मध्य

​चाँगुनारायण नगरपालिकाद्धारा बहुउद्देश्यिय सामुदायिक भवन निर्माणको सिलान्यास

भक्तपुर । चाँगुनारायण नगरपालिकाले थाई सरकारको सहयोगमा बहुउद्देश्यिय सामूदायिक भवन निर्माण गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाले वडा नं. ७ स्थित बागेश्वरी हेल्मेट डाँडामा रहेको १ रोपनी १२ आना सार्वजनिक जग्गामा बहुउद्देशीय भवनको शिलन्यास गरेको छ । नगरपालिकाले १ करोड लागतमा निर्माण गर्न लागेको बहुउद्देश्यिय भवनको आज थाइल्याण्डका राजदुत भकवत तान्स्कुँलले सिलान्यास गर्नुभयो । भवन निर्माण कार्य आठ महिनाभित्र सम्पन्न गरिसक्ने लक्ष्य रहेको नगरपालिकाका प्रमुख… विस्तृत समाचार

​युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.मार्फत लगानी गरेको ५० लाख ऋणको व्याज रकम ऋणीलाई नै फिर्ता… विस्तृत समाचार

​बुटवलमा मेगा बैंकको प्रादेशिक कार्यालय शिलान्यास

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले प्रादेशिक कार्यालयका लागि बुटवलमा अत्याधुनिक  भवनको शिलान्यास गरेको छ ।  प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालयका लागि बुटवलको मिलनचोकमा आफ्नै जमिनमा अत्याधुनिक भवनको शिलान्यास गरिएको हो । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बुधबार एक समारोहका बीच संयुक्त रुपमा भवनको शिलान्यास गर्नुभयो ।  मेगा बैंकको पञ्चबर्षीय रणनीतिक कार्ययोजना अनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना… विस्तृत समाचार

​संस्थागत सुशासनमा अघि बढ्दै भरतपुर महानगर : सूचना आयुक्त बाँस्कोटा

भरतपुर । संस्थागत सुशासनमा भरतपुर महानगर अघि बढिरहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । भ्रष्टचारविरुद्ध अभियान चितवनको समन्वयमा भरतपुर महानगरपालिकाले गरेको संस्थागत सुशासन र वित्तीय प्रबन्ध विषयक कार्यशाला गोष्ठीका वक्ताहरुले भरतपुर महानगरपालिका संस्थागत सुशासनमा अघि बढिरहेको बताएका हुन् ।  कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले भरतपुर महानगरपालिकामा सुशासन कायम भइरहेको र सुशासनलाई अझ मजबुद बनाउन सुझाव दिनुभएको थियो । उहाँले भन्नुभयो, ‘आम मानिसको सूचना माग्ने… विस्तृत समाचार

फागुनमा गुफाचौरमा गणेश मूर्ति प्रतिस्थापन गरिदै

पाल्पा । गणेश मूर्ति प्रतिस्थापन समितिको आयोजनामा मंसिर ८ गते तानसेनमा आयोजित भेलामा पं. ईश्वरकृष्ण महाराजले यही फागुन १ देखि १५ सम्म तानसेन टुँडिखेलमा गुफाचौरमा गणेशधाम निर्माणका लागि महायज्ञ सञ्चालन गरिने र लगत्तै गणेशमूर्ति तानसेन–१०, गुफाचौरमा प्रतिस्थापन गरिने उदघोष गरेका छन् । समितिका अध्यक्ष तथा तानसेन नगरप्रमुख अशोककुमार शाहीको अध्यक्षता, उपप्रमुख लक्ष्मीदेवी पाठकको स्वागत, समितिका मोहनलाल गैरेको सञ्चालनमा सम्पन्न कार्यक्रमका मूल पाहुना ईश्वरकृष्ण महाराजले धामका… विस्तृत समाचार

​नुवाकोटका वासुदेवलाई कोरियामा रहेका नेपालीको सहयोग

काठमाडौँ । ढाडमा आएको ट्युमरले थलिएका नुवाकोटका वासुदेव तिमल्सिनालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन ।  विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुटार घर भएका वासुदेव तिमल्सिनाको उपचारका लागि किस्पाङ–३ काउले नुवाकोटका शिवप्रसाद भट्टको अगुवाइमा संकलन भएको ९२ हजार रूपैयाँ शनिबार पीडित २३ वर्षीय तिमल्सिनालाई हस्तान्तरण गरिएको हो । भट्ट लगायतले कोरियामा संकलन गरेको नेपाली ९२ हजार रूपैयाँ शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको… विस्तृत समाचार

अभिभावकत्व ग्रहण गरेका दुई बालकको शैक्षिक प्रगतिबारे अध्यक्ष प्रचण्डबाट जानकारी

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गतवर्ष विद्यालय भर्ना अभियानका क्रममा अभिभावकत्व ग्रहण गर्नुभएका उत्पीडित समुदायका दुई बालकको शैक्षिक प्रगतिबारे जानकारी लिनुभएको छ । निर्वाचन क्षेत्रका हरेक कार्यक्रममा सहभागी हुने क्रममा चितवन जाँदा अध्यक्ष प्रचण्डले अभिभावकत्व ग्रहण गर्नुभएका बालकहरु अरुण माझी र पत्रुश मुसहरको पढाइको बारेमा बारम्बार जानकारी लिने गर्नुभएको थियो । बुधबार उनीहरु पढिरहेको साझापुर मावि पुगेर उहाँले आफूले अभिभावकत्व ग्रहण गरेको बालकहरुको… विस्तृत समाचार

​मुआब्जाका लागि सङ्घर्ष समिति गठन

नुवाकोट । राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाको नुवाकोटको पिपलटारदेखि ढुङ्गेका प्रभावित स्थानीयले बुधबार सङ्घर्ष समिति गठन गरेका छन् ।  योजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा लिने जग्गाको मुआब्जा नदिने योजनामा रहेको भन्दै मुआब्जा दिलाउनको लागि माग गर्दै सङ्घर्ष गर्न समिति गठन गरिएको हो ।  बुधबार बट्टारमा भएको प्रभावितको भेलाले लीलानाथ न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय मुआब्जा सङ्घर्ष समिति गठन गरी आन्दोलनको कार्यक्रम तय गरेको जनाएको… विस्तृत समाचार

​देउसीबाट विपद व्यवस्थापन कोषमा साढे २ लाख रुपैयाँ संकलन

पोखरा । युनाइटेड क्लब पोखराले विपद व्यवस्थापन कोष स्थापनाका लागि आयोजना गरेको देउसीभैलोमा दुई लाख ५० हजार रुपैयाँ  संकलन भएको छ । क्लबका अध्यक्ष लालकाजी गुरुङले संकलित रकमबाट विपद व्यवस्थापन कोष खडा गरी प्राकृतिक विपत्तिबाट पीडित हुनेहरुलाई तत्काल सहयोग प्रदान गरिने बताए । दीपावलीको अवसरमा क्लवले हरेक वर्ष देउसीभैलो कार्यक्रम गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । यसअघि भैलो खेलेर क्लवले यहाँको अमरसिंह चोक… विस्तृत समाचार

​रानीपोखरीको बालगोपालेश्वर मन्दिरको शैली पुनर्विचार गर्न निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीको बालगोपालेश्वरको मन्दिरको गुम्बज शैलीमा पुनर्विचार गर्न पुरातत्व विभागलाई निर्देशन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली,  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका प्रतिनिधिहरुको उपस्थितमा मंगलबार भएको बैठकले मन्दिरको शैलीमा पुनर्विचार गर्न निर्देशन दिएको हो ।   ‘रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको… विस्तृत समाचार