खबर

काठमाडौंको मेयरमा १६ हजार मतले एमाले अगाडि

उपमेयरमा २० हजारभन्दा बढी मतले कांग्रेसको अग्रता काठमाडौं, १२ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्यले ५४ हजार ७ सय ८८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।  ३२ वडा रहेको यस महानगरमा २५ वडाको नतिजा सार्वजनिक भइसक्दा प्रमुख पदमा एमाले पहिलो र दोस्रोमा नेपाली कांग्रेसका राजुराज जोशीले ३८ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । विवेकशीलका रञ्जु दर्शनाले… विस्तृत समाचार

कांग्रेसलाई उम्मेदवार छनोट गर्न गाह्रो

बैतडी, १२ जेठ । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ ।  बैतडीका १० वटा स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा प्रमुख र उपप्रमुखका आकाङ्क्षी धेरै भएकाले उम्मेदवारको टुङ्गो लगाउन केन्द्रीय कार्यसमितिमा नामावली पठाएको काँग्रेसका जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । उनले एक–दुई दिनभित्रै उम्मेदवारको टुङ्गो लागेर आउने बताए । नेपाली काँग्रेस बैतडीले सुर्नया गाउँपालिका, शिवनाथ गाउँपालिका… विस्तृत समाचार

बल्ल देखिन थाले हिमाली जटायु

बेनी (म्याग्दी), ११ जेठ । म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध( देखिन थालेका छन् ।  विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिए । … विस्तृत समाचार

​काठमाडौं महानगरमा एमाले ७ हजार मतले अगाडि

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ७ हजार मतले अगाडि छन । ६९ हजार ६५४ मत गणना गर्दा एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले २३४२३, नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले १६४८५ मत प्राप्त गरेका छन् ।  विस्तृत समाचार

जुस सर्किएर बालकको मृत्यु

बनियानी (झापा), ७ जेठ । झापाको शिवसताक्षी नगरपालिकामा जुस सर्किएर एक बालकको मृत्यु भएको छ ।  शिवसताक्षी–८ डुरामारीका रुपदोष श्रेष्ठका छ वर्षीय छोरा गौरव श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । शनिबार बेलुका ओरेन्ज जुस पिउँदा सर्किएर सिकिस्त बिरामी भएपछि उपचारका लागि लाइफलाइन अस्पताल दमक लैजाने क्रममा बालकको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  विस्तृत समाचार

भरतपुर महानगरमा एमालेको अग्रता

काठमाडौं, ७ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार ज्ञवालीको पक्षमा १७८७६ र कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालको पक्षमा १६९४७ मत प्राप्त भएको छ ।  विस्तृत समाचार

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट, ७ जेठ । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटर मात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ ।  नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमिमध्ये आठ किमि मात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ । जाजरकोट–डोल्पा सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय… विस्तृत समाचार

काठमाडौं महानगरमा एमालेलाई ४७ सय मतको अग्रता

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)का उम्मेदवार विद्यासुन्दर शाक्य निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीभन्दा झन्डै ४७ सय मतले अगाडि देखिएका छन् । पछिल्लो मतगणनामा शाक्यले १५०५५, जोशीले १०३७३, माओवादी केन्द्रले १७३७ मत प्राप्त गरेका छन् ।  विस्तृत समाचार

तीन महानगरमा एमालेको अग्रता कायमै

काठमाडौं, ६ जेठ । ललितपुरबाहेक काठमाडौं, भरतपुर र पोखरा–लेखनाथ महानगरपालिकामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता कायम गरेका छन् । भरतपुरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनकी रेणु दाहालले लिएको अग्रतालाई एमालेका देवी ज्ञवालीले उछिनेका छन् । यद्यपि, भरतपुरमा मतगणनामा विवाद भने देखिएको छ । मतगणनालाई सुचारु गर्न सर्वदलीय बैठक बसेको छ । विस्तृत समाचार

​बानियाँटारमा ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं, ६ जेठ । शनिबार बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।  बिहान ५ बजेतिर बाटामा हिँडिरहेको अवस्थामा तीव्र गतिमा आएको मिनी ट्रकले ठक्कर दिँदा तनहुँ व्यास नगरपालिका घर भई हाल बानियाँटार बस्दै आएका ३५ वर्षीय ऋषिराम पण्डितको मृत्यु भएको हो । उनलाई बा २ ख ५७३० नंको मिनी ट्रकले ठक्कर दिएको स्थानीयवासी मधुसूदन ढकालले जानकारी दिए । ढकालका अनुसार ट्रक… विस्तृत समाचार