मध्य

​टाटा मोटर्सले ब्यवसायी ठग्यो

भैरहवा, १७ साउन । ब्यवसायी दीपेन्द्र श्रेष्ठले टाटा कम्पन्नीको भैरहवा डिलर सिप्रदी ट्रेडिङबाट एक बर्ष अगाडि लु २ ख ६३३ नम्वरको ट्रक खरिद गरे ।  भैरहवाबाट काठमाडौं सामान लिएर जाँदा नौबिसेको उकालोमा ट्रकको गियरबक्स गयो । टाटाको नेपालस्थित केन्द्रीय कार्यालय नैकाप काठमाडौमा ट्रक मर्मत गर्दा २ लाख ५३ हजारको बिल निस्कियो । सुरुमा गाडी खरिद गर्दा चार बर्षको वारेन्टी दिएको कम्पनीले बिल थमाउँदा श्रेष्ठ झस्किए… विस्तृत समाचार

​आयल निगम जग्गा खरिद प्रकरण

भैरहवा, १० साउन । नेपाल आयल निगमले पाँचै विकास क्षेत्रमा तेल भण्डारणका लागि जग्गा खरिद गर्ने क्रममा ठूलै घोटाला भएको छ । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको समूह र भूमाफियाको मिलेमतोमा तेल भण्डारणका लागि भन्दै रुपन्देहीको रोहिणी नदी किनारमा करोडांै खर्चेर खरिद गरिएको जग्गाले नै अनियमितता भएको कुरालाई पुष्टी गरेको छ । रुपन्देहीमा निगमले खरिद गरेको १४ कठ्ठा जग्गा बगर हो । जहाँ पहिला रोहिणी… विस्तृत समाचार

​नारायणगढ–मुग्लिन सडकखण्डः २९ ठाउँमा पहिरोको जोखिम

काठमाडौं, २ साउन । ’प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैन’, नारायणगढ(काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भन्नुभयो । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उहाँले यसरी आक्रोश पोख्नुभएको होे । नारायणगढ(मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उहाँले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गर्नुभयो । अन्नपूर्णमा खबर छ ।  ’बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने… विस्तृत समाचार

​काठमाडौं महानगरको बजेट १० अर्ब

काठमाडौं, १ साउन । काठमाडौं महानगरका लागि रु १० अर्ब ७८ करोडको बजेट स्वीकृत गरिएको छ ।  काठमाडौं महानगरपालिकाको नगरसभाको सर्वसम्मतिबाट आव २०७४÷७५ का लागि आर्थिक विधेयकबाट रु १० अर्ब ७८ करोड बजेट स्वीकृत गरिएको महानगरपालिकाले जनाएको छ । संक्षिप्त विवरणअनुसार आन्तरिक आम्दानी कर आयतर्फ रु चार अर्ब ३६ करोड ७५ लाख, गैरकरतर्फ रु दुई अर्ब १२ करोड गरी हुन आउने रु छ अर्ब ४८… विस्तृत समाचार

​‘भैरहवामा एमालेको जितले राष्ट्रियता बलियो बनाएको छ’

नरेश क.सी, भैरहवा २७ असार । भर्खरै सम्पन्न स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्र्तगत सिद्धार्थनगर भैरहवामा एमालेले मेयर उपमेयरसहित बहुमत वडा जितेको छ । जितको खुसीयालीमा एमाले सिद्धार्थनगरको आयोजनामा विहीबार भैरहवामा विजयी ¥याली सम्पन्न भएको छ । भैरहवाको लुम्बिनीगेटबाट  बाजागाजा, झाँकी सहित हजारौंको सहभागितामा निस्केको ¥याली सहरको विभिन्न ठाउको परिक्रमा गरी महेन्द्र सभागृहमा पुगी धन्यवादसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री तथा एमालेका… विस्तृत समाचार

​जंगे पिलरको रंग लगाउँदा पनि भ्रष्टाचार

काठमाडौं, २० असार । नापी विभाग अन्तर्गतको स्थलरुप नापी महाशाखामा कामै नभए पनि ४० जना कामदार राखेर बार्षिक २५ लाख रुपैयाँ खर्च हुने गरेको छ । स्थल रुप महाशाखा अन्तर्गत रिमोट सेन्सिङ शाखाबाट काम गर्नका लागि ४० जना ज्यालादारी नापी कामदार विगतदेखि नै राख्दैआएको छ । सोही कामका लागि रिमोट सेन्सिङ प्रविधिबाट टोपो नक्सा अद्यावधिक गर्नका लागि प्रत्येक बर्ष ४० लाख रुपैयाँ बराबरको स्याटेलाइट इमेज… विस्तृत समाचार

​चालीस हजारमध्ये चार छानिए

सर्लाही, १७ असार । गरिबी निवारण कोष जिल्ला एकाई कार्यालय सर्लाहीद्धारा यस बर्षको नवीनतम सृजनशील पुरस्कार बिजेता घोषणा गरेको छ । गरिबी निबारण कोष कार्यक्रममा विगत लामो समयदेखि आबद्ध झण्डै १६ सय सामुदायिक संस्था तथा त्यस सामुदायिक संस्थाहरुमा आबद्ध करिब ४० हजार सदस्यहरुमध्ये उत्कृष्ट ३ सामुदायिक संस्था तथा ४ सामुदायिक संस्था सदस्यहरुलाई २०७४ असार १६ मा एक कार्यक्रमबीच बिजेता घोषणा गरिएको हो । बिजेता सामुदायिक… विस्तृत समाचार

​रुपन्देहीमा बिरासत र साख जोगाउने दाउमा दल

भैरहवा, १३ असार । आर्थिक तथा पर्यटकीय हिसावले महत्वपूर्ण मानिएको रुपन्देही जिल्लामा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेका यहाँ प्रायजसो ठाउँमा यी दुई पार्टी प्रतिस्पर्धामा छन् ।  जिल्लाको बुटवल उपमहानगरपालिकामा लामो समयदेखि एमालेले जित्दै आएको छ । तर अहिले एमालेको किल्ला मानिने बुटवलमा कांग्रेस र माओमावादी तालमेल गरी परिणाम आफ्नो पोल्टामा पार्ने दाउमा… विस्तृत समाचार

सौर्य बत्तीले झलमल्ल बनाउँदै छ काठमाडौं

काठमाडौं, १३ असार । काठमाडौं उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका साथ काठमाडौं महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा धमाधम सौर्य बत्ती जडान भइरहेको छ । यही महिनाको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ ।  महानगरभित्रका मुख्यमुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य अगाडि बढाइएको र त्यसमा महानगरको लगानी नपर्ने, उल्टै फाइदा हुने प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी… विस्तृत समाचार

धोबी खोलाको खाल्डोमा ढुकुटीको ५२ लाख

काठमाडौं, १३ असार । अनामनगर–थापागाउँ जोड्ने पुल बनाउन ०७१ सालमा ५२ लाख लिएका ठेकेदारले एउटा खाल्डो खनेर काम रोके । उनले निकालेको माटोले पानी थुन्दा वरपरका घर डुबानमा छन् । तर, ठेकेदार त्यो खाल्डो खन्न पनि एक करोड खर्च भएको भन्दै थप पैसा दाबी गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ । वर्षा लागेसँगै काठमाडौंको अनामनगर र बिजुली बजारका स्थानीयवासी कतिखेर धोबीखोलाको बाढी घरमा पस्ने… विस्तृत समाचार