मध्य

​माछा हव बन्दै चितवन

चितवन, ५ पुस । नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा दोस्रो चितवन मत्स्य महोत्सव २०७३ सुरु भएको छ । यही पुस १ देखि ५ गतेसम्म भरतपुरस्थित औद्योगिक प्रदर्शनी स्थल मैदानमा महोत्सव हुनेछ । महोत्सवको कृषि राज्य मन्त्री राधिका तामाङले उद्घाटन गरेकी छन् ।  ‘स्वदेशी माछाको उपभोगमा वृद्धि गर्ने महोत्सवको मुख्य उद्येश्य हो’, नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष… विस्तृत समाचार

​थापा केयूका कार्यवाहक उपकुलपति नियुक्त

बनेपा, २ पुस । काठमाडौं विश्वविद्यालय (केयू)का रजिस्ट्रार डा भोला थापा केयूको कार्यवाहक उपकुलपति नियुक्त भएका छन् ।  केयूको कुलपतिका हैसियतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई शुक्रबार सो पदमा नियुक्त गरेका हुन् । उपकुलपति छनोट गर्न गठित छनोट समितिमा उपकुलपति कसलाई बनाउने भन्ने विषयमा विवाद भएपछि उनलाई अर्को व्यवस्था नहुन्जेल कार्यवाहक उपकुलपति नियुक्त गरिएको केयूका प्रेस संयोजक हरि मञ्जुश्रीले जानकारी दिए । झन्डै एक सातादेखि… विस्तृत समाचार

धादिङमा पजेरो पल्टिँदा तीनको मृत्यु

मलेखु (धादिङ), १ पुस । पश्चिम नेपालबाट काठमाडौंतर्फ जाँदै गरेको पजेरो आज बिहान पृथ्वी राजमार्गको भूमेस्थान–६ कोइरालेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  ग २ च ४५७२ नम्बर को पजेरो गाडी पल्टिएर भएको दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक एक महिला र दुई पुरुष रहेको र सनाखत नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भीमलाल भट्टराईले जानकारी दिए… विस्तृत समाचार

​नारायणगढ–मुग्लिन सडक चार घन्टा नचल्ने

चितवन, १ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन रोकेर काम गरिने भएको छ ।  बाँकी सडक चौडा बनाउनुपर्ने भएपछि पुस ७ गतेदेखि चार घन्टा आवागमन रोकेर काम गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सडक आयोजनाले दैनिक ८ घन्टा सवारी आवागमन रोक्न माग गरे पनि यात्रुको समस्यालाई ध्यानमा राखी… विस्तृत समाचार

हमाल दम्पतीले सुरु गरे हात्ती सफारी

रत्ननगर (चितवन), २९ मंसिर । पश्चिम चितवनको चारवटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ । चितवनको पश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोस्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।  मंगलबार नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र पत्नी मधु भट्टराईले हात्ती चढेर हात्ती सफारीको सुरुवात भएको घोषणा गरिएको थियो । आफू लामो… विस्तृत समाचार

लामाको मृत्यु होइन, हत्या नै होः प्रहरी

काठमाडौं, २९ मंसिर । काठमाडौको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्यु रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ ।  प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक पदार्थ सेवन गरेको नदेखिएपछि उनको हत्या भएको निकर्षमा प्रहरी पुगेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको नेतृत्वमा बनेको छानबिन समिति रक्सी खाएको भनिए पनि उनको मृत्यु हत्याबाटै… विस्तृत समाचार

ट्रिपरको ठक्करले सुमो पल्टियो, दुईको मृत्यु

बनेपा, २६ मङ्सिर । काभ्रेपलाञ्चोकको नासिकास्थान गाविस–१ भैसीपाटीको अरनिको राजमार्ग सडकखण्डमा आइतबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा झापा जिल्लाका ४१ वर्षीय नीलम कार्की र मोरङ मधुमल्ला–७ बस्ने ३५ वर्षीय मदन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको मे१ज २१९१ नंको टाटासुमोलाई विपरीत दिशाबाट आउँदै गरेको बा४ख ३५५६… विस्तृत समाचार

शीतलहर सुरु, घाम देखिन छाड्यो

गौशाला, २४ मंसिर । तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै महोत्तरीमा पनि जोरसोरले शीतलहर सुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरीझैं शीतलहरको वर्षा हुन थालेको छ ।  बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच जिल्लाको जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको… विस्तृत समाचार

मेलम्चीमा भेटिएको पहेंलो धातु माइका

काठमाडौं, २२ मंसिर । मेलम्चीको सुरुङ खन्दा निस्केको चम्किलो पहेंलो धातु माइका भएको पत्ता लागेको छ ।  खानी तथा भूगर्व विभागको प्रयोगशालामा गरिएको परीक्षणमा सुरुङ खन्दा भेटिएको नमूनाको वरिपरि चम्किने पदार्थ माइकाका केही टुक्रा मात्र टाँसिएको र भित्रि भाग चट्टान भएको भेटिएको छ । गोरखापत्र दैनिकमा खबर छ । विभागका सिनियर जिओलोजिस्ट धर्मराज खड्काले भने, ‘हामीले मेलम्चीबाट ल्याएको नमुनाको सुन र तामा हो कि भनेर… विस्तृत समाचार

गच्छदार सहभागी कार्यक्रममा गोली चल्यो

बनेपा, २० मंसिर । काभ्रेपलाञ्चोकको खहरेपाँगु–९ फलामेसाँघुमा  मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार सहभागी कार्यक्रममा भएको झडप नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको छ ।  मदिरा सेवन गरेर आएका केही युवाले कार्यक्रम बिथोल्न खोजेपछि भएको झडपले उग्र रुप लिँदा भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । “कार्यक्रम बिथोल्न खोज्ने दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनीहरुका केही… विस्तृत समाचार