मध्य

दसैं–तिहार र छठमा मापसे जाँचमा झन् कडाइ

काठमाडौं, ४ असोज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैं, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ ।  चाडबाडका समयमा धेरैले मापसे गरेर गाडी चलाउने र दुर्घटना धेरै हुने गरेको छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले चाडबाडमा धेरै मापसे सेवन गर्ने र लापर्बाहीपूर्वक सवारी साधन चलाउनाका कारण ठूल्ठूला दुुर्घटना हुन सक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था… विस्तृत समाचार

कस्ती आमा हुन् ? बच्चा इनारमा फालेर बेपत्ता !

रत्ननगर (चितवन), ३ असोज । चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा इनारभित्र सात महिनाको बच्चा मृत अवस्थामा फेला परेको छ ।  आमाले नै सात महिनाको बच्चा प्रजिना न्यौपानेलाई इनारमा फालेको जानकारी आएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय रामशरण न्यौपानेकी ३६ वर्षीया श्रीमती पार्वती न्यौपानेले आइतबार सात महिनाको बच्चा प्रजिनालाई फालेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।  उनका श्रीमान् रामशरणले बिहान बच्चा… विस्तृत समाचार

​सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प

काठमाडौं, ३ असोज । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ ।  राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोकको गुम्बा गाविसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।  विस्तृत समाचार

​राजधानीका अधिकांश भवन नक्साविपरीत !

काठमाडौं, १ असोज । निर्माण भएका अधिकांश भवन नक्साविपरीत रहेको हँुदा काठमाडौं महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।  कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका लागि प्रशस्तै मात्रामा निवेदन आउने गरेको भए पनि कामपाका अधिकांश भवन मापदण्डविपरीत निर्माण भएकाले प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुख राम थापाले जानकारी दिए । प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरी… विस्तृत समाचार

राजनीतिक विवादले एक तहमै खुम्चियो काठमाडौं

‘‘समग्रमा जिल्लालाई एक स्थानीय तह बनाउने गरी आयोगमा प्रस्ताव आएको छ । पछि काठमाडौँलाई मेट्रोसिटी बनाउने गरी प्रस्ताव समितिले गरेको हो । हामीले एक स्थानीय तहबारे छलफल गर्छौं तर एक वटा बनाउन हाम्रो मापदण्डले दिँदैन ।”  काठमाडौं, ३१ भदौ । काठमाडौं जिल्लालाई एक स्थानीय तह मात्र बनाउने प्रस्ताव गरिएको छ ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले काठमाडौं जिल्लालाई एक स्थानीय तहमा पुनःसंरचना गर्ने गरी ‘गाउँपालिका,… विस्तृत समाचार

भूकम्प प्रभावित क्षेत्रका इन्जिनियरको घुर्की

काठमाडौं, ३० भदौ । भूकम्पपश्चात् सहरी विकास मन्त्रालयबाट नियुक्ति लिएका इन्जिनियरले उचित सेवासुविधा दिनुपर्ने माग गरेका छन् ।  १४ जिल्लामा खटिएका करिब २ हजार ६०० प्राविधिक (इन्जिनियर आर्किटेक्ट, सबइन्जिनियर, असिस्टेन्ट सब–इन्जिनियर)ले कार्यक्षेत्रमा रही काम गर्नका लागि कार्यालय नभएको हुनाले तत्काल प्राविधिक कार्यालयको व्यवस्था नभए कार्यक्षेत्रमा नजाने चेतावनी दिएका छन् । उनीहरुले बुधबार सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक पदम मैनाली, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव… विस्तृत समाचार

धुमधामसँग मनाइँदै इन्द्रजात्रा

इन्द्रध्वजासहितको लिंगो ठड्याउँदै गरेको फाइल तस्बिर काठमाडौं, ३० भदौ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत इन्द्रजात्रा पर्व मनाइँदै छ ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी… विस्तृत समाचार

इन्द्रजात्राको रथ बनाउनेको तलब एक रुपैयाँ ?

काठमाडौं, ३० भदौ ।  इन्द्रजात्राका लागि गुठी संस्थानले १५ लाख रुपियाँ विनियोजन गरेको छ तर जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने परम्पराका नकर्मीले बुधबार एक रुपियाँ तलब बुझेका छन् । उनीहरूका लागि तलब पाउने व्यवस्था गरिए पनि जिजुबाजेका पालादेखि नबढाइएकाले अहिले सुन्दा अनौठो र हाँसो उठ्ने अवस्था छ । काठमाडौं ज्यावहाल वडा नं. २१ का चार नकर्मीले जनही एक पैसा तलब बुझ्दै आएकोमा एक… विस्तृत समाचार

​पर्यटकीय यामसागै व्यवसायी उत्साहित

भरतपुर, २८ भदौ । भूकम्प र नाकाबन्दीका कारण प्रभावित बनेको यहााको पर्यटन व्यवसाय पर्यटकीय मौसम सुरू भएसागै गरिएका अग्रिम बुकिङका कारण व्यवसायी उत्साहित भएका छन् ।  गत वर्ष वैशाखमा आएका भूकम्प र त्यसपछि तराईमा गरिएको आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण पर्यटक आगमनमा निकै कमी आएको थियो । स्वदेशी पर्यटकले मात्र व्यवसायी चित्त बुझाउन बाध्य भएका थिए ।  सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा फेब्रुअरी, मार्च र… विस्तृत समाचार

​भारतीय एसएसबीद्वारा नेपालीमाथि कुटपिट

गौशाला, २८ भदौ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) द्वारा महोत्तरीको मटिहानी गाविसमा दुई जना नेपाली निर्घात कुटिएका छन् ।  सोमबार दिउँसो करिब ३ बजेको समयमा भारत विहारको मधुबनी जिल्लाअन्तर्गत पर्ने मधवापुरमा सीमा सुरक्षाका लागि खटिरहेका एसएसबीका जवानले नेपालतर्फ मटिहानी–७ मा प्रवेश गरी स्थानीयवासी गणेश चौधरी र महेश महतोलाई निर्घात कुटपिट गरेका हुन् ।  एसएसबीले उनीहरुलाई लट्ठी र बुटले कुटेपछि उनीहरु गम्भीर घाइते भएका छन्… विस्तृत समाचार