मध्य

​पहिरो जाँदा हेटौंडा–कुलेखानी सडक अवरुद्ध

हेटौंडा, १६ असोज । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौंडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आइतबार बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।  आइतबार बिहानैदेखि सो राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथबाट यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडालगायत चन्द्रनिगाहपुर, वीरगन्जबाट सुमो जिप र माइक्रो गरी करिब ८५० दैनिक काठमाडौँमा आवतजावत गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको… विस्तृत समाचार

पहिरोले एकको मृत्यु, दुई बेपत्ता

मेलम्ची, १५ असोज । अविरल वर्षाका कारण गए राति २ बजे पहिरो जाँदा राम्चे–६ मा केही टहराभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।  सिन्धुपाल्चोक राम्चे–६ पुरानोगाउँ भन्ने स्थानमा पहिरो जाँदा तीन टहरा पुरिएका हुन् । पहिरामा परी चन्द्रकान्त तिमिल्सेनाका जेठा छोरा रामकुमारको मृत्यु भएको छ भने कान्छा छोरा उद्धव र कान्छी बुहारी सम्झना अझै… विस्तृत समाचार

‘एमालेसँग गुनासो गर्ने नैतिक हक छैन’

बर्दिवास, १४ असोज  । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त मधेसी मोर्चालाई संविधान संशोधनको सवालमा एमालेसँग गुनासो गर्ने नैतिक हक नभएको बताएका छन् ।  महोत्तरीको बर्दिबासमा नेकपा एमाले महोत्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाले एमाले नेतृत्वको सरकार गिराउन र नयाँ सरकार गठनका लागि नै संविधान संशोधनको… विस्तृत समाचार

तीन दाजुभाइ नौ वर्षदेखि पुर्पक्षकै लागि थुनामा

–गोपालप्रसाद बराल  बर्दिवास, १४ असोज । सामान्यतया अदालतबाट कुनै पनि मुद्दाको छिनोफानो दुई वर्ष्भित्रै हुने अदालती तालिका भए पनि महोत्तरी जिल्लाको सुन्दरपुर—९ का एउटै परिवारका तीन दाजुभाइ नौ वर्ष चार महिना भइसक्दासम्म पुर्पक्षका लागि थुनामा छन् ।  आफ्नै गाउँका बिशेश्वर मण्डल हत्या प्रकरणमा प्रतिवादी बनाइएका एकै घरका दाजुभाइ रामनन्दन यादव, रामदुलार यादव र वीरेन्द्र यादव आपूmविरुद्धको मुद्दा फैसला हुन नसक्दा नौ वर्ष चार महिना भइसक्दासम्म… विस्तृत समाचार

प्रधानमन्त्री प्रचण्डलाई ‘सेक्युरिटी थ्रेट’ !

काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन गएपछि जिल्लाको सुरक्षा सतर्कता बढाइएको छ । मुख्य–मुख्य चोकमा प्रहरी खटाइएको छ । प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलबाट जिल्ला प्रशासन कार्यालय जाने बेलामा भरतपुरको चौबीसकोठीदेखि विमानस्थल वरपर महेन्द्र राजमार्गमा सवारी साधान चलाउन नदिएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । प्रधानमन्त्री प्रचण्ड विमानस्थलबाट निस्केपछि मात्रै सवारी साधन राजमार्गमा गुड्न दिइएको थियो । उनी सहभागी सबै कार्यक्रममा प्रहरी र… विस्तृत समाचार

त्रिशूलीमा जोखिम, घोप्टेभीरजस्तै ३८ धराप !

काठमाडौं, १२ असोज । पूर्वगृहमन्त्री माधव घिमिरेको जिप खसेको स्थान अवलोकन गर्न मंगलबार सुरक्षा निकायको दलबलसहित दुर्घटनास्थल पुगेका गृहमन्त्री विमलेन्द्र निधिले घोप्टेभीर हेरेपछि कहालिँदै भने, ‘यो त रहस्यमय ठाउँ रहेछ ।’ उनी कहालिनु स्वाभाविकै थियो । ठाडै घोप्टिएको भीर भए पनि त्यहाँ न कुनै खतराको संकेत थियो न साइन बोर्ड । सुरक्षाका लागि बारेको फलामे बार भाँच्चिएर सडक किनार खुल्लै थियो । जतातिर भीर थियो,… विस्तृत समाचार

नारायणगढ मुग्लिन सहज बन्दै

चिवतन, ११ असोज । काठमाण्डौबाट दाङ्गकालागी छुटेको गाडी मुग्लिनमा आएर रोकियो । बसमा सवार दाङ्ग घोराहीकी मालती मगरले बच्चा र आफ्नो लागि पानी, चाउचाउ र जुस किनेर बस चडीन् । सिता जस्तै आमाहरु र अन्यले पनि गाडीबाट झदै पानी र जंक फुडहरु किने । यो किन्नु सिता र अन्यका लागि रहर नभईकन बाध्यता थियो । नारायणगढ मुग्निल सडक खण्ड मात्र ३६ किलो मिटर छ ।… विस्तृत समाचार

पाल्पामा शिक्ष्ँक नियुक्तिमा मनपरी खर्च

पाल्पा, ११ असोज । शिक्षक नियुक्ति गर्दा अरु जिल्लामा के छ तर  जिल्ला शिक्षा कार्यालय पाल्पाले शिक्षक नियुक्तिमा मनपरी खर्च गराएको तथ्य भेटिएको छ । जिल्लाका अस्थायी करार तथा राहत शिक्षक नियुक्तिमा व्यापक रूपमा अनियमितता गरेको पाइएको हो ।  शिक्षक नियुक्त गर्दा विद्यालय निरीक्षक र विषय विशेषज्ञले पारिश्रमिक तथा खाजाखर्च भन्दै मनपरी खर्च गराएका छन् । नियुक्त भएका शिक्षकहरूबाट गुनासो आएपछि यस सम्बन्धमा बुझ्दा मनपरी… विस्तृत समाचार

दुर्घटना स्थलमा बिलौना गर्दै घिमिरेका आफन्त

चितवन, ११ असोज । कर्मचारी वृत्तमा निकै परिचित र दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल हुनुको मुख्य श्रेय पाएकै कारण धेरैको प्रिय बनेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्ना दुई भाइसहित आइतबार साँझदेखि त्रिशूली नदीमा बेपत्ता छन् ।  उनी चढेको गाडी आइतबार साँझ अबेर त्रिशूली नदीमा खसेर वेपत्ता भएदेखि नै कुरिनटारको घोप्टेभिरमा उनीहरुको अवस्था बुझ्न आउनेको भीडभाड छ । सोमबार बिहान सबेरैदेखि घिमिरेका इष्टमित्र, आफन्त हुँदै नेपाल सरकारका… विस्तृत समाचार

माडीमा गैंडाले ज्यान लियो

चितवन, १० असोज । माडी नगरपालिका–३ रुपजीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार स्थानीय ४९ वर्षीय टङ्कबहादुर सुनुवारलाई आफ्नै घरमा बसिरहेको अवस्थामा गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।  आइतबार साँझ ५ बजेतिर गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका सुनुवारको उपचारको लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । नजिकै चितवन राष्ट्रिय निकुञ्जबाट… विस्तृत समाचार