मध्य

​७ नम्बर प्रदेशमा वाम गठबन्धनले प्रष्ट बहुमत ल्याउने निश्चित

नन्दा थापा, मंसिर २७ बाजुरा । ७ नम्बर प्रदेशमा बाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीमा नेकपा एमाले बैकल्पिक पोलिटव्यूरो सदस्य कर्णबहादुर थापाको नाम चर्चामा रहेको छ । नेकपा एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी नेता लेखराज भट्ट, प्रतिनिधिसभाको उम्मेदवार बनेलगत्तै थापाको नाम चर्चामा आएको थियो । थापा प्रदेश सांसद बनिसकेका छैनन् । थापाको नाम एमालेले आयोगलाई पठाएको समानुुपातिक सूचीमा दोस्रो नम्बरमा छ । प्रत्यक्षतर्फ जितेका… विस्तृत समाचार

​तालबाराहीमा अपूर्व वैवाहिक अनुष्ठान

श्याम रिमाल । सधैंँ तालबाराही मन्दिर जाने आउने यात्रु तथा डुँगाको चहलपहल मात्र हुने फेवाताल किनारामा यसै साल मङ्सिर ६ गते  बिहान छुट्टै रौनक थियो । अघिपछि सामान्य अवस्थामा रहने डुङ्गामध्ये चार पाँच वटा  डुङ्गा त्यो दिन बेहुलीझँै चिटिक्क पारेर सिँगारिएका थिए । डुङ्गा तालमा हिँड्दा पनि पञ्चैबाजा घन्किरहेको थियो ।  दुलही पक्ष बिहानदेखि नै तम्तयार थियो जग्गे सजाउन, बिहे सामग्री तम्तयारी गर्न र जन्तीलाई… विस्तृत समाचार

​लुम्बिनीमा वाम गठबन्धन भर्सेस लोकतान्त्रिक गठबन्धन

चन्द्रकान्त खनाल, बुटवल १८ मंसिर । सबैको ध्यान आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा केन्द्रित छ । पहिलो चरणको निर्वाचन सकिएसँगै उम्मदेवारले प्रचारप्रसारलाई तीव्ररुपमा अगाडि बढाएका छन् । उनीहरु मतदातालाई आफ्नो पक्षमा पार्न धान काट्नेदेखि हलो जोत्नसम्म बाँकी राखेका छैनन् । तर, कडा प्रतिस्पर्धा हुने लुम्बिनी अञ्चलका केन्द्रसँग सहजै पहुँच भएका नेताले जित्लान् कि हार्लान् भन्ने चर्चा चल्न थालेको छ । चन्द्र… विस्तृत समाचार

कांग्रेसले हार स्वीकार गरिसक्यो : नेपाल

काठमाडौं, १७ मंसिर । एमाले वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अघि नै कांग्रेसले पराजय स्वीकार गरिसकेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले हार स्वीकार गरेकै कारण जनताबीच एजेण्डाभन्दा वाम गठबन्धनविरुद्ध कू–प्रचार बढी गरिरहेको दाबी गर्नुभयो ।  ‘जनता वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आतुर देखिएपछि अत्तालिएर  कांग्रेस भ्रमपूर्ण कू–प्रचारमा लागेको… विस्तृत समाचार

​प्रचण्ड देश विकासमा केन्द्रित

काठमाडौं, १५ मंसिर । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ नम्बर क्षेत्रका बुद्धिजीवीले आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा देशलाई विकास गर्न बुद्धिजीवीको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै चितवनको विकासका लागि योजना बनाउन आफूलाई सुझाव दिन आग्रह गर्नुभयो ।  अध्यक्ष प्रचण्डले देश विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको बताउनुभयो । प्रचार अभियानमा रहनुभएका अध्यक्ष प्रचण्डले बिहीबार पत्रकारसँग कुराकानी गर्दै भन्नुभयो, जनताको मन… विस्तृत समाचार

​वाम गठबन्धनको बहुमत अब कसैले चाहेर पनि रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं, १४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको दुई तिहाई आउने सुनिश्चित भइसकेको दाबी गरेका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘०७० सालको चुनाव र स्थानीय तहको मतपरिणामको तथ्यांक हेरे हुन्छ नि, हाम्रो गठबन्धनको बहुमत अब कसैले रोक्न सक्दैन, किनकी हाम्रो गठबन्धनमा मनैदेखि हृदयदेखि एकता… विस्तृत समाचार

​संयुक्त वाम गठबन्धनको चितवनको शक्तिखोरमा घरदैलो

शक्तिखोर, चितवन, १३ मंसिर । संयुक्त वाम गठबन्धनका उम्मेदवार सहितको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम आज शक्तिखोरका विभिन्न क्षेत्रमा गरिएको छ । प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का उम्मदेवार कृष्णभक्त पोख्रेल र प्रदेश सभाका उम्मेदवार घनश्याम दाहाल सहितका सयौं स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागी भएका थिए । कालिका नगरपालिकाको वडा नं. ७ स्याउली बजार, सगुनटोल, जुटपानी बजार, कालिका ८ को न्यूरेनी, देवीटार… विस्तृत समाचार

​पाल्पा जिल्ला लाल किल्ला !

पाल्पा, १२ मंसिर । पाल्पामा वाम गठबन्धनका तर्फबाट एमालेका नेता तथा पूर्वमन्त्री सोमप्रसाद पान्डे क्षेत्र नं. २, पूर्वमन्त्री दलबहादुर राना क्षेत्र नं. १ बाट र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका नेता हरिप्रसाद नेपाल क्षेत्र नं. २ र नेता विजयराज घिमिरे क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका छन् । १ लाख ८१ हजार २ सय ५३ मतदाता रहेको पाल्पामा क्षेत्र नं १ मा ८५ हजार ९… विस्तृत समाचार

​रुपन्देहीमा वाम गठबन्धन ढुक्क

रुपन्देही, १२ मंसिर । रुपन्देही जिल्लामा दुई बाहलवाला मन्त्री र छ जना पूर्वमन्त्री चुनावी मैदानमा छन् । जिल्लामा पाँच केन्द्र र दश प्रदेश सभा सदस्य रहेको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको बाहुल्य रहेको जिल्लामा क्षेत्र नं २ बाहेक अन्यको नतिजा चुनावपछि मात्र आँकलन गर्न सकिने बताइएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट सरसफाई राज्यमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक र… विस्तृत समाचार

​पाल्पा जाने बाटोको विकल्प

पाल्पा, ३१ असोज । पाल्पा, स्याङजा, अर्घाखाँची, गुल्मी लगायतका जिल्ला जोड्ने सिद्धबाबा खण्डको सिद्धार्ज राजमार्गको बिकल्प खोजी हुन थालेको छ । बर्षेनी सिद्धार्थ राजमार्गको सिद्धबाबा राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा जाने पहिरोका कारण यात्रुहरु जोखिमपूर्ण यात्रा गर्दैआएका छन् । सिद्धबाबा क्षेत्रमा कुनै पनि बेला ढुंगा खसेर ज्यान जाला भन्ने त्रासका कारण पाल्पा, गुल्मीमा दशैं तिहारमा घर जानेको संख्या समेत घटेको छ । दशैंमा घर… विस्तृत समाचार