रतिनिधिसभाका कुनै पनि सिटमा जित्ने निश्चित नभएको नेपाली कांग्रेसमा प्रधानमन्त्री घोषणा गर्नेको लर्को नै लागेको छ । तर कांग्रेस पार्टीले भने आगामी मंसिर १० र २१ को निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा कसैलाई अगाडि सारेको औपचारिक जानकारी दिएको छैन । तर बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि केन्द्रीय सदस्य प्रकाशमान सिंहसम्मले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै मत माग्न थालेका छन् । पार्टी… विस्तृत समाचार

राजस्वका घुस्याहा कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, २० कात्तिक । आन्तरिक राजसव कार्यालय, कम्प्युटर शाखा, जनकपुरमा कार्यरत रामकिशोर महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  पसल बन्द गर्नका लागि सेवाग्राहीसँग ५० हजार रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले करारमा नियुक्त माली राजकिशोर भन्ने रामकिशोर महतोले सेवाग्राहीबाट ५० हजार लिई रु.१८ हजार रुपैयाँ राजस्वमा दाखिला गरी बाँकी ३२ हजार रुपैयाँ घुसबापत लिएको पुष्टी… विस्तृत समाचार

​बधाई पाए, जिम्मेवारी पाएनन्

काठमाडौं, १४ कात्तिक । गत हप्ता दुई वटा समाचारले राजनीतिमा तरंग ल्यायो । पहिलो गगन थापा कांग्रेसको प्रवक्ता बनेको र दोस्रो मोहन बस्नेतले गृहमन्त्रीको जिम्मेवारी पाएको । तर ती दुवै फेक समाचार थिए । सामाजिक सञ्जालको जमानामा फेक समाचार भए पनि त्यसले ठूलै तरंग ल्यायो । फेसबुक, अनलाइनभरि यो समाचार भाइरल बन्यो । दुवै समाचार सम्बन्धित नेताले नै बाहिर ल्याएका थिए । तर, दुवै जना… विस्तृत समाचार

​जम्बो संसदीय समिति गठनप्रति रामचन्द्र पौडेलका छोराको ब्यंग्य

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले नेपाली कांग्रेसले गठन गरेको जम्बो संसदीय बोर्डप्रति ब्यंग्य गरेका छन् । बुधबार कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १७ सदस्यीय संसदीय बोर्ड गठन हुनासाथ सामाजिक संजाल फेसबुकमा पौडेलले टिप्पणी गरेका छन् । उनले लेखेका छन्–‘१७ जना संसदीय समिति सदस्यले प्रतिनिधिसभामा अत्यधिक बहुमतले बिजयी हुनुुहुनेछ । अग्रिम शुभकामना ।’  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार… विस्तृत समाचार

वन मन्त्रालयमा जलमाफियाको चलखेल

दोलखा, २५ असोज । वन मन्त्रालयले भोगाधिकार नै नदिएको र सामुदायिक वनको भेला नै नराखी माओवादी निकट ब्यापारी कृष्ण आचार्यको पिपुल्स हाइड्रोपावरले खिम्ती जलविद्युत आयोजना निर्माणका लागि वन जंगल फँडानी गरेपछि वन मन्त्रालयले छानबिन सुरु गरेको थियो । तर जलमाफिया आचार्यको प्रभावमा परी वन मन्त्रालयले स्थानीय बासिन्दालाई नै थाहा नदिई छानबिन समितिको टोलीलाई आयोजनास्थलमा पठाएको छ । वन मन्त्रालयले गठन गरेको छानबिन टोलीका संयोजक सिन्धुलीका… विस्तृत समाचार

​बैदेशिक रोजगारमा अनुगमन आतंक

काठमाडौं, २७ भदौ । बैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले चुनाव खर्च मागेका कारण कर्मचारी फेरबदल गर्नुपरेको खुलासा गरेका छन् । उनले बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलको सर्वाधिक आकर्षक लिगलाइजेसन शाखामा कर्मचारी सरुवा गरी १ करोड रुपैयाँ संकलन गरेको आरोप छ । अनुगमनका नाममा पनि उनले प्रत्येक म्यानपावरहरुसँग ५ लाखका दरले घुस माग्ने गरेको पीडित बताउँछन् । नदिनेको… विस्तृत समाचार

​अकूत सम्पत्ति कमाउने हाकिममाथि मुद्दा दायर

काठमाडौं, २६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण, उत्पादन सञ्चालन तथा संभार विभागका पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जनमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले श्रेष्ठविरुद्ध सार्वजनिक सेवाको पदमा रहँदा मर्यादाविपरीतका कार्य गरी स्रोत पुष्टी हुन नसक्ने अकुत सम्पत्ति आर्जन गरेको हुँदा आवश्यक छानबिन गरी आज मुद्दा दायर गरेको छ ।  नेपाल विद्युत प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको… विस्तृत समाचार

​बालबालिकाले देखाए प्रतिभा

काठमाडौं १९ भदौ ।– ‘लिटिल स्टार २०१७’का प्रतियोगीले आफुमा रहेको प्रतिभा प्रस्तुत गरे । राजधानीको नेपा ब्याङ्क्वेटमा आयोजित प्रतियोगीताको ट्यालेन्ट राउण्ड अन्तर्गत उनीहरुले आफुमा रहेको बिभिन्न प्रतिभा प्रस्तुत गरेका हुन् । कार्यक्रममा अधिकाम्स प्रतियोगीले पप, आधुनिक र चलचित्रका गीतमा नृत्य गरे, भने केही प्रतियोगीले गायन, कविता लगायतका प्रतिभा प्रस्तुत गरेका थिए  । ट्यालेन्ट राउण्डको जर्जको रुपमा गायक राजु महर्जन, मेकअप आर्टिस रश्मि श्रेष्ठ,  नृत्य निर्देशक… विस्तृत समाचार

​कलाकार ज्योतिप्रकाशको आमा थिमको चित्रकला प्रदर्शनी

काठमाडौं १९ भदौ । ज्योतिप्रकाश विश्वकर्मा पेशाले कलाकार हुन् । ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका ज्योतिप्रकाश यतिखेर कलाले भरिपूर्ण हुँदै अगाडि बढेका छन् । ७ औं चित्रकला प्रदर्शनीमार्फत ज्योति नेपाल आर्ट काउन्सिलमा ‘आमा’ शीर्षकमा देखिए ।  ‘मेरो देश नै मेरी आमा हुन्’, ज्योति प्रकाश भन्छन्, ‘आमा आफँैमा एउटा फराकिलो शब्द हो । यो शब्दले देशको अवस्थालाई प्रतिनिधित्व गर्छ । देशमा भएका हजारौँ आमाका कथा, व्यथा… विस्तृत समाचार