मध्य

​एमाले काठमाडौंको चुनावी अभियान सुरु

काठमाडौं, २१ चैत । एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस झाडीमा फसेको बाह्रसिंगाजस्तो अवस्थामा रहेको उल्लेख गर्दै अब मुलुक बनाउन स्थानीय तहबाट एमालेको नेतृत्व स्थापित हुने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियान आइतबार काठमाडौं जिल्ला कमिटीबाट सुरु गर्दै उनले अबका सबै चुनाव एमालेमय हुने जिकिर गरे । कान्तिपुर दैनिकमा खबर छ । ‘कांग्रेस बिचरा झाडीमा पसेको बाह्रसिंगेजस्तै भएको छ, कतै चलमलाउन सक्दैन… विस्तृत समाचार

​बैदेशिक रोजगार विभागमा भ्रष्ट कर्मचारीको सिन्डिकेट

काठमाडौं, १७ चैत । जनसम्पर्क कार्यालयले सेवाग्राहीलाई दुःख नहोस् भनेर कर्मचारी थपेर भए पनि सेवा प्रवाहमा शीघ्रता ल्याउनुपर्ने हो । बार्षिक खरबौं रुपैयाँ रेमिट्यान्स भित्र्याएर देशको अर्थतन्त्र धानेको बैदेशिक रोजगारीको काम गर्नुपर्ने निकायमा बिहान ४ बजेदेखि नै लाइन बस्दा पनि काम नहुने गरेको गुनासो ब्यवसायी र कामदारले गर्दैआएका छन् । श्रम मन्त्रालयमा १० जना भन्दा बढी संख्यामा कर्मचारीहरु हाजिर गरेपछि कामै नभएर बसेका छन् ।… विस्तृत समाचार

‘गरिबको पनि दिन आउँदो रहेछ’

काठमाडौं, १७ चैत । रौतहटको सरुवाटार–७ का अबुलेस र अमु्रनेसा मियाँका तीन वर्षीया छोरी आठ महिनाअघि एकाएक बिरामी परिन् । पिसाबबाट मासुका चोक्टा निस्कने समस्या देखिएपछि उनीहरूले नाबालिका छोरीलाई गौर अस्पतालमा लगेर जँचाए । अस्पतालले बालिकाको मूत्रथैलीमा पत्थरी भएको निदान गर्दै उपचारका लागि वीर अस्पतालमा रिफर गरिदिए । राजधानी लगेर उपचार गराउँदा १ लाख रुपैयाँसम्म लाग्ने सुनेपछि उनका अभिभावक खर्च अभावमा त्यत्तिकै बस्न बाध्य भए… विस्तृत समाचार

​प्रहरी हवल्दार नै पैसा लुटेको आरोपमा पक्राउ

महेन्द्रनगर (धनुषा), १६ चैत्र । धनुषाको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दारलाई नै एक व्यापारीको पैसा लुटेको आरोपमा पक्राउ गरिएको छ । जनकपुरको श्यामचोकनजिक भएकोे पैसा लुटेको घटनामा संलग्न रहेको आरोपमा एक जना प्रहरी हवल्दारलाई सोमबार पक्राउ गरिएको हो । देबडिहा प्रहरी चौकीमा कार्यरत हवल्दार धर्मेन्द्र पासवानले एक व्यापारी जिबछ यादवको २ लाख रुपैयाँ लुटेका थिए ।  लुटपाटमा संलग्न हवल्दार पासवानलाई स्थानीयवासीले चिनेर जिल्ला प्रहरी… विस्तृत समाचार

उद्योग मन्त्रालयमा दुई सहसचिवको सरुवा

काठमाडौं, १५ चैत । सूचना तथा संचार मन्त्रालयका सहसचिव शंकर अर्याल र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका गोपी खनाललाई सरकारले निर्वाचन आयोगको सहमति लिएर उद्योग मन्त्रालयमा सरुवा गरेको छ । अर्याल आजै उद्योगमा हाजिर भइसकेका छन् । सहसचिव बढुवा भएका ४० जनाको पदस्थापन गर्ने क्रममा तीनको सरुवा गरिएको छ । अर्याल र खनालबाहेक सरुवा हुने अर्का सचिवमा शिक्षा मन्त्रालयका हरि बस्याल हुन् । उनलाई… विस्तृत समाचार

​हेटौंडामा मेयरका लागि दौडधुप, एमालेको पल्ला भारी

शिव चौलागाईं/ मकवानपुर १५ चैत । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरमा दलहरू चुनावी माहोल आफ्नो पक्षमा पार्न दौडधुपमा लागेका छन् । विशेष गरी, हेटौंडा उपमहानगरपालिकाको मेयर बन्न धेरै कम्मर कसेर लागेका छन् । त्यसो त नगरबासीमा पनि आफ्नो मेयर र उपमेयर को बन्लान् भन्ने कौतुहलता उत्तिकै देखिन्छ ।  एक उपमहानगरपालिका र एक नगरपालिका रहेको मकवानपुरमा राजनीतिक पार्टीहरू पनि चुनावी अभियान तथा उम्मेदवार छनोटको गृहकार्यमा… विस्तृत समाचार

​महानगर भएपछि चितवनमा उत्साह थपिँदै

शान्ता अधिकारी/चितवन १५ चैत । उपमहानगरपालिका भएको छोटो समयमै महानगरपालिका घोषणा भएको भरतपुर महानगरपालिकामा थुप्रै चुनौती देखापरेका छन् । उपमहानगरपालिका हुँदा विकासका कामहरू चुस्तरूपमा अगाडि बढेको भए पनि अब महानगरपालिका बनेपछि त्यसअनुसारका कर्मचारी व्यवस्थापनदेखि गाभिएका नगरपालिकाहरूको व्यवस्थापनको समस्या प्रमुख चुनौतिका रूपमा देखिएको छ । यस्तै, महानगरपालिकाका लागि आवश्यक भौतिक संरचनाको व्यवस्थापन अर्को चुनौति देखिएको छ ।  तत्कालीन चितवन उपत्यका गुरूयोजना निर्माण समितिका संयोजक विजय सुवेदी… विस्तृत समाचार

आरआरमा स्ववियु निर्वाचन हुँदै

काठमाडौं, १५ चैत । राजधानीको प्रदर्शनीमार्गस्थित रत्नराज्य (आरआर) क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । क्याम्पस परिसरमा कडा सुरक्षा दिइएको छ । फागुन २३ गतेका लागि निर्धारित निर्वाचन निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो ।  विस्तृत समाचार

मोर्चाको ‘चुनाव निषेधित क्षेत्र’मै भोट माग्नेको लर्काे

वीरगन्ज, १५ चैत । मधेसकेन्द्रित दलहरूले कुनै निर्वाचन हुन नदिने दाबी गरिरहेको बेला पर्सा सदरमुकाम वीरगन्जको मुख्य बजारमा मत माग्ने स्थानीय नेता–कार्यकर्ताको लर्को भेटिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जनताका लागि अति आवश्यक स्थानीय तह निर्वाचनको विरोध गरेपछि संविधानसभा निर्वाचनमा उनीहरूलाई सघाएका स्थानीय युवाहरूले स्वतन्त्र उम्मेदवार बन्ने जनाउँदै भोट माग्न थालेका हुन् । राजधानी दैनिकमा खबर छ । संविधानसभा निर्वाचनमा तमलोपालाई सघाएका युवाहरू वीरगन्ज–१२… विस्तृत समाचार

​चितवनमा मध्यरात बसको ठक्करबाट एकको मृत्यु

रत्ननगर (चितवन), १४ चैत । पूर्वी चितवनको खैरहनीस्थित बाबा ग्यास नजिकै राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।  गएराति करिब १२ बजेको समयमा पूर्वबाट पश्चिम जान आउँदै गरेको बा ५ ख ८९६१ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ७५ प ९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।  दुर्घटनामा परी मोटरसाइकलमा सवार… विस्तृत समाचार