खबर

दुई जना सचिवमा बढुवा

काठमाडौं, ३१ असार । मन्त्रिपरिषद् बैठकले न्याय सेवाको विशिष्ट सेवामा बढुवा गरी मणिराम ओझालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पदस्थापन गर्ने निर्णय गरेको छ । प्रशासनतर्फ उपराष्ट्रपति कार्यालयका सहसचिव पुरुषोत्तम पौडेललाई बढुवा गरी क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेतमा पदस्थापन गरिएको छ ।  विस्तृत समाचार

आदित्य संरक्षण प्रतिष्ठानलाई १ करोड

काठमाडौं, ३१ असार । ‘गुगल ब्वाई’ भनेर चिनिने आदित्य दाहालको नाममा स्थापित आदित्य संरक्षण प्रतिष्ठानलाई सरकारले १ करोड रुपैयाँ दिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रतिष्ठानको सवारी साधन, आवास र साधनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न भन्दै उक्त रकम दिने निर्णय गरेको हो ।  विस्तृत समाचार

‘आतंकको छाया’मा फ्रान्स

काठमाडौं, ३१ असार । आतंककारी हमला भएको झन्डै नौ महिनामै फ्रान्सले फेरि उस्तै विपत्तिको सामना गर्नुपरेको छ । राजधानी परिसमा आतंककारी हमला बेहोरेको फ्रान्सको दक्षिणी सहर निसमा शुक्रबार त्यस्तै प्रकृतिको आक्रमण भएको छ । बास्टिल दिवस मनाएपछिको भीडमा लरी गुडाउँदा किचिएर मर्नेको संख्या  ८४ पुगेको छ । यद्यपि, उक्त लरीमा बन्दुक र बम फेला पारिएको समाचार जनाइएको छ ।    फ्रान्सका राष्ट्रपति फ्रान्सिसको हल्यान्डले आक्रमण… विस्तृत समाचार

फ्रान्समा लरीले किचेर ८४ को हत्या, थुप्रै घाइते

काठमाडौं, ३१ असार । फ्रान्सको दक्षिणी सहर निसमा बास्टिल उत्सव मनाएपछिको भीडमा लरी (ट्रक)ले किच्दा कम्तीमा ८४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दर्जनौं घाइते भएको अधिकारीले जनाएका छन् । थुप्रै बालबालिकामा मारिएको समाचारमा उल्लेख छ । ट्रकमा बम र बन्दुक बरामद भएको सञ्चारमाध्यमले जनाएका छन् । प्रोमिनेड देसस एङ्लेसमा आतिशबाजीपछि उक्त घटना भएको हो । प्रहरीले चलाएको गोली लागी चालकको मृत्यु भएको जनाइएको छ… विस्तृत समाचार

केसीलाई चिकित्सक खटाउन प्रशासनसँग अनुमति मागियो

काठमाडौं, ३० असार । त्रिवि शिक्षण अस्पताल प्रशासनले ‘आमरण अनशन’ रहेका प्राध्यापक डा. गोविन्द केसीको गिरावट हुँदै गएको स्वास्थ्यमा निगरानी र आवश्यक उपचारका लागि विशेषज्ञ चिकित्सक खटाउन जिल्ला प्रशासनसमक्ष सुझावका साथ अनुमति मागेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महराले उक्त आसयको पत्र बुधबार जिल्ला प्रशासनसमइा पठाएका छन् । बिहीबारसम्म त्यसबारे निर्णय हुने अपेक्षा गरिएको छ । जिल्ला प्रशासनले डा. केसीलाई अनशन नगर्न र… विस्तृत समाचार

​चीनले ललुङमा सीमा मिच्यो

काठमाडौं, २९ असार । चीनले लिमी गाविसस्थित ललुङमा सीमा मिचेर एकतर्फी भौतिक संरचना निर्माण गरेको छ । अघिल्लो वर्ष बनाएको घरनजिकै थप संरचना थालेको स्थानीयवासीले बताएका छन् । लिमी–३ हल्जीका पाल्ज्योर तामाङले हराएको ११ नम्बर सीमा स्तम्भभन्दा चार किलोमिटर वारिको नेपाली भूमि ललुङमा घर बनाएको बताएको कान्तिपुर दैनिकमा खबर छ । ‘अघिल्लो वर्ष त्यो ठाउँमा एउटा भवन थियो,’ उनले भने, ‘अहिले थप भौतिक निर्माण थालेको… विस्तृत समाचार

केसीलाई समर्थन जुटाउन सांसदलाई एसएमएस

काठमाडौं, २९ असार । चार बुँदे भाग राख्दै आमरण अनशनमा बसेका डा. गोविन्द केसीको पक्षमा समर्थन जुटाउन एसएमएस क्याम्पियन सुरु भएको छ । पहिलो चरणमा सांसदहरुलाई मोबाइल एसएमएस गर्दै समर्थन टुटाउने अभियान सञ्चालन गरिएको हो । मुलक बचाऔं तपाईं केसीको पक्षमा कि भ्रष्टाचारको ? छनोट गर्नुहोस् भन्दै मंगलबार सांसदहरुलाई मोबाइलबाट एसएमएस पठाइ सहयोगीले क्याम्पियन जारी राखेका राजधानी दैनिकमा समाचार छ । मंगलबार दिनभर सांसदहरुलाई एमएमएस… विस्तृत समाचार

​नेपालसँग उपहारको मोल माग्दै भारत

काठमाडौं, २८ असार । भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरूप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ । सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ’एयर टु मिसाइल– एएलएच ध्रुव… विस्तृत समाचार

अनशनको तयारी गर्दै मनमोहन मेडिकल कलेज

काठमाडौं, २८ असार । प्रस्तावित मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेजले आफूलाई कलेज सञ्चालनका लागि अनुमति दिने तर सबै पूर्वाधार संरचना तयार भएपछि अध्ययनअध्यापनका लागि स्वीकृति नदिने काम भएको जनाएको छ ।  प्रस्तावित कलेजका मेडिकल निर्देशक डा. रामकुमार अधिकारीले यो अन्याय भएको उल्लेख गर्दै न्याय स्थापना गरिपाउन अनशन बस्ने जानकारी दिए । ‘हामी कसैका विरुद्धका अनशन बस्न लागेका होइनौं, कानुनको शासन स्थापना होस् भन्नाका लागि हो,’… विस्तृत समाचार

​‘पत्रकारलाई न्यूनतम पारिश्रमिक साउनदेखि नै’

काठमाडौं, २७ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताएका छन् ।  सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि १९ हजार ५००, कर्मचारी÷कामदारका लागि १४ हजार ४००, अन्य सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि १४ हजार १०० र कर्मचारी÷कामदारका लागि १२ हजार ५०० तलब तोक्ने निर्णय वैशाख २३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । पछिल्लोपटक न्यूनतम पारिश्रमिक… विस्तृत समाचार