खबर

​यसरी थाहा पाउनुस् एसएलसीको रिजल्ट

काठमाडौं, २ असार । एसएससी परीक्षाको नतिजासम्बन्धी प्रारम्भिक विवरण वेबसाइट, एसएमएस र आईभीआर (इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स)बाट हेर्न र सुन्न सकिनेछ परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  एसएमएस र आईभीआरबाट नतिजा थाहा पाउन आठवटा संस्था तथा फर्म निर्धारण गरिएका छन् । वेबसाइटतर्फ सरकारी तथा निजी गरी नौ वटाबाट जानकारी लिन सकिनेछ ।  वेबसाइट www.moe.gov.np, wwww.doe.gov.np, www.soce.gov.np,  www.slcresult.soce.gov.np, www.slc.ntc.net.np, नेपाल टेलिकमको PSTN, CDMA, Postpaid, prepaid मार्फत  १६००… विस्तृत समाचार

ग्रेडअनुसार ११ मा पढ्न पाइने

काठमाडौं, २ असार । यस वर्ष एसएलसी पास गर्ने विद्यार्थीमध्ये कस्ताले कक्षा ११ मा भर्ना हुन पाउने भन्ने मापदण्ड बनाइएको छ ।  उच्च माध्यमिक शिक्षा परिषद्ले १२ विषयमा आवश्यक गे्रडिङ र ग्रेड प्वाइन्ट एभरेज (औसत) निर्धारण गर्दै कक्षा ११ मा भर्ना हुन कम्तीमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपालीमा ‘डी प्लस’ आवश्यक पर्ने बताएको छ । विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीले विज्ञान र गणितमा… विस्तृत समाचार

एसएलसीको नतिजा बिहीबार

काठमाडौं, १ असार । परीक्षा नियन्त्रण कार्यालयले प्रवेशिका (एसएलसी) परीक्षा २०७२ को नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । अक्षरांकन (लेटर ग्रेडिङ) प्रणालीमा परीक्षाफल प्रकाशन गर्ने काम पूरा भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए । परीक्षार्थी तथा अभिभावकले विषयगत ग्रेड र ग्रेड प्वाइन्ट एभरेज (जीपीए)सहितको नतिजा हेर्न पाउनेछन् । नतिजाका लागि राखिएका विकल्पमा गएर परीक्षार्थीको सिम्बोल नम्बर राख्दा नतिजाको ग्रेड प्वाइन्ट मात्र आउँछ भने… विस्तृत समाचार

​राष्ट्रपतिद्वारा लोकसेवाको प्रशंसा

काठमाडौं, १ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको परामर्श र कार्यक्षेत्र व्यापक बनेको भन्दै खुसी व्यक्त गरेकी छन् ।  आयोगको ६६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई राष्ट्रसेवामा आकर्षित गर्न आयोग सफल भएको बताएकी हुन् । राष्ट्रपतिले नेपालको सबैभन्दा पुरानो र अग्रणी संवैधानिक निकायका रूपमा आयोगले प्राप्त गरेको उपलब्धिको अरूले अनुसरण गर्न आवश्यक रहेको धारणा व्यक्त गरिन् ।  कार्यक्रममा राष्ट्रपतिले आयोगको प्रतीक चिह्न… विस्तृत समाचार

​श्रीमान् बितेको ३४ वर्षपछि पेन्सन

काठमाडौं, १ असार । नेपाली सेनाका एक जवानका परिवारले ३४ वर्षपछि निवृत्तिभरण पाएका छन् । सेनाको गोरखबहादुर गणमा कार्यरत नामाडी–६ रामेछापका सिपाही वीरबहादुर खड्काको १८ माघ ०३९ मा निधन भएको थियो । तर, उनको परिवारले हालसम्म पेन्सन पाएको थिएन ।  अहिले उनकी श्रीमती पदममाया खड्का ८१ वर्षकी भइन् । श्रीमान् बितेको ३४ वर्षपछि उनले सेनाबाट एकमुष्ठ निवृत्तिभरण पाएको नयाँ पत्रिका दैनिकले लेखेको छ । सैनिक अभिलेखालयले… विस्तृत समाचार

​चार एआईजीले कामै पाएनन्

काठमाडौं, १ असार । सर्वोच्च अदालतको आदेशअनुसार दुई महिनाअघि बढुवा भएका चार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कामविहीन भएका छन् ।  मन्त्रिपरिषद्को निर्णयअनुसार गृह मन्त्रालयले पदस्थापन गर्न नसक्दा एआईजीहरू यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलबरसिंह थापा कामविहीन भएको नयाँ पत्रिका दैनिकले लेखेको छ । सरकारको निर्देशन गृहद्वारा बेवास्ता बढुवा भएकै दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्र पठाउँदै चार एआइजीलाई पदस्थापन गर्न निर्देशन दिएको… विस्तृत समाचार

जथाभावी टावर राख्दा समस्या : गृह

काठमाडौं, १ असार । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले देशका विभिन्न ठाउँमा जडान गरेका टावरको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएको छ । गृहले भने टावरपिच्छे सुरक्षा व्यवस्था मिलाउन कठिन हुने स्पष्ट पारेको कारोबार दैनिकमा खबर छ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले टावर तोडफोड तथा आगजनी गर्न थालेपछि एनसेलले सुरक्षा माग्दै नेपाल दूरसञ्चार प्राधिकरणमार्फत निवेदन दिएको गृहले जनाएको छ । सरकारलाई… विस्तृत समाचार

यार्सा पाउनै छाडियो

भ्राका (मनाङ), १ असार । धादिङ गैरीगाउँका कैबहादुर तामाङ यार्सागुम्बा खोज्न पत्नीलाई लिएर मनाङ आए । यार्सा खोज्न भन्दै वैशाख २६ गतेदेखि मनाङको भ्राका लेक चहारेका तामाङ दम्पती जेठ अन्तिम साता खाली हात घर फर्कंदै थिए ।  ‘यस वर्ष आम्दानी लिन सकिएन,’ कैबहादुरले भने, ‘पुर्जी रकम तिर्न पनि धौधौ पर्यो । पानी नपर्दा कीरा नभेटिएकाले सोचेजति आम्दानी लिन सकिएन ।’ उनीहरूसँगै आएकी उर्मिला तामाङले एक… विस्तृत समाचार

एम्बुलेन्सभित्र छटपटी

काठमाडौं, ३२ जेठ । धादिङ सदरमुकाम धादिङबेसीबाट गम्भीर प्रकृतिको बिरामी बोकेर हिँडेको एम्बुलेन्सलाई काठमाडौंको वीर अस्पताल आइपुग्न ४ घण्टा लाग्यो । सामान्य अवस्थामा भएको भए डेढ घण्टामा उक्त एम्बुलेन्स अस्पताल आइपुग्थ्यो । मुटु दुख्ने व्यथाले छटपटाएकी ८६ वर्षकी उषामाया तामाङलाई बाटोमै मर्छु कि जस्तो लागेको थियो । नलागोस् पनि किन, कलंकीबाट वीर अस्पताल आउँदा उनी चढेको एम्बुलेन्स त्रिपुरेश्वरमा आधा घण्टाभन्दा बढी जाममा फस्यो । चालक… विस्तृत समाचार

​ताप्लेजुङमा झरीले सास्ती, दुईको ज्यान गयो

ताप्लेजुङ, ३२ जेठ । ताप्लेजुङमा अविरल वर्षाका कारण ढिस्को खसेर घर भत्किँदा पुरिएर दुई जनाको ज्यान गएको छ । मंगलबार बिहान २ बजे ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरूको पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । मृतकमा ताप्लेजुङ नगरपालिका–८ का ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ छन् । उनीहरुकी आमा ३० वर्षीया सीता र दिदी १२ वर्षीया अस्मिता… विस्तृत समाचार