खबर

प्रधानमन्त्री ओलीको उपस्थितिमा मेलम्ची–काठमाडौं सुरुङको अन्तिम ब्रेक थ्रु गरिने

काठमाडौं, २७ चैत्र ।  राजधानी उपत्यकामा खानेपानी आपूर्ति गर्न खनिएको मेलम्ची–काठमाडौं सुरुङको अन्तिम ब्रेक थ्रु प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा गरिने भएको छ । बिहिवार प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा मेलम्चीको तेस्रो तथा अन्तिम सुरुङ सिन्धु–ग्यालथुम खण्डको ब्रेक थ्रु गर्ने कार्यक्रम रहेको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ । मन्त्री बिना मगरले पत्रकार सम्मेलन नै आयोजना गरेर मेलम्ची आयोजनाको सुरुङ औपचारिक रुपमा विहिवार ब्रेक थ्रु गर्न लागिएको… विस्तृत समाचार

प्रम ओली फर्कदै, गृहमन्त्री सिंहद्वारा विदाई

काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । आज साँझ ६ः०७ बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले विदाई गरेका छन् ।  इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री सिंहले ५४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको औपचारिक विदाई गरेका हुन् । प्रम ओली ७ः४० बजे काठमाडौंमा अवतरण गर्नेछन् । तीन दिने भारत भ्रमण सम्पन्न गरी प्रधानमन्त्री स्वदेश फर्कदा… विस्तृत समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा नेता नेपाल चीन भ्रमणमा

दृष्टिन्यूज काठमाडौं, २५ चैत्र ।  चिनियाँ कम्यनिष्ट पार्टीको निमन्त्रणामा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पाँच दिने चीन भ्रमणको क्रममा शनिबार साँझ बेईजिङतर्फ उडेका छन् । एमालेकै अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भारत भ्रमणमा छन् । पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल चीन सरकारद्वारा आयोजित एक कार्यक्रममा विशेष अतिथिका रुपमा चीनतर्फ उडेका हुन् ।  चीनको संघाईमा हुने संघाई कोअपरेशन नामक संस्थाद्वारा आयोजिक फोरममा भाग लिने… विस्तृत समाचार

भारतसँग मित्रता चाहन्छौंः प्रम ओली

काठमाडौं २४ चैत्र ।  भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्माले भारतीय सेनाको तर्फबाट प्रदान गरेको गार्ड अफ अनर ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले भातरसँग मित्रता चाहेको बताएका छन् ।   शनिबार बिहान भारतीय राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएपछि प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भने ‘मित्रता सबभन्दा महत्वपूर्ण कुरा हो र मित्रतासित कुनै कुराको तुलना हुँदैन’, उनले भने, कुनै… विस्तृत समाचार

वैशाखदेखि रारामा फ्रि वाइफाई

सुर्खेत, २२ चैत कर्णाली प्रदेश सरकारले नेपालकै सबैभन्दा ठूलो ताल रारामा आउँदो वैशाख १ गतेदेखि फ्रि वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ ।  रारा कर्णाली पर्यटन वर्ष—२०७५को शुभारम्भ कार्यक्रमसँगै रारामा घुम्न जाने पर्यटकका लागि आगामी वैशाख १ गतेदेखि फ्रि वाइफाइको सेवा जडान गर्न लागिएको हो । सरकारले रारा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै रारा ताल वरपर फ्रि वाइफाइको व्यवस्था गर्न लागेको कर्णाली प्रदेश… विस्तृत समाचार

परिणाम आउने गरी काम गर्न सञ्चार मन्त्रीको निर्देशन

दृष्टिन्यूज काठमाडौं, २१ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले परिणाम आउने गरी जनताका पक्षमा काम गर्न सम्बद्ध निकायका प्रमुखलाई दिर्नेशन दिएका छन् ।  मन्त्रालयस्तरीय समस्या समाधान समितिको बुधवार बसेको बैठकमा राज्यमन्त्री बाँस्कोटाले कम खर्चमा जनतालाई सुविधा हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिँदै भने,“यस आर्थिक वर्षको बाँकी चार महिनामा केही न केही नयाँ काम गर्नुपर्छ, दीर्घकालीन योजना ल्याउनुहोस्, मन्त्रालय सहयोग गर्न… विस्तृत समाचार

विरोधीहरुलाई नआत्तिन प्रधानमन्त्री ओलीको आग्रह

दृष्टिन्यूज काठमाडौं, १९ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नविन सोचका साथ अघि सारेको राम्रो कामको सुरुवातबाट विपक्षीहरुलाई नआत्तिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘समाजबादतर्फ मुलुक अघि बढ्ने बताउँदा किन कसैलाई चित्त दुख्छ ?’ गरीबिको रेखामुनी रहेका ३६ प्रतिशत जनतालाई धनी बनाउने भन्दा कोही आत्तिनु नपर्ने बताउँदै ओलीले विपक्षीहरुलाई संयमता अपनाउन आग्रह गरेका हुन् ।  नेकपा एमाले प्रचार विभागद्धारा स्थापित मदन भण्डारी राष्ट्रिय… विस्तृत समाचार

परराष्ट्रमन्त्री बिना नै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

दृष्टिन्यूज काठमाडौं, १९ चैत्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो भारत भ्रमण हरेक हिसाबले यसअघिका भ्रमणभन्दा कम महत्वको हुने भएको छ । अरु त परको कुरा सामान्यतया प्रधानमन्त्री तथा राष्ट्रपति विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्री साथमा हुने प्रचलन यस पटक पनि तोडिने भएको छ । प्रधानमन्त्री राजकीय भ्रमणमा भारततर्फ उड्नु एक दिन अघि नै परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली अजरबैजानतर्फ जानेछन् । यही चैत्र २२ र… विस्तृत समाचार

प्रधानमन्त्री ओलीलाई चीनमा भव्य स्वागतको तयारी

नबराज न्यौपाने/दृष्टिन्यूज काठमाडौं, १८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक साताभित्र दुई छिमेकी देशको भ्रमण गर्दैछन् । चीनको राजधानी बेईजिङबाट पूर्वमा रहेको हेनान प्रान्तको एक टापुमा यही चैत्र २५ देखि २८ गतेसम्म हुन गइरहेको बोआओ फोरममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न चीनले भव्य तयारी गरेपछि प्रधानमन्त्री ओलीले ७ दिनभित्रैमा दुई छिमेकी देशको भ्रमण सम्पन्न गर्नैपर्ने अवस्था छ । त्यति मात्रै नभएर बोआओ फोरमको… विस्तृत समाचार

प्रधानमन्त्रीद्वारा दृष्टि सम्पादक श्रेष्ठसहित नौ पत्रकार पुरस्कृत

दृष्टिन्यूज काठमाडौ, १७ चैत्र । दृष्टि मिडिया प्रा.लि अन्तर्गत सञ्चालित दृष्टिन्यूज डटकम तथा विगत २५ वर्षदेखि निरञ्तर प्रकाशन हुँदै आएको दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार एक समारोहका बीचमा संयुक्त रुपमा पुरस्कृत गरेका छन् ।  रिपोर्टर्स क्लव नेपालको २० औं बार्षिकोत्सवको अवसरमा शनिबार राजधानीमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओली तथा विशिष्ट अतिथि… विस्तृत समाचार